सामग्रीमा जानुहोस्

यशोदा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(यसोदाबाट अनुप्रेषित)
यशोदा
यशोदा गाई दुहुँदै, बालक कृष्ण उनलाई अङ्गालो मार्दै, राजा रवि वर्माको चित्रकला
वासस्थानवृन्दावन
धर्मग्रन्थहरूभागवत पुराण, हरिवंश, महाभारत, विष्णु पुराण, ब्रह्मवैवर्त पुराण
वंशावली
अभिभावकहरू
  • सुमुख/गिरिभानु (पिता)
  • पद्मावती/पातालदेवी[] (माता)
भाइबहिनीहरूभद्रा, मदिरा, यशोधरा, यशोदेव, सुदेव, कुम्भक
जीवनसाथीनन्दगोप
सन्तानहरूकृष्ण (पालक पुत्र)
बलराम (पालक पुत्र)
योगमाया (छोरी)
वंशयदुवंश

यशोदा कृष्णकी पालनपोषण गर्ने माता र नन्दगोपकी पत्नी हुन्। हिन्दु धर्मका पौराणिक ग्रन्थहरूमा उनलाई गोकुलका मुखिया नन्द बाबाकी पत्नी र रोहिणीकी बहिनीका रूपमा वर्णन गरिएको छ। भागवत पुराणका अनुसार, कृष्णको जन्म देवकीको कोखबाट भएको थियो, तर कृष्णका पिता वसुदेवले नवजात कृष्णलाई उनका दाजु नन्द र उनकी पत्नी यशोदाकहाँ गोकुल पुर्‍याएका थिए। कृष्णको उचित पालनपोषणका साथै देवकीका दाजु तथा मथुराका अत्याचारी राजा कंसबाट रक्षा गर्नका लागि यसो गरिएको थियो।

व्युत्पत्ति

[सम्पादन गर्नुहोस्]

यशोदा नामको अर्थ 'जसले यश वा कीर्ति प्रदान गर्छिन् भन्ने हुन्छ।[][]

कालीघाट चित्रकलाबाट प्रेरित यशोदा र कृष्णको चित्र।

पौराणिक कथाहरू

[सम्पादन गर्नुहोस्]
बालकृष्णलाई स्नान गराउँदै यशोदा—भागवत पुराण पाण्डुलिपिको चित्रण, करिब १५०० ईस्वी
बालक कृष्णका साथमा पालक माता यशोदा। चोल काल, १२औँ शताब्दीको सुरुतिर, तमिलनाडु, भारत।

भागवत पुराणका अनुसार, यशोदा वसु द्रोणकी पत्नीको अवतार थिइन्। नन्दसँगको विवाह बाहेक यशोदाको प्रारम्भिक जीवनका बारेमा खासै जानकारी उपलब्ध छैन। मथुराका शासक कंसले कृष्ण नजन्मिँदै उनलाई मार्ने निर्णय गरेका थिए। कृष्णलाई कंसबाट बचाउनका लागि, कृष्ण र योगमाया क्रमशः देवकी र यशोदाको कोखबाट एकै समयमा जन्मिएका थिए र वसुदेव आनकदुन्दुभीले उनीहरूलाई एकआपसमा साटेका थिए। कृष्ण बाँच्न सफल भएका थिए र यशोदाको पालक पुत्रको रूपमा हुर्किएका थिए।[]

यशोदाको घरमा हुर्कने क्रममा भएका विभिन्न बाल्यकालका प्रसङ्ग वा लीलाहरू हिन्दु ग्रन्थहरूमा प्रशस्त पाइन्छन्।[] भागवत पुराण मा यशोदाको यसरी प्रशंसा गरिएको छ:

न त भगवान् ब्रह्माले, न भगवान् शिवले, न त भाग्यकी देवी (देवी महालक्ष्मी), जो सधैँ परमेश्वरको अर्धाङ्गिनी हुनुहुन्छ, उहाँहरूले पनि परमेश्वरबाट यस्तो कृपा प्राप्त गर्न सक्नुहुन्छ जस्तो माता यशोदाले प्राप्त गर्नुभयो।

भागवत पुराण, १०औँ स्कन्ध, ९औँ अध्याय, २०औँ श्लोक

कृष्णको मुखमा ब्रह्माण्डको दर्शन

[सम्पादन गर्नुहोस्]

भागवत पुराणले निम्न प्रसङ्गको वर्णन गरेको छ:[]

