सामग्रीमा जानुहोस्

म्याथ्यु बोमर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
म्याथ्यु बोमर
बोमर जुन २०११मा "व्हाईट कलर"को शुटिन्गमा
जन्मम्याथ्यु स्टेटन बोमर
अक्टोबर ११, १९७७
स्प्रिन्ग, टेक्सस, युएस्
मातृ शिक्षाप्रतिष्ठानकार्नेगि मेलन विश्वविद्यालय
पेशाअभिनेता
कार्यकाल२०११हाल
समकक्षीसाईमन हल्स
सन्तान

म्याथ्यु स्टेटन "म्याट"[] बोमर (जन्म: ११ अक्टोबर, १९७७) एक अमेरिकी चलचित्र, मन्च र टेलिभिजन अभिनेता हुन जो सबैभन्दा राम्ररी युएस्ए नेटवर्क टेलिभिजन शृङ्खला व्हाइट कलरको स्टारको रूपमा जानिन्छन।

२०११मा उनले गाईडिंग लाईटबाट आफ्नो टिभि करियर सुरुवात गरे र पछि एनबिसि टेलिभिजन शृङ्खला चकमा ब्राईस लार्किनको भूमिकाको लागि प्रसिद्धि कमाए। बोमर विभिन्न चलचित्रमा खेलेका छन जस्तै २००५को फ्लाईटप्लान र २०११को ईन टाईम

बोमरले ब्रडवेको विलशायर ईबेल थिएटरमा डस्टिन लान्स ब्ल्याकको नाटक '८'मा जेफ जरिल्लोको भुमिकामा पनि अभिनय गरेका छन।

प्रारम्भिक जीवन

[सम्पादन गर्नुहोस्]

म्याट बोमर स्प्रिन्ग, टेक्सस, ह्युस्टनको एक उपनगरमा सिस्सि र जन बोमरको छोराको रूपमा जन्मिएका थिए।[][] उनले आफ्नो अभिनेता मित्र लि पेससँग क्लेन हाई स्कूल (ह्युस्टन बाहिर स्थित)मा पढेका थिए।[] यस बाहेक उनीहरू दुबैले ह्युस्टन एलि थिएटर, एक गैर-लाभ थिएटर कम्पनीमा काम गरेका थिए।[]

२०११मा बोमरले पिट्सबर्ग, पेन्सिल्भेनियामा अवस्थित कार्नेगी मेलन विश्वविद्यालयबाट ललित कलामा स्नातकको उपाधि प्राप्त गरे।[]

२०००मा कार्नेगि मेलन विश्वविद्यालयको नाटक स्कुलबाट स्नातक गरे पछि उनी न्यु योर्क शहर, न्यु योर्कमा बस्न थाले र मन्चमा काम गर्न थाले। त्यसपछि उनले अल माई चिल्ड्रेन[] नामक एबिसि टेलिभिजन नेटवर्कको धारावाहिक शृङ्खलामा ईयन किप्लिन्गको सानो भुमिका पाए। २००१ देखि २००३ सम्म उनले सिबिएस् टेलीभिजन नेटवर्कको धारावाहिक शृङ्खला, गाईडिन्ग लाईटमा बेन रिडको भुमिका निभाए।[]

उनले फक्सको वैज्ञानिक तथा काल्पनिक टेलिभिजन शृङ्खला, ट्रु कलिन्गमा (२००३२००४) ट्रु (एलाईजा डुश्कु)को प्रेमि लुकको भुमिकामा पनि अभिनय गरेका थिए।

बोमर नर्थ शोर (२००४-२००५), एक प्राईम टाईम टिभि धारावाहिक शृङ्खला र चलचित्र फ्लाईटप्लानमा (२००५), जोडि फस्टरसँग देखिएका थिए।

स्ल्याशर चलचित्र द टेक्सस चेन श म्यास्याकर: द बिगिनिन्ग (२००६) मा, बोमर एक अनुभवि भियतनाम युद्ध जेनेरलको भुमिकामा देखिए। उनी २००७को ट्राभलरमा पनि खेले जुन एक सानो टिभी शृङ्खला थियो र ३० मे २००७मा एबीसीमा प्रिमियर भएको थियो। उनले एनबिसि टेलिभिजन नेटवर्कमा कमेडी शृङ्खला चक (२००७-२००९)मा ब्राइस लार्किनको रिकर्रिन्ग भूमिका पनि खेलेका थिए।

२३ अक्टोबर २००९मा बोमर व्हाइट कलर नामक शृङ्खलामा देखिन थाले जसमा उनी निल क्याफ्रि जो एक चोर हुन्छ र जसले एफबिआई एजेन्ट पिटर बर्क (टिम डिके) सँग साझेदारी गर्दछ।[]

बड्डि टिभिले उनलाई "२०११को टिभिको सेक्सियस्ट म्यान"को आफ्नो सूचीमा #१ स्थानमा राखेको थियो।[]

बोमरले सेप्टेम्बर २०११मा ब्रडवेको विलशायर ईबेल थिएटरमा डस्टिन लान्स ब्ल्याकको नाटक '८'मा जेफ जरिल्लोको भुमिकामा पनि अभिनय गरेका छन।[] मार्च २०१२मा उनी विलशायर ईबेल थिएटरको उत्पादनमा जेफ जरिल्लोको भुमिकामा पनि देखिएका थिए।[१०][११]

