मर्डर अन द ओरिएन्ट एक्स्प्रेस

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मर्डर अन द ओरिएन्ट एक्स्प्रेस
चित्र:Murder on the Orient Express First Edition Cover 1934.jpg
लेखकअगाथा क्रिस्टी
देशसंयुक्त अधिराज्य
भाषाअंग्रेजी
प्रकारअपराध उपन्यास
प्रकाशककोलिन्स क्राइ्म क्लब
प्रकाशित मिति
१ जनवरी १९३४
मिडियाको प्रकारछापा
पृष्ठ२५६ (पहिलो संस्करण, हार्डकभर)
Preceded byद हाउन्ड अफ देथ् 
Followed byअन्फिनिस्ड पोटरेड 

मर्डर अन द ओरिएन्ट एक्स्प्रेस (अङ्ग्रेजी: Murder on the Orient Express) अङ्ग्रेजी उपन्यासकार अगाथा क्रिस्टीद्वारा लिखित उपन्यास हो । यसलाई पहिलो पटक युनाइटेड किंगडममा कोलिन्स क्राइम क्लबले १ जनवरी १९३४ मा प्रकाशित गरेको थियो। [१][२] संयुक्त राज्यमा यो २ फेब्रुअरी १९३४ मा डड, मीड एण्ड कम्पनी द्वारा "मर्डर इन द कलाइस कोच" को नाममा प्रकाशित भएको थियो। [३][४] युकेमा सात शिलि र सिक्सपेंस[५] मा र संयुक्त राज्य अमेरिकामा संस्करण $२.०० मा बिक्री गरियो।[४]

धेरै यात्रुहरूका साथमा हिडेको १९३० दशकको सुन्दर रेल ओरिएन्ट एक्सप्रेस भारी हिमपातको कारणले रोकियो। रेलमा एक जनाको हत्या हुन्छ र मध्यपूर्वबाट लन्डन घर हिडेको पोइरोटको यात्रा हत्या समाधान गर्न अवरोध हुन्छ।

१९३२ को ग्र्याहम ग्रीनको उपन्यास "स्टाम्बुल ट्रेन" जुन संयुक्त राज्य अमेरिकामा "ओरिएन्ट एक्सप्रेस" को नाममा प्रकाशित भएको थियो, त्यो पुस्तक सँग यो उपन्यास मिल्न गएकोले भ्रमबाट बच्न अमेरिकामा "मर्डर इन द कलाइस कोच" शीर्षक प्रयोग गरिएको थियो । [६]

प्लट[सम्पादन गर्नुहोस्]

The railway station passenger terminal in Vinkovci, Croatia

सिरियाको एलेप्पोबाट इरानबुलको "टउरस एक्सप्रेस" लिइसकेपछि निजी जासूस हर्क्युल पोइरोट तोकाटेलियन होटेलमा आइपुग्छन्। त्यहाँ उनले लन्डन फर्कन आग्रह गरेको एउटा टेलिग्राम पाउँछन्। उनले कन्सिअर्ज लाई त्यो रात हिड्ने 'सिम्प्लन-रूट ओरिएन्ट एक्सप्रेस' सेवाको पहिलो श्रेणीको डिब्बा बुक गर्न लगाउछन्। रेल पूर्ण रूपमा बुकिंग भैसके पनि पोइरोटले त्यसै रेलमा सवार भएका आफ्नो साथी र रेलवे (कम्पेग्नी इन्टर्नेसनेल डेस वैगनस्-लिट्स) का निर्देशक मोन्सिएर बाउक को मद्दतले दोस्रो कक्षाको वेड प्राप्त गर्दछन्। रेलमा सवार, एक दुराचारी, बुढो अमेरिकी, श्यामुएल र्‍याचेट लाई आफ्नो ज्यान जोखिममा भएको विश्वासको कारणले पोइरोटलाई काममा लिने कोशिस गर्छन् तर पोइरोटले त्यो मान्छे उसलाई मन नपरेको कारण प्रस्ताव अस्विकार गर्छन्।