अर्को दिन, श्रीकृष्ण श्रीदामा, सुबल, बलराम र अन्य गोठाला साथीहरूसँग ब्रह्माण्ड घाटमा खेलिरहेका थिए। बालक कृष्णले लुकेर केही माटो खान्छन्, तर गोठालाहरूले त्यो देख्छन् र माता यशोदालाई बताउँछन्। यशोदा दौडँदै आउँछिन् र कृष्णको हात समातेर गाली गर्न थाल्छिन्। डरले काम्दै कृष्णले, "आमा, मैले माटो खाएको छैन भनेर बताउँछन्। यी सबै साथीहरूले झुटो बोलिरहेको र यदि तपाईं मलाई विश्वास गर्नुहुन्न भने, मेरो मुख भित्र हेर्न सक्नुहुन्छ भनेर आग्रह गर्छन्।" यसो भन्दै कृष्णले आफ्नो मुख खोल्छन् र कृष्णको मुख भित्र सम्पूर्ण ब्रह्माण्ड देखिन्छ, जसमा सबै चर-अचर प्राणी, आकाश आदि र उहाँको आफ्नै धाम पनि समावेश थियो।

भागवत पुराण, श्लोक १०.८.३२–३९

नलकुवेर र मणिग्रीवको मुक्ति

[सम्पादन गर्नुहोस्]

भागवत पुराणका अनुसार, एक पटक कृष्ण बालुवामा खेलिरहेका थिए र त्यसलाई निल्दै थिए। यो देखेर यशोदा आफ्नो आज्ञा पालन नगरेकोमा कृष्णसँग क्रोधितहुन्छिन् र उनलाई सजाय स्वरूप एउटा ओखलमा बाँधिदिन्छिन्। बालक कृष्णले त्यो ओखललाई 'मरुत्रु' नामक रुखसम्म घिसार्दै लैजान्छन् र दुईवटा रुखको बीचमा आफूलाई अड्काउँछन्। तुरुन्तै, ती रुखहरूले आफ्नो मौलिक स्वरूप नलकुवेर र मणिग्रीव (कुबेरका छोराहरू) प्राप्त गर्छन्। ती देवताहरूलाई नारदले आफूलाई बेवास्ता गरेकोमा श्राप दिएका थिए र कृष्णसँगको भेटपछि उनीहरू रुखको श्रापबाट मुक्त हुन्छन्। उनीहरूले बालक कृष्णलाई श्रद्धा अर्पण गर्दै कृष्णले उनीहरूलाई आशीर्वाद दिन्छन् र त्यसपछि उनीहरू वैश्रवणपुरी फर्किन्छन्।[]

जब राक्षसी पूतनाले बालक कृष्णलाई विषालु स्तनपान गराएर मार्ने प्रयास गर्छिन्, तब कृष्णले उल्टै उनको जीवनशक्ति चुसेर उनलाई मृत शरीरमा परिणत गरिदिन्छन्। राक्षसीको मर्ने बेलाको चित्कार सुनेर यशोदाले आफ्नो बच्चालाई अझै पनि राक्षसीको काखमा देख्छिन्। यशोदाले उनलाई झम्टेर लिन्छिन् र कुनै हानि नहोस् भनेर गाईको पुच्छरले कृष्णलाई झारफुक गर्छिन्।[]

यशोदाको पुनर्जन्म

[सम्पादन गर्नुहोस्]

क्षेत्रीय परम्परा अनुसार, द्वापर युगमा यशोदाले कृष्णको विवाह देख्न पाएकी थिइनन्। कृष्णले कलियुगमा पुनः वेङ्कटेश्वरको रूपमा अवतरित हुने भन्दै यशोदालाई बचन दिन्छन् र उनले आफ्नो विवाह हेर्ने अवसर पाउँछिन्। कलियुगमा, यशोदाको पुनर्जन्म वकुला देवीको रूपमा हुन्छ, जो वेङ्कटेश्वरकी माता थिइन् र उनले वेङ्कटेश्वर र राजकुमारी पद्मावती बीचको विवाह प्रत्यक्ष देखेकी थिइन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Brahmavaivarta Purana (Fourth Canto) Chapter 13. Verse 38
  2. DADUZEN (2018)
  3. ब्रह्मवैवर्त पुराण, श्रीकृष्ण जन्म खण्ड (चौथो सर्ग) अध्याय १३, श्लोक ३९
  4. Jain, Ravindra K. (2002)
  5. The Hindu (सन् २००९)
  6. Bryant, Edwin F. (2007)
  7. Mani, Vettam (2015)
  8. Kausiki Books (2022)
  9. Northernnatalcourier (2016)

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]