सामग्रीमा जानुहोस्

मोहम्मद अली जिनाह

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(मोहम्मद अली जिन्नाबाट अनुप्रेषित)
कायदे-आजम
मोहम्मद अलि जिन्ना
محمد علی جناح
मोहम्मद अलि जिन्ना (1945)
पाकिस्तानको पहिलो गवर्नर जनरल
कार्यकाल
१५ अगस्ट, १९४७ – ११ सेप्टेम्बर, १९४८
एकाधिपतिजर्ज VI
प्रधानमन्त्रीलियाकत अली खान
पूर्वाधिकारीकोहि होइन; किन कि उनीभन्दा पहिलो माउण्टबेटन[] नै गवर्नर जनरल थिए
उतराधिकारीख्वाजा नजीमुद्दीन
व्यक्तिगत विवरण
जन्म२५ डिसेम्बर, १८७६
कराची, ब्रिटिस भारत
मृत्यु११ सेप्टेम्बर, १९४८ (७१ वर्ष)
कराची, पाकिस्तान
राजनीतिक दलभारतीय राष्ट्रिय कांग्रेस (१८९६-१९१३)
मुस्लिम लीग (१९१३-१९४८)
जीवन साथी(हरू)एमीबाई जिन्ना
मरियम जिन्ना
सन्तान(हरू)दीना जिन्ना
जीवनवृतिवकील, राजनेता

मोहम्मद अली जिनाह (उर्दु: محمد علی جناح), (लेख्य रूप: महमद अली जनाह, उच्चारित रूपमा:मोहम्मद अली जिनाह) एक पाकिस्तानी प्रधान वकिल, राजनीतिज्ञ र पाकिस्तानका संस्थापक नेता थिए। जिनाहले सन् १९१३ देखि १४ अगस्ट १९४७ सम्म अखिल भारतीय मुस्लिम लीगको नेताको रूपमा कार्य गरेका थिए भने १४ अगस्ट १९४७ मा, पाकिस्तानको स्थापना भएको थियो। उनले मृत्युसम्म पाकिस्तानको पहिलो गभर्नर-जनरलको रूपमा सेवा दिएका थिए। उनी पाकिस्तानमा काइदे अजम ("महान नेता") र बाबाये कौम, ("राष्ट्रपिता") को रूपमा सम्मानित छन्। उसको जन्मदिनमा पाकिस्तानमा राष्ट्रिय बिदा दिइने गरिएको छ।

कराचीको वजीर मीन्शनमा जन्मिएका जिनाहलाई लन्डनको लिङ्कन्स इन नामक संस्थामा मुख्य वकिलको रूपमा प्रशिक्षण दिइएको थियो। बेलायती भारत फर्केपछि उनले बम्बई उच्च अदालतमा नाम दर्ता गरेका थिए र राष्ट्रिय राजनीतिमा चासो देखाएका थिए जसले अन्ततः उनको कानुनी अभ्यासलाई प्रतिस्थापन गरेको थियो। २०औँ शताब्दीको सुरुका दुई दशकहरूमा जिनाह भारतीय राष्ट्रिय काङ्ग्रेसमा प्रख्यात बनेका थिए। आफ्नो राजनीतिक जीवनको प्रारम्भिक वर्षहरूमा, जिनहले हिन्दु मुस्लिम एकताको पक्ष लिँदै काङ्ग्रेस र अखिल भारतीय मुस्लिम लीगबीच सन् १९१६ को लखनऊ समझौता निर्माण गर्न सहयोग गरेका थिए जसमा जिनाह पनि प्रमुख बनेका थिए। जिनाह अखिल भारतीय गृह नियम लीगका प्रमुख नेता बन्दै मुस्लिमहरूको राजनीतिक अधिकारको रक्षाका लागि चौध सूत्रीय संवैधानिक सुधार योजनाको प्रस्ताव गरेका थिए। सन्‌ १९२० मा, सत्याग्रह अभियानलाई पछ्याउन राजी भएपछि जिनाहले काङ्ग्रेसबाट राजीनामा गरेका थिए जसलाई उनी राजनीतिक अराजकता मान्दथे।

