मरिची
| मरीचि | |
|---|---|
| सप्तऋषिको सदस्य | |
मरीचि ऋषि | |
| वंशावली | |
| अभिभावकहरू |
|
| जीवनसाथी | कला, उर्णा, सम्भूति र धर्मव्रता [१] |
| सन्तानहरू | कश्यप (कलाबाट) [१] |
मरीचि हिन्दु पौराणिक कथाहरूका अनुसार ब्रह्माका मानसपुत्र र सप्तऋषिहरू मध्ये एक हुन्। उनी कश्यपका पिता र देवता तथा असुरहरूका हजुरबुबा हुन्।
जैन धर्ममा, उनलाई २४औँ तीर्थङ्कर महावीरको एक पूर्व पुनर्जन्म र प्रथम तीर्थङ्कर ऋषभनाथको नातिका रूपमा चिनिन्छ।[२]
सप्तऋषि
[सम्पादन]सप्तऋषिहरू ती सात ऋषि हुन् जसको वेद र हिन्दु साहित्यका धेरै ठाउँमा प्रशंसा गरिएको छ। वैदिक संहिताहरूले यी ऋषिहरूको नाम उल्लेख गरेका छैनन्, यद्यपि पछि आएका वैदिक ग्रन्थहरू जस्तै ब्राह्मण र उपनिषद्हरूमा नामहरू भेटिन्छन्। सुरुवाती ग्रन्थहरूले मरीचिलाई सात ऋषिहरू मध्ये एकको रूपमा उल्लेख नगरे पनि, महाकाव्य महाभारत मा यसबारे सन्दर्भहरू भेटिन्छन्। भारतका केही भागहरूमा, मानिसहरू यी सप्तऋषिहरूलाई सप्तऋषि तारापुञ्जका सात ताराहरू मान्छन्, जसको नाम "वशिष्ठ", "मरीचि", "पुलस्त्य", "पुलह", "अत्रि", "अङ्गिरा" र "क्रतु" राखिएको छ। यसको नजिकै अर्को एउटा सानो तारा देखिन्छ, जसलाई "अरुन्धती" भनिन्छ। मरीचिलाई सात महान् ऋषिहरू अर्थात् सप्तऋषि मध्ये एक मानिन्छ।[३] अन्य केही ऋषिहरू जस्तै, मरीचिले पनि पूर्ण सन्यासलाई त्यागेर सांसारिक कर्तव्यको मार्ग पछ्याएका थिए। उनका धेरै सन्तानहरू थिए, जसमा ऋषि कश्यप प्रमुख हुन्।
धर्मव्रताको पत्थरमा रूपान्तरण
[सम्पादन]धर्मव्रता ऋषिका धेरै पत्नीहरू मध्ये एक थिइन्। एक पटक, मरीचिले उनलाई आफ्नो खुट्टा मालिस गर्न भनेका थिए, सोही क्रममा उनी निदान्छन्। त्यसै समयमा ब्रह्मा त्यहाँ आउँछन् जसका कारण धर्मव्रता दुबिधामा पर्छिन्। रीत अनुसार देवताको स्वागत गर्ने कि श्रीमान्को आज्ञा पालन गर्ने? उनले देवताको सेवा गर्ने निर्णय गर्छिन्। जब मरीचिले आफ्नी पत्नी त्यहाँ नभएको पाए, उनले क्रोधित भएर उनलाई पत्थर (शिला) बन्ने श्राप दिन्छन्। उनले आफ्नो निर्दोषताको बिन्ती गर्छिन् र अग्निमा तपस्या गरेर त्यसलाई प्रमाणित समेत गर्छिन्। विष्णु उनको भक्तिबाट प्रसन्न हुन्छन्। उनले विष्णुसँग श्राप फिर्ता लिन अनुरोध गर्छिन्, तर विष्णुले श्राप फिर्ता हुन नसक्ने तर उनी जुन पत्थरमा परिणत हुनेछिन्, त्यसलाई देवशिला को रूपमा पुजिने बताउँछन्। उक्त शिलालाई पवित्र मानिनेछ र त्यसमा त्रिमूर्ति र लक्ष्मीको अंश रहनेछ।[४]
प्रजापतिहरू
