मैलुङ खोला जलविद्युत केन्द्र
स्वरूप
| मैलुङ खोला जलविद्युत केन्द्र | |
|---|---|
| आधिकारिक नाम | मैलुङ खोला जलविद्युत केन्द्र |
| देश | नेपाल |
| निर्देशाङ्क | २८°०६′३३″N ८५°१७′३२″E / 28.1092°N 85.29211°E |
| उद्देश्य | जलविद्युत उर्जा |
| स्थिति | सक्रिय |
| बाँध र पानी बाहिरिने मार्ग | |
| बाँधको प्रकार | गुरुत्व बाँध |
| सुरुवात मिति | २०७१-०३-१९ |
| प्रकार | नदीको पानी |
| क्षमता | ५ MW |
मैलुङ खोला जलविद्युत केन्द्र रसुवा जिल्लामा अवस्थित रहेको छ। त्रिशूली नदीको सहायक नदी मैलुङ खोलाको प्रवाहबाट ५ मेगावाट विद्युत् उत्पादन हुने गरेको छ । यसको स्वामित्व र विकास मैलुन खोला हाइड्रोपावर कम्पनी प्रालिले गरेको हो । यो केन्द्रले २०७१-०३-१९ बाट विद्युत उत्पादन गर्न थालेको थियो । यसको जेनेरेसन लाइसेन्सको म्याद विसं २०९४-१२-३० मा सकिनेछ, त्यसपछि यसलाई सरकारलाई हस्तान्तरण गरिनेछ। [१]
सन्दर्भहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Operating Projects :: Hydro (Above 1MW)"। वेब्याक मेसिन अभिलेखिकरण २०२०-११-१० मिति