यज्ञराज उपाध्याय

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
यज्ञराज उपाध्याय बि. सं. २०७४ को गौरा पर्वमा टुडिखेल, काठमाडौंमा ।

यज्ञराज उपाध्यायको जन्म सुदूरपश्चिम नेपालको अछाम जिल्ला को साँफेबगर नगरपालिका वाड नं. २, गोयलपानीमा बि. सं. २०२३ साल असार १८ गतेमा भएको हो ।[१] नेपाली गीत संगित तथा भाषा, साहित्यका सौखिन उपाध्याय सुदूरपश्चिममा लोकप्रिय छन् ।


बाल्यकाल[सम्पादन गर्नुहोस्]

सांगीतिक तथा सांस्कृतिक यात्रा[सम्पादन गर्नुहोस्]

वि. सं. २०३४ साल देखि जील्ला स्तरीय कार्यक्रममा सहभागी हुँदै लोक गायन, गीत, कविताको यात्रा शुरू गरेका थिए।

देउडा गायन क्षेत्र प्रारम्भ[सम्पादन गर्नुहोस्]

उपाध्यायको लोकप्रिय राइझुमा बोलको गीतको पहिलो गीतिसङ्ग्रह बि. सं. २०५० सालमा रेकर्ड गराएका थिए । त्यसको भाग २ बि. सं. २०६२ सालमा निकालेका थिए । दोस्रो भागमा राइझुमा को युगल गायनमा उनलाई गायिका कोमल ओलीले साथ दिएकी थिइन्। केहि गीतमा प्रयोग भएका अन्तराहरु

  • ‘झल्का लगाई चोली मात्रै आँशुले रुझाउन्या कोही छैन जीवनको साथी हृदय बुझाउन्या….’
  • ‘तराईका चारकोसे झाडी न्याउली बासला कि दुःखीको विरही दिल कैल्यै हाँसला कि ….’
  • ‘फूलफूली पर्इरनुभर्इन माथि हिमालैमा हात नपुछी दाग बसिग राता रुमालैमा… ’

देउडा गीति एल्बमहरु[सम्पादन गर्नुहोस्]

  • यज्ञराज उपाध्यायको गाईजात्रा प्यारोडी - वि. सं. २०४४
  • यज्ञराज उपाध्यायको गाईजात्रा प्यारोडी - वि. सं. २०४५
  • साथीभाई - वि. सं. २०५०
  • राईझुमा(भाग १)- वि. सं. २०५१
  • नासो - वि. सं. २०५२
  • सुनघाभा वि. सं. २०५३
  • चुँदरी - वि. सं. २०५४
  • रानीवन - वि. सं. २०५५
  • विहानीको पाना - वि. सं. २०५५
  • आकासकी तारा - वि. सं. २०५६
  • बाज मेरी - वि. सं. २०५९
  • राइझुमा(भाग २)- वि. सं. २०६१

कृतिहरू[सम्पादन गर्नुहोस्]

  • काली-कर्णालीको लोकसाहित्य तथा संस्कृति - बि. सं. २०८०[२]


पुरुस्कार तथा सम्मान[सम्पादन गर्नुहोस्]

  • राष्ट्रिय प्रतिभा पुरस्कार - बि. सं. २०५२
  • परिमय स्नेही राष्ट्रिय डेउडा प्रतिभा पुरस्कार - बि. सं. २०७४
  • प्रवल जनसेवाश्री - बि. सं. २०७९[३]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]


बाहिरी कडि[सम्पादन गर्नुहोस्]