मरदान
मरदान
مردان | |
---|---|
देश | ![]() |
प्रदेश | खैबर पख्तूनख्वा |
जिल्ला | मरदान |
तहसील | मरदान |
सरकार | |
• कार्यकारी प्रमुख | जकिर हुसैन अफरीडि |
• उप-प्रहरी आयुक्त | आलम सिनवारी |
क्षेत्रफल | |
• जम्मा | ६३२ किमी२ (२४४ वर्ग माइल) |
उन्नतांश | ३१० मिटर (१०२० फिट) |
जनसङ्ख्या (२०१७)[१] | |
• जम्मा | ३५८६०४ |
मरदान नगरपालिका: ३१५,७३३ मरदान: ६,८७१ | |
समय क्षेत्र | युटिसी+५ (पाकिस्तानी समय) |
सम्पर्क कोड | +९२ ९३७ |
मरदान (उर्दु: مردان) पाकिस्तानको खैबर पख्तुनख्वामा रहेको मरदान जिल्लाको सदरमुकाम शहर हो । यो शहर पेशावर उपत्यकामा पर्छ भने खैबर पख्तुनख्वाको पेशावर पछिको दोस्रो ठूलो शहर हो । [२]
भुगोल[सम्पादन गर्नुहोस्]
अवस्थिति[सम्पादन गर्नुहोस्]
मरदान शहर मरदान जिल्लाको दक्षिण-पश्चिममा ३४°१२′ उत्तर ७२°०३′ पूर्व / ३४.२००° उत्तर ७२.०५०° पूर्व र २८३ मिटर उचाइमा अवस्थित छ । मरदान शहर खैबर पख्तुनख्वा प्रान्तको मरदान जिल्लाको सदरमुकाम हो । यो शहरलाई चारै तिरबाट विभिन्न शहरहरूले घेरेका छन् जसमा रसलपुर दक्षिणमा , चरसादापुर पश्चिममा, यार हुसैन पुर्वमा र काटलङ उत्तरमा रहेको छ । यो शहर खैबर पख्तुनख्वाको दोस्रो ठूलो शहर हो भने पाकिस्तानको १९ अौँ ठूलो शहर रूपमा रहेको छ ।
मौसम[सम्पादन गर्नुहोस्]
मरदान शहरको वार्सिक अौसत तापक्रम २२.२ डिग्री छ भने वार्सिक ५५९ मिलिमिटर पानी पर्ने गरेको छ । यो शहरमा अक्टोबर महिना सबैभन्दा सुक्खा महिना हु जसमा १२ मिलिमिटर पानी पर्छ भने अगस्टको महिनामा १२२ मिलिमिटर पानी पर्ने गरेको छ । वर्षको जुन महिना सबैभन्दा बढी गर्मीहुने महिना हो जसमा अौसत तापक्रम ३३.२ डिग्री मापन गरिएको छ भने जनवरी महिना सबैभन्दा जाडो हुने महिना हो जसको अौसत तापक्रम १० डिग्री मापन गरिएको छ ।
मरदानको मौसम जानकारी | |||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
महिना | जनवरी | फेब्रुअरी | मार्च | अप्रिल | मे | जुन | जुलाई | अगस्ट | सेप्टेम्बर | अक्टोबर | नोभेम्बर | डिसेम्बर | वर्ष |
उच्चतम औसत °से (°फे) | १७.७ (६३.९) |
१९.० (६६.२) |
२४.० (७५.२) |
३०.१ (८६.२) |
३६.३ (९७.३) |
४१.४ (१०६.५) |
३८.५ (१०१.३) |
३६.५ (९७.७) |
३५.३ (९५.५) |
३१.६ (८८.९) |
२५.१ (७७.२) |
१९.४ (६६.९) |
२९.६ (८५.२) |
दैनिक औसत °से (°फे) | १०.० (५०.०) |
१२.२ (५४.०) |
१७.२ (६३.०) |
२२.७ (७२.९) |
२८.२ (८२.८) |
३३.२ (९१.८) |
३२.३ (९०.१) |
३१.० (८७.८) |
