महालेखा नियन्त्रक कार्यालय (नेपाल)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
महालेखा नियन्त्रक कार्यालय
निकाय विवरण
अधिकार क्षेत्रनेपाल सरकार
प्रधान कार्यालयसिंहदरबार, काठमाडौ
निकाय कार्यकारी
मातृसंस्थाहरू
  • कोष तथा लेखा नियन्त्रक कार्यालय
  • निवृत्तभरण व्यवस्थापन कार्यालय
  • [कुमारी चोक
वेबसाइटwww.fcgo.gov.np

महालेखा नियन्त्रक कार्यालय नेपाल सरकारको ट्रेजरी सञ्चालनको लागि जिम्मेवार मुख्य सरकारी निकाय हो। नेपाल अधिराज्यको अर्थसम्बन्धी हिसाब किताब राख्ने र जाँच्ने काम गर्न र सरकारको आर्थिक हिसाब किताब व्यवस्थित बनाउने विचार पनि सँगै आएको हो ।

यो कार्यालय अर्थ मन्त्रालय अन्तर्गत छ र नेपाल सरकारको विशेष श्रेणीका अधिकृत वित्तीय नियन्त्रकको नेतृत्वमा छ। महालेखा नियन्त्रक बजेट, सबै सरकारी खर्चहरूको निरीक्षण, राजस्व सङ्कलन र अन्य प्राप्तिहरू ट्र्याक गर्न र सरकारको समेकित वित्तीय विवरणहरू तयार गर्न जिम्मेवार छ। [१] [२] हाल ७७ जिल्लामा कोष तथा लेखा नियन्त्रक कार्यालयहरू (काठमाण्डौंमा थप ४ भुक्तानी केन्द्र समेत ८१ वटा कार्यालय), निवृत्तभरण व्यवस्थापन कार्यालय – १ र कुमारी चोक तथा केन्द्रीय तहसील कार्यालय – १ रहेका छन् ।

उद्देश्यहरू[सम्पादन गर्नुहोस्]

  • सञ्चित कोष वा सरकारी ढुकुटीको सञ्चालन गर्ने,
  • सञ्चित कोषको लेखा अद्यावधिक राख्ने,
  • राष्ट्रको केन्द्रीय वाषिर्क आय-व्ययको लेखा तयार गर्ने,
  • आर्थिक प्रशासन सम्बन्धी नीति नियमको तर्जुमा गर्ने र आर्थिक नियन्त्रण गर्ने।

कार्यक्षेत्र र जिम्मेवारी[सम्पादन गर्नुहोस्]

आर्थिक कार्यविधि ऐन, २०५५ र आर्थिक प्रशासन सम्बन्धी नियमाली, २०६४ बमोजिम यस कार्यालयले सम्पादन गर्ने कार्यहरू निम्नलिखित छन्।

  • नेपाल सरकारको सञ्चित कोषको लेखा राख्ने र राख्न लगाउने,
  • सरकारी कार्यालयहरूको लागि स्वीकृत बजेट बमोजिमको रकम निकासा दिने र दिन लगाउने,
  • सरकारी कार्यालयहरूको लागि बैङ्क खाता सञ्चालन गर्न स्वीकृति दिने,
  • नेपाल सरकारको आय-व्ययको केन्द्रीय हिसाव तयार गर्ने,
  • नेपाल सरकारको ऋण तथा लगानीको हिसाव राख्ने,
  • वैदेशिक ऋण र अनुदान सम्वन्धी सोधभर्नाको हिसाव राख्ने,
  • नेपाल सरकारको लेखा प्रणाली तर्जुमा गरी कार्यान्वयन गराउने,
  • आर्थिक प्रशासन सम्बन्धमा सरकारी कार्यालयको निरीक्षण गरी आवश्यक निर्देशन दिने,
  • आर्थिक प्रशासन सम्बन्धी विवादहरूमा राय दिने,
  • आथिर्क सूचना सङ्ग्रह एवं प्रवाह हर्ने ,े
  • नेपाल सरकारले तोकिदिएको अन्य काम गर्ने।

सम्बन्धित निकायहरू[सम्पादन गर्नुहोस्]

  • क्षेत्रीय कोष निर्देशनालय ५ वटा।
  • कोष तथा लेखा नियन्त्रक कार्यालयहरू ७० वटा।
  • कौशी तोषाखाना कार्यालय।
  • कुमारी चोक तथा केन्द्रीय तहसिल कार्यालय।

महालेखा नियन्त्रकको नामावली[सम्पादन गर्नुहोस्]

