यान सोमर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
यान सोमर
व्यक्तिगत जानकारी
पुरा नाम यान सोमर[१]
जन्म मिति (1988-12-17) १७ डिसेम्बर १९८८ (उमेर ३५)
जन्म स्थान मोर्गेस, स्विट्जरल्यान्ड
उचाइ १.८३ मी[२]
खेल्ने स्थान(हरू) गोलरक्षक
क्लब जानकारी
वर्तमान टोली
बोरूसिया मोन्चेन ग्ल्याडब्याच
सङ्ख्या
युवा करियर
१९९६–१९९७ एफसी मेर्लीबर्ग
१९९७–२००३ एफसी कन्कोर्डिया
२००३–२००५ एफसी बाजेल
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
२००५–२००७ एफसी बसेल (२१ वर्ष मुनी) २६ (०)
२००७–२०१४ एफसी बाजेल ११३ (०)
२००७–२००९एफसी फादुट्स (ऋणमा) ५० (०)
२००९–२०१०ग्रासहोपर क्लब (ऋणमा) ३३ (०)
२०१०–२०११एफसी बाजेल (२१ वर्ष मुनी) (०)
२०१४– बोरूसिया मोन्चेन ग्ल्याडब्याच १६४ (०)
अन्तर्राष्ट्रिय करियर
२००३–२००४ १६ वर्ष मुनी १० (०)
२००३–२००५ १७ वर्ष मुनी १० (०)
२००५–२००७ १९ वर्ष मुनी १८ (०)
२००७–२०११ २१ वर्ष मुनी ३१ (०)
२०१२– स्विट्जरल्याण्ड ४२ (०)
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: ११:०३, १७ जुन २०१९
‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: १८:४३, २२ अक्टोबर २०१८

यान सोमर (जन्म: १७ डिसेम्बर १९८८) स्वीट्जरल्यान्डका एक व्यावसायिक फुटबल खेलाडी हुन जो जर्मनेली क्लब बोरूसिया मोन्चेन ग्ल्याडब्याचस्विजरल्याण्ड राष्ट्रिय फुटबल टिमका लागि गोलरक्षकको रूपमा खेल्छन्।

सन् २०१४ मा सोमरले बोरूसिया मोन्चेन ग्ल्याडब्याच नामक एक बहुप्रतिष्ठित फुटबल क्लबमा पर्दापण गरेका थिए। सोमरले सन् २०१२ मा स्वीट्जरल्यान्ड राष्ट्रिय फुटबल टोलीका लागि गोलरक्षक रूपमा पर्दापण गरेका थिए। सोमरले स्वीट्जरल्यान्ड राष्ट्रिय फुटबल टोलीको प्रतिनिधित्व गर्दै सन् २०१४ को फिफा विश्वकपमा भाग लिएका थिए भने उनले युइएफए युरो २०१६ र सन् २०१८ रूसमा आयोजित फिफा विश्वकपमा पनि स्वीट्जरल्यान्ड राष्ट्रिय फुटबल टोलीको गोलरक्षकको भूमिकामा खेलेका थिए।

क्लब कार्यकाल[सम्पादन गर्नुहोस्]

एफसी बाजेल[सम्पादन गर्नुहोस्]

