सामग्रीमा जानुहोस्

मदन शमशेर जङ्गबहादुर राणा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Chandra_Shamsher_and_sons
चन्द्र शमशेरका अगाडी बसिरहेका बालक मदन शमशेर

लेफ्टिनेन्ट जनरल मदन शमशेर जबरा (१९०९-१९५५) महाराज प्रधानमन्त्री चन्द्र शमशेरको कान्छो छोरा हुन्। []

उनलाई नेपाली क्रिकेटको पिता मानिन्छ किनभने उनले १९२०को दशकमा पहिलो पटक नेपालमा क्रिकेटको सुरुवात गरे र धेरै प्रतियोगिहरूको आयोजना गरे। [] १९४७ मा, उनले नेपालमा गठन गरेको पहिलो फुटबल समितिको अध्यक्ष बनाइयो। []

वि.सं. २०१० मा मदनशमशेरको बनारसमा निधन भयो। त्यसपछि रानी जगदम्बाले वि.सं. २०११ मा ललितपुर जिल्लाको पुल्चोकमा मदन मेमोरियल गल्र्स हाईस्कूल (हाल मदन स्मारक विद्यालय)को स्थापना गरी २६ रोपनी जग्गामा, दुइवटा भवन र नगद पाँच लाख रुपैयाँ दिनुभयो । यसरी सामाजिक कामको थालनी भएको हो। उनको पत्नी जगदम्बा कुमारीदेवी राणाले मदन पुरस्कार, मदन स्मारक विद्यालय र मदन पुरस्कार पुस्तकालय स्थापना गरी नेपाली भाषा, साहित्य, कला र लोक संस्कृति क्षेत्रमा समर्पित भएकी थिइन् । । []

  1. जबरा, पुरुषोत्तम शमशेर (१९९०), श्री ३ हरूको तथ्य बृतान्त (Nepaliमा), भोटाहिटी , काठमाडौँ: बिद्यार्थी पुस्तक भण्डार, आइएसबिएन 99933-39-91-1
  2. 1 2 "About Madan Puraskar Pustakalaya", Madan Puraskar Pustakalaya, अन्तिम पहुँच २००९-०१-०६
  3. "How it all started", अन्तिम पहुँच २६ अक्टोबर २०१५