सि.नं. पद नाम पदावधि
देखि सम्म
म.ले.नि श्री राम प्रसाद जोशी २०३१।१०।०३ २०३४।१२।३०
का.मु. म.ले.नि श्री मुरली प्रसाद उपाध्याय २०३५।०३।१९ २०३५।१०।१४
म.ले.नि श्री लोक बहादुर बिष्ट २०३५।१०।१५ २०३७ भाद्र
का.मु. म.ले.नि श्री विश्व नाथ पोददार २०३७ भाद्र २०३८ श्रावण
म.ले.नि श्री भुवनेश्वर खत्री २०३८ भाद्र २०४३।०९।३०
का.मु. म.ले.नि श्री श्याम बिहारी लाल श्रीवास्तब २०४४ बैशाख २०४४।०१।१३
का.मु. म.ले.नि श्री शिव चन्द्र श्रेष्ठ २०४४।०१।२७ २०४८ आषाढ
का.मु. म.ले.नि श्री यज्ञ मान बज्राचार्य २०४८।०४।०८ २०४९।०७।२१
म.ले.नि श्री गेहेन्द्र नाथ अधिकारी २०४९।०७।२४ २०५१।०८।२२
१० का.मु. म.ले.नि श्री बाल गोपाल सिग्देल २०५१।१०।२९ २०५२।०८।०१
११ म.ले.नि श्री मुकुन्द प्रसाद अर्ज्याल २०५२।०७।२० २०५७।०३।१६
१२ का.मु. म.ले.नि श्री भानु प्रसाद आचार्य २०५७।०७।२८ २०५८।०१।०७
१३ म.ले.नि श्री बंशीधर घिमिरे २०५८।०१।१४ २०५८।१२।३१
१४ म.ले.नि श्री माधव प्रसाद घिमिरे २०५९।०१।२६ २०५९।०९।१६
१५ का.मु. म.ले.नि श्री नारायण प्रसाद सिलवाल २०५९।१०।०१ २०६०।०३।०६
१६ म.ले.नि श्री बाल गोपाल सिग्देल २०६०।०३।११ २०६१।११।०४
१७ का.मु. म.ले.नि श्री डा.माधव प्रसाद घिमिरे २०६१।११।२३ २०६२।०७।१३
१८ म.ले.नि श्री सुशील प्रसाद शर्मा २०६२।०७।१३ २०६४।०८।१७
१९ का.मु. म.ले.नि श्री दीप बस्न्यात २०६४।०९।१९ २०६५।०७।१७
२० म.ले.नि श्री अवनीन्द्र कुमार श्रेष्ठ २०६५।०७।१७ २०६६।१२।०३
२१ म.ले.नि श्री शंकर प्रसाद पाण्डे २०६६।१२।३० २०६७।०१।१२
२२ म.ले.नि श्री डा.माधव प्रसाद घिमिरे २०६७।०१।१४ २०६८।०७।२९
२३ म.ले.नि श्री सुशिल घिमिरे २०६८।०८।०५ २०६८।१०।२५
२४ म.ले.नि श्री प्रताप कुमार पाठक २०६८।१०।२५ २०६९।०७।०३
२५ म.ले.नि श्री नरेन्द्र दाहाल २०६९।०७।०३ २०७०।०३।१०
२६ म.ले.नि श्री सुमनप्रसाद शर्मा २०७०।०४।१४ २०७१।०१।०२
२७ म.ले.नि श्री शंकर प्रसाद अधिकारी २०७१।०१।०३ २०७२।०१।०६
२८ का.मु. म.ले.नि श्री जयदेव श्रेष्ठ २०७२।०२।११ २०७२।०२।१३
२९ का.मु. म.ले.नि श्री राजेन्द्र प्रसाद नेपाल २०७२।०२।३१ २०७२।०७।०२
३० म.ले.नि श्री रमेश कुमार शर्मा २०७२।०८।०७ २०७२।०९।१३
३१ म.ले.नि श्री राजेन्द्र प्रसाद नेपाल २०७२।०९।२० २०७४।०६।०४
३२ म.ले.नि श्री राम कुमार आचार्य २०७४।०७।१३ २०७५।०४।१४
३३ म.ले.नि श्री सुरेश प्रधान २०७५।०४।२१ २०७५।०९।०७
३४ का.मु. म.ले.नि श्री सूर्य प्रसाद गौतम २०७५।०९।३० २०७५।११।०५
३५ म.ले.नि श्री सूर्य प्रसाद गौतम २०७५।११।०६ २०७६।०५।०८
३६ म.ले.नि श्री गोपीनाथ मैनाली २०७६।०५।०९ २०७७।०६।०४
३७ म.ले.नि श्री मधु कुमार मरासिनी २०७७।०६।०५ २०७८।०४।१७
३८ म.ले.नि श्री सुमनराज अर्याल २०७८।०४।३२

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Home", fcgo.gov.np 
  2. "Search - the Himalayan Times", ६ अक्टोबर २०२१। 

बाहिरी लिङ्कहरू[सम्पादन गर्नुहोस्]

आधिकारीक वेबसाइट