सन् १९४० सम्म जिनाहलाई भारतीय उपमहाद्वीपका मुस्लिमहरूले आफ्नै राज्य हुनुपर्दछ भनेर विश्वास गर्न थालेका थिए। उक्त वर्ष, जिनाहको नेतृत्वमा मुस्लिम लीगले लाहोरको प्रस्ताव पारित गर्दै एक छुट्टै राष्ट्रको माग गरेको थियो। दोस्रो विश्वयुद्धको अवधिमा काङ्ग्रेसका नेताहरू समातिँदा लिगले बल प्राप्त गरेको थियो र युद्धको केही समयपछि भएको चुनावमा त्यसले मुस्लिमहरूको लागि आरक्षित अधिकांश सीटहरू जितेको थियो। अन्ततः काङ्ग्रेस र मुस्लिम लीगले उपमहाद्वीपलाई एकल राज्यको रूपमा एकताबद्ध गर्न शक्ति बाँडफाँडको सूत्रमा पुग्न नसक्दा सबै दलहरूलाई प्रमुख हिन्दु भारतको स्वतन्त्रतामा सहमति जनाउन र मुस्लिम बहुमतको पाकिस्तानको लागि प्रस्ताव गरेका थिए।

पाकिस्तानका प्रथम गभर्नर-जनरलको रूपमा, जिनाहले नयाँ देशको सरकार र नीतिहरू स्थापना गर्न र स्वतन्त्र भएपछि भारतको नयाँ राष्ट्रबाट बसाइसराई गर्दै करोडौँ मुस्लिम आप्रवासीहरूलाई सहयोग गर्ने उद्देशका साथ शरणार्थी शिविरहरूको स्थापना र निरीक्षण गरेका थिए। पाकिस्तानले ब्रिटेनबाट स्वतन्त्रता पाएको एक वर्ष पछि ७१ सेप्टेम्बर १९४८ मा जिनाहको ७१ वर्षको उमेरमा निधन भएको थियो। उनले पाकिस्तानलाई गहिरो र सम्मानित योगदान दिएका थिए। विश्वका असङ्ख्य सडक, मार्ग र स्थानहरू जिनाहको नाममा राखिएको छ। पाकिस्तानका धेरै विश्वविद्यालय र सार्वजनिक भवनहरूमा जिनाहको नाम छ।उनका जीवनी लेखक स्टेनली वोल्पर्टका अनुसार उनी पाकिस्तानको महान नेता बनेका थिए।

प्रारम्भिक जीवन

[सम्पादन गर्नुहोस्]

जिन्नाको जन्म स्थलको लेकर थोडा विवाद है। केही मानिस लोग मोहम्मद अलि जिन्ना भाइको जन्म सिन्घ प्रान्तको कराची जिल्लाको वजीर मेसनमा भएको थियो यस्तो बताउदछन, तर केही किताबहरूमा यिनको जन्म स्थान झर्क लाई बताईएको छ। पुरानो दस्तावेजहरूको अनुसार, जिन्नाको जन्म २० अक्टूबर, १८७५ मा भएको थियो। सरोजिनी नायडू द्वारा लेखिएको जिन्नाको जीवनीको अनुसार, जिन्नाको जन्म २५ डिसेम्बर १८७६ मा भएको थियो, जसलाई जिन्नाको आधिकारिक जन्म तिथि मानिएको छ।

जिन्ना, मिठीबाई र जिन्नाभाइ पुंजाको सात सन्तानहरूमा सबभन्दा जेठा थिए। उनको पिता जिन्नाभाइ एक सम्पन्न गुजराती व्यापारी थिए, तर जिन्नाको जन्मको अगाडि उनीहरू काठियावाड छोडेर सिन्धमा गएर बसे। केही सूत्रहरूको मुताबिक, जिन्नाको पूर्वज हिन्दु राजपूत थिए, जसले इस्लाम धर्म कबूल गरे।