अक्टोबर २०११मा बोमर वैज्ञानिक-थ्रिलर चलचित्र ईन टाईममा देखा परे जसमा उनले एक १०५ वर्षिय हेन्‍री ह्यामिल्टनको भुमिका निभाएका थिए जसले जस्टिन टिम्बरलेकलाई आत्महत्या गर्नुभन्दा पहिले आफ्नो "समय" दिन्छ।

बोमर प्रचारक साईमन हल्ससँग प्रेम सम्बन्धमा छन। उनीहरूको सरोगेसिबाट तीन छोरा छन जसमा जुड्वा पनि छन।[१२][१३] बोमरले फेब्रुवरि २०१२को स्टिभ चेज मानवतावादी पुरस्कारको लागि आफ्नो भाषणमा आफू एक समलैंगिक भएको बताएका थिए जसमा उनले हल्स र आफ्नो बच्चाहरूलाई धन्यवाद दिए।[१३]

बोमरको आफ्नो उच्च विद्यालयका सहपाठि लि पेसलिन कोलिन्ससँग राम्रो मित्रता रहेको छ।[१४]

अभिनयको सूचि

[सम्पादन गर्नुहोस्]
वर्ष शीर्षक भुमिका च्यानल टिप्पणी
२००१२००३गाईडिन्ग लाईटबेन रिडसिबिएसमुख्य कलाकार
२००३२००४ट्रु कलिन्गलुक जन्स्टनफक्सप्रथम सत्र
२००४नर्थ शोररसफक्सप्रथम सत्र, भाग १२ "बेलपोर्ट"
२००६एमि कोईन[१५]केसफक्सप्रथम भाग
२००७ट्राभलरजे बुर्चेलएबिसिमुख्य कलाकार
२००७२००९चकब्राईस लार्किनएनबिसिरिकरिन्ग भुमिका (७ भाग)
२००९हाल व्हाईट कलरनिल क्याफ्रियुएस्ए नेटवर्कमुख्य भुमिका
२०१२ग्लीकुपर एन्डरसनफक्सअतिथि भुमिका ("बिग ब्रदर")
वर्ष चलचित्र भूमिका
२००५फ्लाईटप्लानएरिक
२००६द टेक्सस चेन् श म्यास्याकर: द बिगिनिन्गएरिक
२०११ईन टाईमहेन्‍री
२०१२म्याजिक माईक (निर्माणको क्रममा)केन

सन्दर्भ सूचि

[सम्पादन गर्नुहोस्]
  1. "Matt Bomer on Jimmy Kimmel Live", Jimmy Kimmel Live!, जनवरी ३१, २०११, अन्तिम पहुँच फेब्रुअरी २, २०११
  2. 1 2 Dansby, Andrew (अक्टोबर १०, २००९), "Spring Native Matt Bomer Lands Lead Role on USA", Houston Chronicle, अन्तिम पहुँच फेब्रुअरी २, २०११ अभिलेखिकरण अक्टोबर २६, २००९ वेब्याक मेसिन
  3. 1 2 http://www.fancast.com/people/Matthew-Bomer/294574/biography/about अभिलेखिकरण २०१०-०८-१९ वेब्याक मेसिन
  4. Staff writer (Undated). "The Best of Primetime". Carnegie Mellon University. Retrieved October 23, 2009.
  5. इन्टरनेट चलचित्र डेटाबेसमा Bomer/ म्याथ्यु बोमर Script error: No such module "Preview warning".
  6. Katz, David (अक्टोबर २०, २००१), "Matt Bomer's Big Break: Movies + TV", Details, अन्तिम पहुँच जनवरी १६, २०१०
  7. Eng, Joyce (October 22, 2008). "Chuck's Matthew Bomer Spies New Series". TV Guide. Retrieved October 23, 2009.
  8. "TV's 100 Sexiest Men of 2011", BuddyTV, अन्तिम पहुँच जनवरी १३, २०१२
  9. "Matt Bomer Joins Black's Prop. 8 Play", The Advocate, अन्तिम पहुँच १५ मार्च २०१२
  10. ""8": A Play about the Fight for Marriage Equality", YouTube, अन्तिम पहुँच १७ मार्च २०१२
  11. "YouTube to broadcast Proposition 8 play live", pinknews.co.uk, अन्तिम पहुँच १५ मार्च २०१२
  12. Christine Lennon (फेब्रुअरी २००८), "Daddy's Little Helpers", W, अन्तिम पहुँच मार्च १५, २०१२ अभिलेखिकरण फेब्रुअरी १६, २०१२ वेब्याक मेसिन
  13. 1 2 Jeremy Kinser (फेब्रुअरी १३, २०१२), "Matt Bomer Acknowledges Partner, Family", Advocate.com, अन्तिम पहुँच फेब्रुअरी १४, २०१२
  14. Dansby, Andrew (नोभेम्बर १, २००९), "'White Collar' Star Hopes the Numbers Are Right", Houston Chronicle, अन्तिम पहुँच नोभेम्बर १, २००९
  15. Staff writer (नोभेम्बर ५, २००५), "Development Update: May 10-11", The Futon Critic, अन्तिम पहुँच जुन ८, २०११

बाह्य लिन्क्सहरू

[सम्पादन गर्नुहोस्]