यात्राको दोस्रो रात बेलग्रेडमा, दुई अतिरिक्त कोचहरु रेलमा थपिए बाउक अर्कै कोचमा सरेर आफ्नो प्रथम श्रेणीको कोच पोइरोटमा छोडिदिए। त्यो डिब्बे र्‍याचेटको छेउमा हुन्छ। भिन्कोभिसी नजिक हिउँको थुप्राले गर्दा रेल रोकिनेछ। पोइरोटको निद्रा धेरै घटनाहरूले गर्दा विथोलिन्छ जसमा र्‍याचेट कम्पार्टमेन्टबाट कराएको आवाज पनि एक हो। भोलिपल्ट बिहान, रचेटको हत्या भएको बाउकले उनलाई खबर दिए र पोइरोटलाई यसको अनुसन्धान गर्न आग्रह गरे।

जब पोइरोट र डा. कन्स्टान्टिनले र्‍योचेटको डिब्बालाई जाँच्दछन्, पोइरोटले एउटा जलेको नोट भेट्टाउछन् जसमा "-member little Daisy Armstron" भन्ने शव्दहरू लेखिएका हुन्छन् जसले गर्दा उनलाई र्‍याचेटको असल पहिचानमा शंका लाग्न थाल्छ। केही वर्ष पहिला, तीन वर्षीय डेजी आर्मस्ट्रांगलाई कासेट्टि नामक एक व्यक्तिले अपहरण गरेका थिए, जसले फिरौती सङ्कलन गरेपनि बच्चाको हत्या गरिदिन्छ। कासेट्टी पक्राऊ परे पनि प्राभिधिक कारणहरूले गर्दा मुक्त भयो। पाइरोटको निष्कर्षमा र्‍याचेट र क्यासेट्टी एउटै मान्छे हो।

पोइरोटले दुई सम्भावित समाधान प्रस्ताव गर्दछन्: कि त एक अपरिचित व्यक्ति रेलमा चढे र कासेटीको हत्या गरेर फरार भए, वा (सबै यात्रुहरूको आर्मस्ट्रन्गसँग कुनै किसिमको सम्बन्ध थियो भनेर स्थापित भएको हुदा) सबैले सँगै क्यासेटलाई मार्ने षडयंत्र गरे । श्रीमती हब्बार्ड - वास्तवमा डेजी आर्मस्ट्रांगको हजुरआमा - प्रसिद्ध अभिनेत्री लिन्डा अर्डेनले दोस्रो समाधानको सत्यता स्वीकार गर्छिन् तर श्रीमान बाउक र डा. कन्स्टान्टिनले दुई मध्ये पहिलो युगोस्लाभ पुलिसलाई प्रस्तुत गर्ने छनौट गरे।

सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]

  1. United States, Department of the Treasury (१९३५), Catalog of Copyright Entries. New Series: 1934, Part 1, Volume 31. New Series, Washington D C: Copyright Office, पृ: २१३, अन्तिम पहुँच २३ मार्च २०१५ 
  2. Coignard, Jerome (२८ फेब्रुअरी १९३४), "Books – and Their Makers", The Brooklyn Daily Eagle (Brooklyn, New York: Everything Brooklyn Media), पृ: २०, अन्तिम पहुँच २३ मार्च २०१५ 
  3. Cooper, John; Pyke, B A, सम्पादकहरू (१९९४), Detective Fiction – the collector's guide (2 संस्करण), London, England: Scolar Press, पृ: 82, 86, आइएसबिएन 0-85967-991-8 
  4. ४.० ४.१ Marcum, Steve (मे २००७), "American Tribute to Agatha Christie: The Classic Years 1930 - 1934", अन्तिम पहुँच २ सेप्टेम्बर २०१८ 
  5. Peers, Chris; Spurrier, Ralph; Sturgeon, Jamie (मार्च १९९९), Collins Crime Club – A checklist of First Editions (2 संस्करण), North Lincolnshire, England: Dragonby Press, पृ: १४। 
  6. Wagstaff, Vanessa; Poole, Stephen, सम्पादकहरू (२००४), Agatha Christie: A Readers Companion, London, England: Aurum Press Ltd, पृ: ८८, आइएसबिएन 1-84513-015-4