मोहन दुवाल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मोहन दुवाल (वि.सं. २००६ - ) साहित्यकार हुन्। उनी राजधानीनजीकै बनेपामा बसेर साहित्यको सेवा गर्दै आएका छन्।

जीवनी[सम्पादन गर्नुहोस्]

उनको जन्म २००६ जेठ २१मा भोलाखा गाउँ पञ्चायत ७मा भएको हो। त्यो ठाउँ अहिले बनेपा नगरपालिका ७मा छ। उनका पिता गणेशबहादुर र माता खिलकुमारी हुन्।

साहित्य[सम्पादन गर्नुहोस्]

२०२० देखि निरन्तर लेख्दै आएका दुवालले कक्षा ९मा पढ्दा नेपाल भाषामा 'चुलिजाः गु स्वाँ' कवितासङ्ग्रह लेखेका थिए। उक्त पुस्तकपछि उनका १४ पुस्तक प्रकाशित भएका छन्। उनले विभिन्न पुस्तकको सम्पादन गरेका छन्। विभिन्न पुरस्कार र सम्मान प्राप्त दुवालले सम्पादन गरेको जनमत साहित्यिक पत्रिकाका १ सय २२ अङ्क प्रकाशित भइसकेका छन्। बी.ए., बी.एड. गरेका उनले २७ वर्ष पढाए। साथै ३३ वर्ष पत्रकारिता गरे। उनले केही दशक राजनीति पनि गरे। अहिले पनि विभिन्न संघसंस्था र विद्यालयका समितिमा रहेर काम गर्दै आएका छन्। शरद, प्रतिमा श्रेष्ठ, लाल किरण, बहादुर, शरद श्रेष्ठ, शरद बनेपा, किरण र सुदिमजस्ता उपनामले विभिन्न रचना प्रकाशितसमेत गरेका छन्।

बाहिरी लिङ्कहरू[सम्पादन गर्नुहोस्]