यशूको क्रूसारोपण

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
यशूको क्रुसारोपण
को भाग
म्याड्रिडको मुसियो देल प्रादोमा डिएगो बेलासकेसद्वारा चित्रित सत्रौँ शताब्दीको चित्रकला "सुलीमा चढाइएका इसा मसिह"।
मितिइस्वी संवत् ३०/३३
स्थानजेरुसेलम, यहुदिया प्रदेश, रोमन साम्राज्य
कारणपिलातको अदालत अगाडि निन्दा
सहभागीरोमन सेना
परिणाम
  • यशू ख्रिष्टका १२ प्रमुख चेलाहरूको र अघुवा इसाईहरूको उत्पीडन

यशूको क्रुसारोपण सम्भवतः इस्वी संवत् ३० वा इस्वी संवत् ३३ मा रोमन प्रदेश यहुदियामा नासरतका यशूलाई क्रूसमा टाँगेर मृत्युदण्ड दिइएको घटना थियो। यशूको क्रुसारोपण वा यशूलाई सुलीमा चढाइएको घटनाको विवरण इसाई धर्मशास्त्र बाइबलको नयाँ नियमको पहिलो चार पुस्तकहरूमा पाइन्छ जसलाई सुसमाचार पनि भनिन्छ। इसा मसिहको क्रुसारोपण कयौँ पुरातन स्रोतहरू अनुसार स्थापित घटना हो भने यसलाई अन्य धर्महरूको विभिन्न स्रोतहरूद्वारा मान्यता प्राप्त छ। तथापि, इस्लामका अनुसार यशूलाई न त मारिएको थियो न उनलाई उनलाई सुलीमा चढाइएको थियो।[१] यस घटनालाई नयाँ नियमका पत्रहरूमा उल्लेख गरिएका चार सुसमाचारहरूमा वर्णन गरिएको छ जुन अन्य पुरातन स्रोतहरूद्वारा प्रमाणित छन् भने यो व्यापक रूपमा उनको जीवनकालमा भएको घटनाहरू मध्ये एकको रूपमा स्वीकार गरिएको छ। तर यस घटना सम्बन्धि विवरणहरूमा इतिहासकारहरू बीच कुनै स्पष्ट सहमति छैन।[२][३][४]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. Funk, Robert W.; Jesus Seminar (१९९८), The acts of Jesus: the search for the authentic deeds of Jesus, San Francisco: Harper, आइएसबिएन 978-0060629786 
  2. Christopher M. Tuckett in The Cambridge companion to Jesus edited by Markus N. A. Bockmuehl 2001 Cambridge Univ Press आइएसबिएन ९७८-०-५२१-७९६७८-१ pp. 123–124
  3. Funk, Robert W.; Jesus Seminar (१९९८), The acts of Jesus: the search for the authentic deeds of Jesus, San Francisco: Harper, आइएसबिएन 978-0060629786 
  4. Blomberg (2009), p. 211–214.