२८.८ (८३.८) |
२३.२ (७३.८) |
१६.२ (६१.२) |
११.० (५१.८) |
२२.२ (७१.९) |
न्यूनतम औसत °से (°फे) | २.३ (३६.१) |
५.५ (४१.९) |
१०.४ (५०.७) |
१५.३ (५९.५) |
२०.२ (६८.४) |
२५.१ (७७.२) |
२६.२ (७९.२) |
२५.५ (७७.९) |
२२.३ (७२.१) |
१४.९ (५८.८) |
७.४ (४५.३) |
२.७ (३६.९) |
१४.८ (५८.७) |
स्रोत: क्लाइमेट डाटा डट ओआरजी[३] |
शिक्षा[सम्पादन गर्नुहोस्]
सन् २००९ भन्दा अगाडि मरदान शहरमा कुनैकुनै सरकार अथवा निजी विश्वविद्यालय थिएन भने पहिलो निजी विश्वविद्यालय अब्दुल वाली खानको सन् २००९ मा स्थापना गरिएको थियो । सन् २०१७ मा मरदान शहरमा पहिलो महिला विश्वविद्यालयको स्थापना गरियो र यस विश्वविद्यालयलाई सन् २०१७ मा पुण रूपमा सुचारु गरियो त्यसपछि पेशावर मरदान क्याम्पको पनि स्थापना गरियको थियो ।
सन् २०१० मा पहिलो पटक बचा खान मेडिकल कलेज'को स्थापना गरियको थियो जुन शहरकै पहिलो मेडिकल कलेजको रूपमा रहेको छ । यस शहरमा अन्य कृषि क्याम्पस ,पेशावर आदी विश्वविद्यालय पनि रहेका छन् । यस शहरमा अहिले थुप्रै विद्यालय र विश्वविद्यालयहरू पनि रहेका छन् जुन पुरुष र महिलाका लागिको शिक्षा अविविद्धिको लागि बनाइएको हो । यो शहरको सबैभन्दा प्रख्यात क्याम्पस फजल ई हक मरदान हो ।
खेलकुद[सम्पादन गर्नुहोस्]
सन् २००६ मा मरदान जिल्ला सरकारले पाकिस्तान सरकार सङ्ग सहकार्य गरेर एक खेलकुदमा सबै किसिमको सुबिधा भएको अत्याधुनिक ब्यवसाहिक भवनको मरदान शहरमा स्थापना गरेको थियो । यसको परिसरमा सबै किसिमका खेलकुदका सुविधारू रहेका छन् जसमा क्रिकेट मैदान, फुटबल मैदान, पैडि खेल्ने पुल, बास्केटबल मैदान आदी रहेका छन् । सन् २०११ मा मरदान शहरमा अन्तर्राष्ट्रिय पैडि प्रतियोगिता गर्न लायक पुलको निर्माण गरेको थियो भनृ सन् २०१६ मा हक्की खेलको अन्तर्राष्ट्रिय मैदान ६७.६९ मिलियनको लागतमा निर्माण गरिएको थियो । पाकिस्तानका प्रख्यात अन्तर्राष्ट्रिय फुटबल खेलाडी मनसुर खान यहि शहरका हुन् ।
अर्थतन्त्र[सम्पादन गर्नुहोस्]
सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]
- ↑ "खैबर पख्तुनखवाको जनसङ्ख्या र घरहरूको सङ्ख्या", पाकिस्तान राष्ट्रिय तथ्याङ्क विभाग, २०१८-०१-०३, अन्तिम पहुँच २०१८-०४-२३। वेब्याक मेसिन अभिलेखिकरण २०१८-०४-२४ मिति
- ↑ "मरदान जिल्लाको जनसङ्ख्या र घरहरूको सङ्ख्या", पाकिस्तान राष्ट्रिय तथ्याङ्क विभाग। वेब्याक मेसिन अभिलेखिकरण २०१८-०४-२४ मिति
- ↑ "मौसम: मरदान -", अन्तिम पहुँच २० नोभेम्बर २०१७।