मैना चुलि

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

परिचय[सम्पादन गर्नुहोस्]

मैना चुलि एक पौराणिक कथाका साथ जोडिएको झापाइलाम बिचमा रहेको चुरे क्षेत्रको उच्च चुरे पर्वत हो ।

ग्यालरी[सम्पादन गर्नुहोस्]

मैना चुलि

अवस्थिती[सम्पादन गर्नुहोस्]

इलाम को चुलाचुली गाविसको सिमाना कमल खोला पुर्व पट्टि रहेको चुरेपर्वतकै सबै भन्दा उच्च चुचुरोलाई स्थानियहरू मैना चुलि भनेर चिनिन्छ । यसकै फेदमा सतासिधामरहेको छ ।

पौराणिक मान्यता[सम्पादन गर्नुहोस्]

मैना चुलि माहाभारतकालिन कथामा पनि उलेख गरिन्छ जसमा मैनाख पर्वत मा पाण्डवहरू गुप्तबासका केही दिन लुकेको भनिएको छ । कौरब जेष्ट दुर्योधनले पठाएको गुप्तचर(सुराखि)ले देख्नै लाग्दा अर्जुनले धुम्र(धुवा)आउने वाण हानेर त्यहाबाट भागेर राजा बिराटकोमा गएको किम्बदन्ति रहेको छ। सतासिधाममा रहेको पाण्डवकुण्डद्रौपदिकुण्ड ले पनि पाण्डवहरू यहाँ आएकाहुन् भन्ने पुष्टि दिन्छ ।

पाण्डवकुण्ड

सतासिधाममा रहेको एक तलाउ हो। जहाँ पाण्डवहरू नुहाउने

गरेको किम्वंदन्ति रहेको छ।
द्रौपदिकुण्ड

सतासिधामको एक तलाउ जहाँ पाण्डवपत्नि द्रौपदिले नुहाउने गरेको किम्वंदन्ति रहेको छ ।

धार्मिक स्थिती[सम्पादन गर्नुहोस्]

तिहारको लक्ष्मीपूजामा यहाँ बत्ति बल्ने कथन छ । तथा तिथि घटबड हुदा इलामको दक्षिणी बेगका बासिन्दा यहाँ मैना चुलिको टुप्पोमा बलेको हेरि सोही दिन लक्ष्मी पूजा गर्ने कथन अझैपनि बुडापाकाले गर्दछन् । हाल यहाँ माता पाथीभरादेविको एक मन्दिर छ । यहाँ त्रिशूल चडाउदा मनोकाक्षा पुण हुने जनविश्वास रहेको छ । विशेषत यहाँ उधौलीउभौली(मङ्सिरे बैशाखे पुणिमा) मा बडि आवत जावत हुन्छ, र सत्यहाङमा धर्म सम्प्रदायका मानिसहरूको बडि आावत जावत हुने गर्दछ । ढाँचा:झापा जिल्लाका धार्मिक स्थल

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]