यमबुद्ध
यमबुद्ध | |
---|---|
जन्म | अनल अधिकारी २०४४ जेठ १६ सलाकपुर, मोरङ, नेपाल |
मृत्यु | २०७३ माघ २ लन्डन, संयुक्त अधिराज्य |
मृत्युको कारण | झुण्डिएर आत्महत्या |
अन्य नाम |
|
पेशा |
|
कार्यकाल | वि.सं २०५८–२०७३ |
जीवनसाथी | अस्मिता सेढाई |
साङ्गीतिक जीवन | |
उत्पत्ति | घट्टेकुलो, काठमाडौँ, नेपाल |
विधा |
अनिल अधिकारी; (२०४४ जेठ १६ - २०७३ माघ २) एक नेपाली र्यापर थिए। उनलाई नेपाली हिपहपका सबैभन्दा प्रभावशाली र्यापरहरू मध्ये एक मानिन्छ र प्रायः "नेपहपको राजा" भनेर चिनिन्छ।[१][२][३] उनका गीतहरू साथी, आमा, आउँदैछु छु मा, यो प्रसङ्ग, अन्त्यको सुरुवत आदि लोकप्रिय छन्।[४] उनी लोकप्रिय र्याप ब्याटल कार्यक्रम र बार्जका निर्माता र प्रस्तोता थिए।[५][६]
प्रारम्भिक जीवन
[सम्पादन गर्नुहोस्]यम बुद्धको जन्म २०४४ जेठ १६ गते मोरङको सलकपुरमा राजनीतिज्ञ अम्बिकाप्रसाद अधिकारी र उर्मिला अधिकारीको कोखबाट अनिल अधिकारीको रूपमा भएको थियो।[७] उनी केही वर्ष मोरङको सलाकपुरमा बसेका थिए र आफ्ना आमाबाबुसँगै काठमाडौं बसाइँ सरेका थिए। करिब २ वर्ष सलाकपुरमा हजुरबुवा हजुरआमासँग बस्न गएका उनले इटहरीको पाथीभरा बोर्डिङ स्कुलमा कक्षा ४ र ५ को अध्ययन गरेका थिएका थिए। उनी एक्सेलसियर स्कुल स्वयम्भूमा कक्षा ६ मा पढ्न काठमाडौँ फर्केका थिए। उनले द एक्सेलसियर स्कुलबाट प्रवेशिका र एड मार्क एकेडेमीबाट उच्च शिक्षा (१०+२) हासिल गरेका थिए।
व्यक्तिगत जीवन
[सम्पादन गर्नुहोस्]यमबुद्ध सन् २००९ मा बेलायत गएका थिए।[८] सन् २०१३ मा उनले प्रेमिका अस्मिता सेढाईसँग विवाह गरे र उनीसँगै लन्डन फर्केका थिए। २०७३ माघ २ गते उनी बाथरुममा मृत भेटिएका थिए।[९]
एल्बमहरू
[सम्पादन गर्नुहोस्]यम बुद्धका चर्चित र मुख्य एल्बमहरू निम्न अनुसार रहेका छन्।
- सरकारलाई च्यालेन्ज हो
- मेरो जुत्तामा
- साथी
- आउँदैछु म
- फुटपाथ मेरो घर
- यो प्रसङ्ग
- दिदी
- अन्त्यको सुरुवात
- नाचन
- आमा
- मलामी
- खतरा(आफ्नो निधन भन्दा तीन दिनअघि आफ्नो ट्वीटरमा नयाँ एल्बम ‘खतरा’ लिएर प्रस्तुत हुने जानकारी दिएका थिए।)
मृत्यु
[सम्पादन गर्नुहोस्]उनको मृत्यु २०७३ माघ २ मा बेलायतको राजधानी लन्डन भएको थियो।[१०]
२०७३ माघ १ गते आफ्नो काम सकाएर मध्यरातमा सुत्न ओछ्यानमा गएका यम भोलिपल्ट मृत भेटिएका थिए। बिहान ६ बजे बाथरुमको ढोका बन्द भएको पाएपछि परिवारका सदस्यले साँचो खोलेर हेर्दा उनी बाथरुमको झ्यालको फलामे डण्डीमा पेटीले बाँधेर झुण्डिएको अवस्थामा भेटिएका थिए।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Nasana (२०१७-०१-१६), "Remembering Nepali rapper Yama Buddha", द हिमालयन टाइम्स (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-०४-१९।
- ↑ "Three songs that immortalise rapper Yama Budhha", अनलाइन खबर (अङ्ग्रेजीमा), २०१७-०१-१५, अन्तिम पहुँच २०२२-०४-१९।
- ↑ "LETTERS: Don’t end your precious life", द हिमालयन टाइम्स (अङ्ग्रेजीमा), २०१७-०१-१९, अन्तिम पहुँच २०२२-०४-१९।
- ↑ "RIP: Buddha is no more, leaves behind riches of inspiration in his songs", The Voice of Sikkim, अन्तिम पहुँच २४ जनवरी २०१७।
- ↑ "Nepal’s road to rap", The Kathmandu Post, अन्तिम पहुँच २४ जनवरी २०१७।
- ↑ "Nepal: Battle of the female rappers", BBC News, २० नोभेम्बर २०१३, अन्तिम पहुँच २२ मे २०१९।
- ↑ "Remembering Nepali rapper Yama Buddha", द हिमालयन टाइम्स (अङ्ग्रेजीमा), २०१७-०१-१६, अन्तिम पहुँच २०२२-०२-०२।
- ↑ The Good Old Days With Yama Buddha | Manas Ghale (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-०६-१९।
- ↑ "Two Celebrities of Nephop - Yama Buddha and Laure", Ekantipur.com (नेपालीमा), अन्तिम पहुँच २४ जनवरी २०१४।
- ↑ http://www.nagariknews.com/news/12580 चर्चित गायक यमबुद्धको निधन