स्वीट्जरल्यान्डको मोर्गेसमा जन्मिएका सोमरले व्यावसायिक फुटबल कार्यकालको सुरुवातमा हेर्लीबर्ग एफसी नामक एक युवा फुटबल क्लबमा आवद्ध भएका थिए भने उनी सन् २००३ मा बाजेल युवा क्लबमा सरुवा भएका थिए।[३] सन् २००५ मा सोमरले बाजेल युवा फुटबल क्लबसँगको व्यावसायिक सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए।[४] उनले पछि उक्त क्लबका लागि उत्कृष्ट प्रदर्शन गरेका कारण क्लबको पहिलो गोलरक्षकको रूपमा नियुक्त भएका थिए। सन् २००७ मा सोमरले सन् २०११ सम्मका लागि मान्य हुने गरी लिस्टेनस्टाइनमा आधारित फादुट्स क्लबका लागि ऋणमा आवद्ध भएका थिए।[५] उनी पछि उक्त क्लबको प्रमुख गोलरक्षकको रूपमा स्थापित हुन सफल भएका थिए भने सन् २००७-०८ स्विस च्यालेन्ज कपमा उनले उक्त टोलीको प्रतिनिधित्व गर्दै ३३ खेलहरूमा सहभागी भएका थिए।[६] सन् २००८ जुलाई २० का दिन उनले सोही क्लबको प्रतिनिधित्व गर्दै सुपर लिगमा पनि पर्दापण गरेका थिए जहाँ उनको फादुट्स क्लबले लुजेनलाई २-१ को गोल अन्तरले पराजित गर्न सफल भएको थियो।[७] बाजेल क्लबका तात्कालिक गोलरक्षक फ्रान्को घाइते भएका कारण सन् २००९ जनवरी ७ का दिन उनलाई पुनः बाजेल क्लबका लागि खेल खेल्नका लागि बोलाइएको थियो। [८]

सन् २०१४ मा सोमर

सन् २००९ फेब्रुअरी ७ का दिन सोमरले बाजेल एफसीको प्रतिनिधित्व गर्दै योङ ब्वाइज एफसीको विरुद्धमा सुपर लिगमा पर्दापण गरेका थिए जहाँ बाजेल एफसी योङ ब्वाइजसँग ३-२ गोल अन्तरले पराजित भएको थियो।[९] उनले त्यस वर्षको संस्करण समाप्त हुनु भन्दा अगाडि ६ बाजेल क्लबबाट ६ खेल खेलेका थिए।[१०] १६ जुन २००९ मा उनी ग्रासहोपर क्लबसँग आवद्ध भएका थिए। त्यसवर्षको सुपर लिग संस्करणको समाप्ति हुनु भन्दा अगाडि उनले यस क्लबबाट ३३ खेलहरू खेलेका थिए।[११] सन् २०१० जुन १४ का दिन सोमरले बाजेल एफसीका लागप ५ वर्षे सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए जहाँ उनी उक्त क्लबको सहायक गोलरक्षकको भूमिकामा रहेका थिए। सन् २०११ मा बाजेल एफसीका प्रमुख गोलरक्षक कास्तान्जोको सम्झौता पत्रको समाप्ति पछि उनलाई यस क्लबको प्रमुख गोलरक्षकको रूपमा नियुक्त गरिएको थियो। सोमरले सन् २०१०-११ सुपर लिगको संस्करणमा ५ खेलहरू खेलेका थिए।[१२] सोमरले एफसी बाजेल प्रतिनिधित्व गर्दै सन् २०११ सेप्टेम्बर १४ का दिन युएएफए च्याम्पियन्स लिग खेलमा पर्दापण गरेका थिए। सन् २०१२-१३ को स्विस सुपर लिग बाजेल एफसीले जितेको थियो भने यसअघिको लिगपनि बाजेल एफसीलेनै जित्न सफल भएको थियो।[१३] सोही वर्षको स्विस कपमा पनि बसेफ एफसी दोस्रो भएको थियो। सन् २०१२-१३ को युइएफए युरोपा लिगमा बाजेल सेमिफाइनलसम्म पुगेको थियो भने यस क्लब पछि चेल्सीसँग पराजित भएको थियो।

बोरूसिया मुन्छेन ग्ल्याडब्याच[सम्पादन गर्नुहोस्]