[सम्पादन]सृष्टि सुरु हुनुभन्दा पहिले, सृष्टिका हिन्दु देवता ब्रह्मालाई बाँकी ब्रह्माण्डको सृष्टिको लागि जिम्मेवार हुन सक्ने केही मानिसहरूको आवश्यकता थियो। त्यसैले, उनले आफ्नो मानस (मन) बाट १० जना प्रजापति (मानिसका शासक) र आफ्नो शरीरबाट ९ जना प्रजापतिहरू सिर्जना गरेको विश्वास गरिन्छ। मरीचि ब्रह्माका १० मानसपुत्र मध्ये एक हुन्। दस प्रजापतिहरू यस प्रकार छन्:[५]
जीवन
[सम्पादन]विशेष गरी ऋषि कश्यपका कार्यहरूबाट मरीचिको जीवनको बारेमा उनका सन्तानहरूको विवरणबाट बढी थाहा पाइन्छ। मरीचिको विवाह कलासँग भएको थियो, जसबाट कश्यपको जन्म हुन्छ (कश्यपलाई कहिलेकाहीँ प्रजापतिको रूपमा पनि चिनिन्छ, जसले आफ्ना पिताबाट सृष्टिको अधिकार प्राप्त गरेका थिए)।[५] उनलाई हिन्दु देवता विष्णुको निरन्तर ऊर्जाबाट बनेको मानिन्छ। उनले नारदसँगै महाभारतको समयमा वाणको शय्यामा सुतिरहेका भीष्मलाई भेट्न गएको पनि विश्वास गरिन्छ। मरीचिलाई बालक ध्रुवको सल्लाहकारको रूपमा पनि उल्लेख गरिएको छ, जसले उनलाई तपस्या गर्न मद्दत गरेका थिए। उनको नाम ब्रह्माण्ड पुराण र वेद जस्ता धेरै हिन्दु धर्मग्रन्थहरूमा उल्लेख गरिएको छ।[६]
जैन धर्म
[सम्पादन]जैन धर्मग्रन्थहरूका अनुसार, मरीचि भरत चक्रवर्तीका छोरा थिए, जो धेरै जन्महरू पछि जैन धर्मको २४ औं तीर्थङ्कर महावीरको रूपमा जन्मिएका थिए।[७][२] मरीचिको रूपमा आफ्नो जीवनमा, उनी प्रथम तीर्थङ्कर ऋषभनाथलाई पछ्याउँदै एक जैन भिक्षु बनेका थिए, तर उनले जैन तपस्याका कडा नियमहरू पालना गर्न सकेनन्। त्यसैले उनले गेरुवा वस्त्र, खडाउँ र छाता लिएर आफ्नो छुट्टै धर्म स्थापना गर्दै कपिललाई आफ्नो पहिलो शिष्य बनाका थिए।
सन्दर्भ सामग्रीहरू
[सम्पादन]- 1 2 Roshen Dalal (२०१०), Hinduism: An alphabetical guide, Penguin, पृ: २४५।
- 1 2 Dundas 2002, पृष्ठ 21.
- ↑ www.wisdomlib.org (२०१९-०१-२८), "Story of Marīci", www.wisdomlib.org (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-०८-०४।
- ↑ www.wisdomlib.org (२०१९-०१-२८), "Story of Marīci", www.wisdomlib.org (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-०८-०४।
- 1 2 Wilkins, W.J. (२००३), Hindu Mythology, New Delhi: D.K. Printworld (P) Limited, पृ: ३७०, आइएसबिएन 81-246-0234-4।
- ↑ Sathyamayananda, Swami (२०१२), Ancient sages, Mylapore, Chennai: Sri Ramakrishna Math, पृ: 14–16, आइएसबिएन 978-81-7505-356-4।
- ↑ Suriji, Acharya Gunaratna (२०११), Confession: The Path to Self Liberation, Jingun Aaradhak Trust।