जिन्नाको मातृभाषा गुजराती थियो, पछि उनले कच्छी, सिन्घी र अङ्ग्रेजी भाषा सिके। काठियावाडबाट मुस्लिम बहुल सिन्धमा बसे पछि जिन्ना र उनको भाइ बहिनीहरूको मुस्लिम नामकरण भयो। जिन्नाको शिक्षा विभिन्न स्कूलहरूमा भएको थियो। शुरू-शुरूमा उनी कराचीको सिन्ध मदरसा-ऊल-इस्लाममा पढे। केही समयको लागि गोकुलदास तेज प्राथमिक विद्यालय, बम्बईमा पनि पढे, फेरी क्रिश्चियन मिशनरी स्कूल कराची गए। अन्ततोगत्वा उनले बम्बई विश्वविद्यालयबाट नै प्रबेशिका परीक्षा उतिर्ण गरे।

प्रबेशिका परीक्षा उतिर्ण गर्ने बित्तिकै ग्राह्म शिपिंग एण्ड ट्रेडिंग कम्पनीमा उनलाई अप्रैंटिसको रूपमा काम गर्नको लागि बोलाबट आयो। इङ्ल्यान्ड जानु भन्दा पहिले उनले आमामाको आग्रहमा बिबाह पनि गरे तर त्यो बिबाह ज्यादा दिन सम्म चलेन। उनी इङ्ल्यान्ड गए पछि उनको आमा परलोक भैइन। इङ्ल्यान्डमा उनले कानुनको पढाईको लागि अप्रैंटिस छोडि दिए। उन्नाईस वर्षको सानो उमेरमा उनी वकील बने। यसको साथ राजनीतिमा पनि उनको रुचि जागृत भयो। उनी दादाभाइ नौरोजी र फिरोजशाह मेहताको प्रशंसक बने। ब्रिटिस संसदमा दादाभाइ नौरोजीको प्रवेशको लागि उनले छात्रहरूको साथ प्रचार पनि गरे। त्यसबेला सम्म उनले भारतीयहरूको साथ भै रहेको भेदभावको बिरुद्द संवैधानिक नजरिया अप्नाएका थिए।

ब्रिटेन प्रवासको अन्तिम दिनहरूमा उनको पिताको व्यवसाय चौपट भयो र जिन्ना माथि परिवार संभाल्न दबाव पर्न थालो। उनी बम्बई आए र धेरै कम समयमा नामी वकील बने। उनको योग्यताले बाल गङ्गाधर तिलक लाई धेरै प्रभावित गर्‍यो र उनले १९०५ मा आफ्नो बिरुद्द लागेको राजद्रोहको मुद्दाको सुनवाईको लागि जिन्नालाई नै आफ्नो वकील बनाए। जिन्नाले अदालतमा यो तर्क दिए कि यदी भारतीय स्वशासन र स्वतन्त्रताको माँग गर्दछन भने यो राजद्रोह बिल्कुल होइन, यसको बावजूद तिलकलाई सश्रम कारावासको सजा दिईयो।

राजनीतिक जीवनको सुरुवात

[सम्पादन गर्नुहोस्]

१८९६ मा जिन्ना भारतीय राष्ट्रिय कांग्रेसमा शामिल भए। त्यस बेला सम्म कांग्रेस भारतीय राजनीतिकको सबभन्दा ठुलो सङ्गठन बनिसकेको थियो। सामान्य नरमपन्थीहरूको सरह जिन्नाले पनि त्यस समय भारतको स्वतन्त्रताको लागि केही माँग गरेनन, बरु उनी अङ्ग्रेजहरूसंग देशमा राम्रो शिक्षा, कानुन, उद्योग, रोजगार आदिको राम्रो अवसरको माँग गरिरहे। जिन्ना साठ सदस्यीय इम्पीरियल लेजिस्लेटिव काउंसिलको सदस्य बने। यस परिषदलाई कुनै अधिकार प्राप्त थिएन र यसमा यूरोपीय र ब्रिटिस सरकारको भक्त शामिल थिए। जिन्नाले बाल विवाह निरोधक कानुन, मुस्लिम वक्फलाई जायज बनाउने र साण्डर्स समितिको गठनको लागि काम गरे, जसको अन्तर्गत देहरादूनमा भारतीय मिलिट्री अकादमीको स्थापना भयो। जिन्नाले प्रथम विश्वयुद्धमा भारतीयहरू शामिल भएको कुराको समर्थन पनि गरेका थिए।