सोमरले सन् २०१४ मार्च १० का दिन १ जुलाईदेखि लागु हुने गरी जर्मनीको एक बहुप्रतिष्ठीत फुटबल क्लब बोरूसिया मुन्छेन ग्ल्याडब्याचका लागि ५ वर्षको सम्मको आवद्ध पत्रमा हस्ताक्षर गरेका थिए[१४] भने उनी तात्कालिक समयमा यस क्लबका लागि गोलरक्षकको भूमिकामा रहेका मार्क आन्द्रे टेर स्टेगेनलाई प्रतिस्थापन गर्दै उनको भूमिकामा आएका थिए जो एक स्पेनी बहुप्रतिष्ठीत क्लब बार्सिलोनामा सरुवा भएका थिए।[१५] सोमरले सन् २०१४-१५ को बुन्डेसलिगा संस्करणमा उक्त टोलीबाट जर्मनी फुटबल लिगमा पर्दापण गरेका थिए भने उक्त संस्करणमा ग्ल्याडब्याच तेस्रो हुन सफल भएको थियो।[१६] यस संस्करणको बुन्डेसलिगामा ग्ल्याडब्याचले लगातार १७ खेलसम्म अपराजित यात्रा कायम गर्न सफल भएको थियो[१७] भने यसअघि यस क्लबले सन् १९७०-७१ को संस्करणमा पनि यस्तै अपराजित यात्रा कायम गरेको थियो। [१८]

सोमरले बोरूसिया मुन्छेन ग्ल्याडब्याच टोलीको गोलरक्षकको रूपमा एफसी ०८ होमबर्ग विरुद्धको खेलमन पर्दापण गरेमा थिए जुन खेल ग्ल्याडब्याचले ३-१ गोल अन्तरले जित्न सफल भएको थियो।[१९] सोमरले पछि भिएफबी स्टुटगर्ट विरुद्धको खेलमा पनि ग्ल्याडब्याचको प्रतिनिधित्व गर्दै मैदान उत्रिएका थिए जुन खेल बराबरीमा टुङ्गिएको थियो।[२०][२१] सन् २०१४-१५ बुन्डेसलिगा संस्करणको समाप्तिसँगै उनलाई ग्ल्याडब्याचको वर्ष खेलाडीको रूपमा सम्मानित गरिएको थियो। सन् २०१५-१६ बुन्डेसलिगा संस्करणको सुरुवात पछि ग्ल्याडब्याचले खराब प्रदर्शन गरेको थियो जसमा यस क्लबले उक्त संस्करणका लागि खेलिएको पहिलो खेलमै बोरूसिया डर्टमन्डसँग ४-० गोलको फराकिलो अन्तरले पराजित भएको थियो जसकारण सोमरलाई खराब प्रदर्शन गरेको भन्दै आरोप लगाइएको थियो।[२२] क्लब ठूलो समस्यामा परेको जानकारी पछि सार्वजनिक भएको थियो भने तात्कालिक समयको पहिलो च्याम्पियन्स लिग खेल अघि क्लबका खेलाडीहरूले आफ्ना समस्याहरूका बारे छलफल गरेका थिए।[२३] च्याम्पियन्स लिगको एक खेलमा ग्ल्याडब्याच सेभिल्लासँग ३-० गोल अन्तरले पराजित भएपछि सोमरलाई उनको खराब प्रदर्शनीका कारण उनको आलोचना गरिएको थियो। त्यस संस्करणको बुन्डेसलिगामा १. एफसी कोल्नका विरुद्ध लगातार ५ पराजित पछि यस क्लबका तात्कालिक प्रशिक्षक लुसियन फाब्रेले प्रशिक्षक पदबाट राजिनामा दिएका थिए।[२४] अघिल्लो संस्करणको विपरित, यो ग्ल्याडब्याच भोगेको एक संस्करणको सबैभन्दा खराब सुरुवात बनेको थियो।[२५][२६]

सन् २०१६ मा नयाँ अन्तरिम मालिक आन्द्रे सुबर्टको नेतृत्वमा क्लबले चार खेलबाट चार जितका साथ पछि स्थितिलाई सुधार गरेको थियो।[२७] जसको परिणामस्वरूप सुबर्टको प्रशिक्षकको रूपमा स्थायी नियुक्ति भएको थियो। च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटी विरुद्धको खेलमा सोमर घाइते भएपछि भिएफएल उल्फबर्ग विरुद्धको खेलमा उनी समावेश हुनबाट बञ्चित हुनु परेको थियो भने क्लबको गोलरक्षकको रूपमा तोबियास सेपिल आएका थिए।[२८] सोमर चोटमुक्त भएपछि उनले बाँकी रहेका सबै बुन्डेसलिगा खेल तथा च्याम्पियन्स लिग खेलहरू खेलेका थिए।[२९]

