मङ्गलसेन दरबार
स्वरूप
| मंगलसेन दरबार | |
|---|---|
| सामान्य विवरण | |
| वास्तुकलाको ढाँचा | नेपाली |
| सहर | मंगलसेन |
| राष्ट्र | नेपाल |
| निर्माणकार्यको थालनी | १८०० |
| सम्पन्न | १९३५ |
| भत्काइएको | २०५८ फागुन ४ |
| लागत | Unknown |
| ग्राहक | अछामी राजा दलबहादुर शाह |
| प्राविधिक विवरण | |
| बनावट | - |
मंगलसेन दरबार अछाम जिल्लाको पर्यटकीय स्थल तथा ऐतिहासिक धरोहर हो । माओवादीले २०५८ फागुन ४ गतेको राति ११ बजेतिर अछाम सदसरमुकाम मंगलसेनमा भीषण आक्रमण गरेपछी यो दरबार ध्वस्त भयो ।
इतिहास
[सम्पादन गर्नुहोस्]मंगलसेन दरबार तत्कालीन अछामी राजा दलबहादुर शाहको पालामा १९३५ मा निर्माण भएको थियो । झन्डै डेढ सय वर्षअघि उनका पिता राजा टीकाभुक शाहको पालामा यसको निर्माण सुरु भएको थियो । यो दरबारलाई २०२९ सालमा अछामी राजाका सन्तानबाट सरकारले किनेको थियो । परम्परागत शैलीमा निर्माण गरिएको उक्त तीनतले दरबारमा ३० कोठा थिए । तत्कालीन समय जिल्ला प्रशासन कार्यालय रहेको मंगलसेन दरबारलाई अछामको पुरानो ऐतिहासिक सम्पदाका रूपमा लिइन्छ ।[१][२]