मुस्लिम लीगको स्थापना १९०६ मा भयो। शुरु-शुरूमा जिन्ना अखिल भारतीय मुस्लिम लीगमा शामिल हुनबाट जोगिदै रहे, तर पछि उनले अल्पसङ्ख्यक मुसलमानहरूलाई नेतृत्व दिने निर्णय गरे। १९१३ मा जिन्ना मुस्लिम लीगमा शामिल भए र १९१६ मा लखनऊ अधिवेशनको अध्यक्षता गरे। १९१६ मा लखनऊ समझौताको कर्ताधर्ता जिन्ना नै थिए। यो समझौता लीग र कांग्रेसको बीच भएको थियो। कांग्रेस र मुस्लिम लीगको यो साझा मंच स्वशासन र ब्रिटिस शोषकहरूको विरुद्ध सङ्घर्षको मंच बन्यो।

१९१८ मा जिन्नाले पारसी धर्मको केटीसंग दोश्रो बिबाह गरे। उनको यस अन्तर्धार्मिक विवाहको पारसी र कट्टरपन्थी मुस्लिम समाजमा व्यापक विरोध भयो। अन्तमा उनको पत्नी रत्तीबाईले इस्लाम स्विकार गरिन। १९९१९ मा उनले आफ्नो एक मात्र सन्तान डीनालाई जन्म दिए।

जिन्नाको चौध सूत्र

[सम्पादन गर्नुहोस्]

जिन्नाको कांग्रेससंग मतभेद त्यसै समय शुरु भएको थियो जब १९१८ मा भारतीय राजनीतिमा गान्धीजीको उदय भयो। गान्धीजीले राजनीतिमा अहिंसात्मक सविनय अवज्ञा र हिन्दु मूल्यहरूलाई बढावा दिए। गान्धीजीको अनुसार, सत्य, अहिंसा र सविनय अवज्ञाबाट स्वतन्त्रता र स्वशासन पाउन सकिन्छ, जबकि जिन्नाको मत उनीभन्दा अलग थियो। जिन्नाको मत थियो कि सिर्फ संवैधानिक सङ्घर्षबाट नै स्वतन्त्रता पाउन सकिन्छ। कांग्रेसको अरु नेताहरूबाट अलग, गान्धीजी विदेशी कपडा लगाउदैन थिए, अङ्ग्रेजीको ठाउमा धेरै भन्दा धेरै हिन्दीको प्रयोग गर्दथे र सनातन हिन्दु चिन्तनको नै प्रयोग राजनीतिमा गर्दथे। यही केही कारण थिए कि गान्धीजीको अपार लोकप्रियता मिल्यो। गान्धी जीले खिलाफत आंदोलनको समर्थन गरेका थिए जबकि जिन्नाले यसको खुलेर विरोध गरे। जिन्ना मान्दथे कि यसबाट धार्मिक कट्टरतालाई बढावा मिल्दछ।

१९२० मा जिन्नाले कांग्रेसबाट राजीनामा दिए। यसको साथै, उनले यो पनि चेतावनी दिए कि गान्धीजीको जनसङ्घर्षको सिद्धान्त हिन्दु र मुसलमानहरूको बीच विभाजनलाई बढाउने छ कम गर्दैन। उनले यो पनि भने यसबाट दुबै समुदायहरूको बिच पनि जबर्दश्त विभाजन पैदा हुनेछ। मुस्लिम लीगको अध्यक्ष बन्दै जिन्नाले कांग्रेस र ब्रिटिस समर्थकहरूको बीच विभाजन रेखा खींचि दिए।