अन्तर्राष्ट्रिय कार्यकाल[सम्पादन गर्नुहोस्]

सन् २०१५ मा सोमर स्वीट्जरल्यान्ड राष्ट्रिय फुटबल टोलीको प्रतिनिधित्व गर्दै

सोमरले स्वीट्जरल्यान्ड राष्ट्रिय फुटबल टोलीको प्रतिनिधित्व गर्दै विभिन्न अन्तर्राष्ट्रिय खेलहरूमा सहभागीता जनाएका थिए जसमा उनमा उनले सुरुवाती चरणमा स्वीट्जरल्यान्ड १६ वर्ष मुनी, १७, १९ र २१ वर्ष मुनीको राष्ट्रिय फुटबल टोलीका लागि थुप्रै खेलहरू खेलिसकेका छन्। उनले सन् २००३ अगष्ट २६ का दिन स्वीट्जरल्यान्ड १६ वर्ष मुनीको राष्ट्रिय फुटबल टोलीको प्रतिनिधित्व गर्दै राष्ट्रिय टोलीको तर्फबाट आफ्नो अन्तर्राष्ट्रिय कार्यकालको सुरुवात गरेका थिए जहाँ स्वीट्जरल्यान्डको सामना जर्मनीसँग भएको थियो भने उक्त खेल जर्मनीले ५-० को फराकिलो अन्तरले जितेको थियो। सन् २००३ मा उनले स्वीट्जरल्यान्ड १७ वर्ष मुनीको राष्ट्रिय फुटबल टोलीमा पनि पर्दापण गरेका थिए जहाँ स्वीट्जरल्यान्ड र इङ्ल्यान्ड बीचको खेल एकएक गोलमा समाप्त भएको थियो।[३०] सन् २००७ अगष्ट २२ का दिन सोमरले स्वीट्जरल्यान्ड २१ वर्ष मुनीको राष्ट्रिय फुटबल टोलीका लागि पनि पर्दापण गरेका थिए जहाँ स्वीट्जरल्यान्डको बेल्जियमसँग खेल जारी गरिएको थियो। सोमरले तात्कालिक समयमा स्वीट्जरल्यान्ड २१ वर्ष मुनीको राष्ट्रिय फुटबल टोलीको कप्तान पद सम्हालेका थिए भने उनको नेतृत्वमा स्वीट्जरल्यान्ड सन् २०११ युइएफए युरोपेली २१ वर्ष मुनीको च्याम्पियनसिप खेलमा मैदान उत्रिएको थियो जुन सन् २०११ जुन ११ देखि जुन २५ सम्म डेनमार्कमा आयोजना गरिएको थियो।[३१] उनको नेतृत्वमा स्वीट्जरल्यान्ड राष्ट्रिय फुटबल टोली उक्त प्रतियोगिताको अन्तिमसम्म पुग्न सफल भएको थियो तर फाइनल खेलमा स्वीट्जरल्यान्ड स्पेन २१ वर्ष मुनीको राष्ट्रिय फुटबल टोलीसँग २-० गोल अन्तरले पराजित भएको थियो जुन उनको राष्ट्रिय २१ वर्ष मुनीको राष्ट्रिय फुटबल टोलीका लागि अन्तिम खेल बनेको थियो।

