यशूको क्रूसारोपण
म्याड्रिडको मुसियो देल प्रादोमा डिएगो बेलासकेसद्वारा चित्रित सत्रौँ शताब्दीको चित्रकला "सुलीमा चढाइएका इसा मसिह"। | |
| मिति | इस्वी संवत् ३०/३३ |
|---|---|
| स्थान | जेरुसेलम, यहुदिया प्रदेश, रोमन साम्राज्य |
| कारण | पिलातको अदालत अगाडि निन्दा |
| सहभागी | रोमन सेना |
| परिणाम |
|
यशूको क्रुसारोपण सम्भवतः इस्वी संवत् ३० वा इस्वी संवत् ३३ मा रोमन प्रदेश यहुदियामा नासरतका यशूलाई क्रूसमा टाँगेर मृत्युदण्ड दिइएको घटना थियो। यशूको क्रुसारोपण वा यशूलाई सुलीमा चढाइएको घटनाको विवरण इसाई धर्मशास्त्र बाइबलको नयाँ नियमको पहिलो चार पुस्तकहरूमा पाइन्छ जसलाई सुसमाचार पनि भनिन्छ। इसा मसिहको क्रूसारोपण कयौँ पुरातन स्रोतहरू अनुसार स्थापित घटना हो भने यसलाई अन्य धर्महरूको विभिन्न स्रोतहरूद्वारा मान्यता प्राप्त छ। तथापि, इस्लामका अनुसार यशूलाई न त मारिएको थियो न उनलाई उनलाई सुलीमा चढाइएको थियो। इस्लामी सामान्यतया यशूलाई क्रूसमा नटाँगिएको र यसको सट्टा उनलाई सिधै परमेश्वरकहाँ उठाइएको थियो भन्ने बताउँछ। यसको विपरीत, अहमदिया इस्लाम विश्वास अनुसार,यशू क्रूसको सजायबाट जीवितै बचेर अन्यत्र आफ्नो काम जारी राखेको बताउँछ। [१] यस घटनालाई नयाँ नियमका पत्रहरूमा उल्लेख गरिएका चार सुसमाचारहरूमा वर्णन गरिएको छ जुन अन्य पुरातन स्रोतहरूद्वारा प्रमाणित छन् भने यो व्यापक रूपमा उनको जीवनकालमा भएको घटनाहरू मध्ये एकको रूपमा स्वीकार गरिएको छ। तर यस घटना सम्बन्धि विवरणहरूमा इतिहासकारहरू बीच कुनै स्पष्ट सहमति छैन।[२][३][४]
यशूको लुगा खोलन्छ र उलाई पिउनको लागि खोटो जस्ता पदार्थ मिसाइएको सिरका (सम्भवतः पोस्का) पिउन लगाइन्छ।[५] कल्भेरीमा, उनलाई दुई दोषी चोरहरूको बीचमा झुण्डाइन्छ र मर्कुसको सुसमाचार अनुसार, तेस्रो प्रहर (बिहान ९ बजे) मा क्रूसमा टाँगिन्छ। यस दिनको नवौँ प्रहर (दिउँसो करिब ३:०० बजे) सम्ममा उनको मृत्यु भएको थियो। यस समयमा, सिपाहीहरूले क्रूसको माथि "नासरतका यशु, यहुदीहरूका राजा" लेखिएको एउटा चिन्ह टाँसेका हुन्छन् जुन युहन्नाको सुसमाचार अनुसार तीनवटा भाषाहरू (हिब्रु, ल्याटिन र युनानी) मा लेखिएको थियो। युहन्नाको सुसमाचार अनुसार, तिनीहरूले उनका वस्त्रहरू आपसमा बाँड्छन् र उनको सिलाई नभएको सुरुवालका लागि चिट्ठा हाल्छन्। युहन्नाले उल्लेख गरेअनुसार, यशूको मृत्यु पछि, एक सिपाही (बाइबल बाहिरको परम्परामा लोन्गिनस भनिने) ले उनको मृत्यु भएको कुरा निश्चित गर्न उनको कोखामा भाला रोप्छन् र उक्त भालाद्वारा बनेका घाउहरूबाट रगत र पानी बगेको थियो। बाइबलले, यशू क्रूसमा टाँगिँदा उनले भनेका सातवटा भनाइहरू र त्यस समयमा घटेका केही अलौकिक घटनाहरूको वर्णन गर्दछ।
सामूहिक रूपमा कष्टभोग भनिने, युशूको पीडा र क्रूसको मृत्युद्वारा गरिएको मुक्ति कार्य, इसाई धर्मशास्त्रमा मुक्ति र प्रायश्चितका सिद्धान्तहरूका मुख्य पक्षहरू हुन्।[६]
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ Funk, Robert W.; Jesus Seminar (१९९८), The acts of Jesus: the search for the authentic deeds of Jesus, San Francisco: Harper, आइएसबिएन 978-0060629786।
- ↑ Christopher M. Tuckett in The Cambridge companion to Jesus edited by Markus N. A. Bockmuehl 2001 Cambridge Univ Press आइएसबिएन ९७८-०-५२१-७९६७८-१ pp. 123–124
- ↑ Funk, Robert W.; Jesus Seminar (१९९८), The acts of Jesus: the search for the authentic deeds of Jesus, San Francisco: Harper, आइएसबिएन 978-0060629786।
- ↑ Blomberg (2009), p. 211–214.
- ↑ Davis, C. Truman (नोभेम्बर ४, २०१५), "A Physician's View of the Crucifixion of Jesus Christ", The Christian Broadcasting Network, मूलबाट अप्रिल ७, २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच सेप्टेम्बर १, २०२०।
- ↑ Haight, Roger. "Jesus and Salvation: An Essay in Interpretation." Theological Studies, vol. 55, no. 2, 1994, pp. 227–250. अभिलेखिकरण फेब्रुअरी १७, २०२४ वेब्याक मेसिन