१९२३ मा जिन्ना बम्बाइबाट सेण्ट्रल लेजिस्लेटिव असेम्बलीको सदस्य निर्वाचित भए। एक कानुन निर्माताको रूपमा उनले स्वराज पार्टीलाई मजबूती प्रदान गरे। १९२५ मा लर्ड रीडिगले उनलाई नाइटहुडको उपाधि दिए।

१९२७ मा साइमन कमीशनको विरोधको समय उनले संविधानको भावी स्वरूप माथि हिन्दु र मुस्लिम नेताहरूसंग कुराकानी गरे। लीगको नेतांले पृथक निर्वाचन क्षेत्रको माँग गरे, जबकि नेहरू रिपोर्टमा संयुक्त रूपबाट निवार्चनमा लडने कुरा भनियो। पछि दुबैमा समझौता भयो, जसलाई जिन्नाको चौध सूत्रको नामबाट जानिन्छ।, जबकी यसलाई कांग्रेस र अरु राजनीतिक पार्टिहरूले पछि खारिज गरी दिए।

राजनीतिक कार्यहरूमा अतिव्यस्तताको सिलसिलामा उनको निजी जीवन, विशेषकर उनको वैवाहिक जीवन प्रभावित भयो। जबकि उनले आफ्नो वैवाहिक जीवनलाई बचाउनको लागि यूरोपको यात्रा पनि गरे, तर १९२७ मा पति र पत्नी भिन्न भए। १९२९ मा उनको पत्नीको गम्भीर बीमारी पछि मृत्यु भयो, जसको पछि जिन्ना धेरै दुखी रहन लागे।

त्यस समयमा उनी ज्यादा यात्राहरू गर्ने हालतमा थिएनन, तर उनलाई भारतीय मुसलमानहरूको अधिकारलाई लिएर धेरै चिन्ताले सताई रहेको थियो। लन्दनमा गोलमेज सम्मेलन भंग भएको पनि उनलाई दुख थियो। उनी लन्दनमा रोकिए। यस समयमा उनी अल्लामा इकबालसंग मिलेर विभिन्न मुद्दाहरू माथि काम पनि गर्दै रहे। १९३४ मा उनी भारत फर्किए र मुस्लिम लीगको पुनर्गठन गरे।

पछिको दिनहरूमा, जिन्नालाई आफ्नी बहिनी फातिमा जिन्नाको सहयोग र सलाह प्राप्त भयो। फातिमाले नै जिन्नाको छोरीलाई पालन पोषण गरिन। जब जिन्नाको छोरीले पारसी व्यवसायी नेविल वाडियासंग विवाह गर्ने फैसला गरिन तब जिन्ना उनीसंग भिन्न भए। तर उनको निजी सम्बन्ध फेरी पनि बदस्तूर कायम रह्यो। डीना वाडिया आफ्नो परिवारको साथ भारतमा नै रहिन जबकि जिन्ना पाकिस्तान गए।

मुस्लिम लीगको नेतृत्व

[सम्पादन गर्नुहोस्]

मुस्लिम लीगको नेताहरू - आगा खान, चौधरी रहमत अली र मोहम्मद अल्लामा इकबालले जिन्नासंग पटक-पटक आग्रह गरे कि उनी भारत फर्की आउन र पुनर्गठित मुस्लिम लीगको कमान सम्हालुन। १९३४ मा जिन्ना भारत फर्की आए र लीगको पुनर्गठन गरे। उस समयमा लियाकत अली खान उनको दाहिने हाथको सरह काम गर्दथे। १९३७ मा भएको सेंट्रल लेजिस्लेटिव असेम्बलीको निर्वाचनमा मुस्लिम लीगले कांग्रेसलाई कडा टक्कर दियो र मुस्लिम क्षेत्रको धेरै जसो सीटहरूमा कब्जा गर्‍यो। जबकी यस निर्वाचनमा मुस्लिम बहुल पन्जाब, सिन्ध र पश्चिमोत्तर सीमान्त प्रान्तमा उनलाई करारी हारको सामना गर्नु पर्‍यो।

