मदन चित्रकार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट


मदन चित्रकार कलाकार र कला-लेखक हुनुहुन्छ। उहाँको जन्म सन् १९४७ फेब्रुअरीमा काठमाडौँको असन, त्यौडमा भएको हो। उहाँ विख्यात चित्रकार तेजबहादुर चित्रकारका छोरा हुनुहुन्छ। तेजबहादुर र चन्द्रमानसिंह मास्केले कोलकातामा कला पढेर आएपछि कलालाई नयाँ मोड दिनुभएको हो। त्यसपछि नेपाली कलाले आधुनिक युगमा प्रवेश गरेको मानिन्छ। तेजबहादुर र मनकेशरीका दुइ छोरा र एक छोरी जन्मिएका हुन्।

मदनले त्रिभुवन विश्वविद्यालयबाट इतिहास र संस्कृतिमा एमए गर्नुभएको छ। भारतको मुर्म्बईमा कलासम्बन्धी 'गभर्मेन्ट डिप्लोमा' र निदरल्यान्डबाट ग्राफिक डिजाइनमा विशेष डिग्री हासिल गर्नुभएको छ। उहाँले ०३५ देखि ०५२ सम्म पर्यटन मन्त्रालय रहेर काम गर्नुभयो। अहिले फाइन आर्ट क्याम्पस, सिर्जना कलेज अफ फाइन आर्ट्स र काठमाडौँ युनिभर्सिटि सेन्टर फर अर्ट एन्ड डिजाइनमा काम गर्नुहुन्छ।

विश्वका तीन दर्जनभन्दा बढी देश घुमेका मदनले आफ्नै पिताबारे 'तेजबहादुर चित्रकार : आइकन अफ ए ट्रान्जिसन' पुस्तक लेख्नुभएको छ। उहाँले २०३५ अघि बाल सङ्गठनबाट निस्कने 'बालक' पत्रिकामा 'खिस्स दाँत' कमिक्स बनाउनुभयो। नयाँ शिक्षा लागू भएपछि कक्षा ४ माथिका 'माइ इंग्लिस बुक' का लागि चित्र बनाउनु भयो। ती किताब बेलायती सल्लाहकार इरिक एच. ग्लेन्डिङ किताब लेख्नुहुन्थ्यो, चित्र मदनले बनाउनु हुन्थ्यो। उहाँले धेरैपटक आफ्ना कला प्रदर्शन गर्नुभएको छ।