जिन्नाले कांग्रेसलाई गठबन्धनको लागि आमन्त्रित गरे। पहिला त दुबैले निर्णय गरे कि उनी अङ्ग्रेजसंग मिलेर मुकाबला गर्ने छौ, तर जिन्नाले शर्त राखे कि कांग्रेसले मुसलमानहरूको लागि पृथक निर्वाचन क्षेत्र र मुस्लिम लीगलाई भारतको मुसलमानहरूको प्रतिनिधि मान्नु पर्दछ, जसलाई कांग्रेसले अस्वीकार गरी दिए। कांग्रेसमा त्यस समय केही मुस्लिम नेता थिए, यसकारण लीगलाई भारतीय मुसलमानहरूको प्रतिनिधि मान्नु उनीहरूको लागि सजिलो थिएन। जिन्नाले केही कांग्रेस नेताहरूसंग कुराकानी पनि गरे र कांग्रेसले लीगलाई कांग्रेसमा विलय गर्ने प्रस्ताव पनि पेश गरे तर वार्ता फेरी पनि विफल भयो।

जिन्ना पूरे हिन्दुस्तानमा घूम घूम कर भाषण दिईरहेका थिए। १९३० मा मुस्लिम लीगको एक भाषणमा मोहम्मद इकबालले उत्तर पश्चिम भारतीय राज्य आर जूर दिएका थिए की पाकिस्तान देशको। रहमत अलीले १९३३ मा पर्चा छापेर त्यस अलग देशको नाम पाकिस्तान राखी दिए। कांग्रेसको साथ वार्ता विफल भए पछि जिन्नालाई पनि यो विचार आयो कि मुसलमानहरूको आफ्नो अधिकारको रक्षाको लागि एक अलग देश प्राप्त नै हुनु पर्‍यो बिना यसको काम बन्दैन। पछि गएर जिन्नालाई यो विचार बिल्कुल पक्का भयो कि हिन्दु र मुसलमान दुबै अलग-अलग देशको नागरिक हुन अत: उनलाई अलहदा कर दिया जाये। उनको यही विचार पछि गएर जिन्नाको द्विराष्ट्रवादको सिद्धान्त भनिने छ।

जिन्नाले भने कि भारतमा मुसलमानहरूको साथ अन्याय हुनेछ र अन्तमा गृहयुद्ध फैलिनेछ। यो कुरा जिन्नाले इकबालको साथ पत्राचारमा पनि उठाए। १९४० को लाहोर अधिवेशनमा एक प्रस्ताव पारित गरेर यो भनियो कि मुस्लिम लीगको मुख्य उद्देश्य पाकिस्तानको निर्माण हो। कांग्रेसले यस प्रस्तावलाईइ अस्वीकार गरी दियो। मौलाना अब्बुल कलाम आजाद जस्ता नेताहरू र जमाते-इस्लामी जस्ता सङ्गठनहरूले यसको कडा निन्दा गरे। २६ जुलाई, १९४३ को खाकसार उग्रवादिहरूको हमलामा जिन्ना घायल भए। जिन्नाले १९४१ मा डन समाचार पत्रको स्थापना गरे, जस द्वारा उनले आफ्नो विचारको प्रचार-प्रसार गरे। जिन्नाले द्वितीय विश्व युद्धको समयमा ब्रिटेनको मदद गरेका थिए र १९४७ मा उनले भारत छोडो आन्दोलनको विरोध गरेका थिए। यूनियनिस्ट नेता सिकन्दर हयात खानको मृत्यु पछि पन्जाबमा पनि मुस्लिम लीगको वर्चस्व बढयो। १९४४ मा गान्धीजीले बम्बईमा जिन्नासंग चौध पटक कुराकानी गरे, तर हल केही पनि निस्किएन।

  1. http://en.wikipedia.org/wiki/Earl_Mountbatten_of_Burma
  2. Interview with Vali Nasr
  3. http://www.indianexpress.com/news/muslim-law-doesnt-apply-to-jinnah-says-daughter/372877/
  4. Vali Nasr The Shia Revival: How Conflicts Within Islam Will Shape the Future (W. W. Norton, 2006), pp. 88-90 ISBN 0-3933-2968-2