सन् २०१२ मे ३० का दिन सोमरले स्वीट्जरल्यान्ड राष्ट्रिय फुटबल टोलीका लागि गोलरक्षकको रूपमा पर्दापण गरेका थिए भने उक्त खेलमा स्वीट्जरल्यान्ड एक मैत्रीपूर्ण खेलमा रोमानियासँग ०-१ गोल अन्तरले पराजित भएको थियो।[३२] सन् २०१४ मा ब्राजिलमा आयोजना हुन लागेको सन् २०१४ फिफा विश्वकपमा सोमरलाई गोलरक्षकको रूपमा राष्ट्रिय टोलीमा समावेश गरिएको थियो भने रोमन बुर्की र मार्विन हिट्जको साथमा उनी राष्ट्रिय टोलीमा अतिरिक्त गोलरक्षकको भूमिकामा रहेका थिए। सोमर तात्कालिक समयमा राष्ट्रिय टोलीका प्रमुख गोलरक्षकको रूपमा स्थापित भैसकेका थिए। सन् २०१६ मा आयोजित युइएफए युरो कपमा पोल्यान्ड र स्वीट्जरल्यान्डको बीचको खेल आयोजना गरिएको थियो भने उक्त खेल बराबरीमा टुङ्गिएपछि पेनाल्टी सुटआउटमा सोमरले एक गोल रक्षा गर्नबाट चुके जसकारण स्वीट्जरल्यान्ड समूह चरणबाटै बाहिरीएको थियो। सन् २०१८ मा रूसमा आयोजना हुन लागेको सन् २०१८ फिफा विश्वकपमा सोमरलाई गोलरक्षकको रूपमा राष्ट्रिय टोलीमा समावेश गरिएको थियो।[३१]

कार्यकाल तथ्याङ्क[सम्पादन गर्नुहोस्]

क्लब[सम्पादन गर्नुहोस्]

अद्यावधिक १८ मे २०१९[३३]
क्लब संस्करण लिग लिग कप युइएफए अन्य जम्मा
उपस्थिति गोलहरू उपस्थिति गोलहरू उपस्थिति गोलहरू उपस्थिति गोलहरू उपस्थिति गोलहरू
एफसी बसेल २००५–०६ १ लिगा १२ १२
२००६–०७ २४ २४
२०१०–११
जम्मा ४२ ४२
एफसी भेजु (ऋण) २००७–०८ स्विस च्यालेज्ज लिग ३३ ३५
२००८–०९ सुपर लिग १७ १९
जम्मा ५० ५४
एफसी बसेल २००८–०९ स्विस सुपर लिग
ग्रासहोपर (ऋण) २००९–१० ३३ ३३
एफसी बसेल २०१०–११
२०११–१२ ३१ ४३
२०१२–१३ ३६ १९ ५८
२०१३–१४ ३५ १६ ५३
जम्मा ११३ १४ ४३ १७०
बोरूसिया मोन्चेन ग्ल्याडब्याच २०१४–१५ बुन्डेसलिगा ३४ १० ४८
२०१५–१६ ३२ ४१
२०१६–१७ ३४ १२ ५०
२०१७–१८ ३० ३३
२०१८–१९ ३४ ३५
जम्मा १६४ १५ २८ २०७
कार्यकाल जम्मा ३६० २९ ७५ ४६४

अन्तर्राष्ट्रिय[सम्पादन गर्नुहोस्]

अद्यावधिक १२ अक्टोबर २०१८ [३४]
स्वीट्जरल्यान्ड
वर्ष उपस्थिति गोलहरू
२०१२
२०१३
२०१४
२०१५
२०१६ १०
२०१७
२०१८
जम्मा ४२

सन्दर्भ सामाग्री[सम्पादन गर्नुहोस्]

  1. "२०१४ फिफा विश्वकप: खेलाडीहरूको सूची" (पिडिएफ), फिफा, ११ जुन २०१४, पृ: ३०, अन्तिम पहुँच २१ डिसेम्बर २०१४ 
  2. "२०१८ फिफा विश्वकप रूस – खेलाडीहरूको सूची" (पिडिएफ), फिफा डटकम, फिफा, ४ जुन २०१८, अन्तिम पहुँच १९ जुन २०१८  वेब्याक मेसिन अभिलेखिकरण ६ डिसेम्बर २०१९ मिति
  3. Mastroberardino, Svenja (५ फेब्रुअरी २००९), "Costanzo: "Sommer ist einer der besten Goalies"" (जर्मनेलीमा), sport.ch, अन्तिम पहुँच २१ डिसेम्बर २०१४ 
  4. "Sommer leihweise zu GC – Colomba zum FCB" (जर्मनेलीमा), FC Basel 1893, १६ जुन २००९, मूलबाट २२ जुन २००९-मा सङ्ग्रहित, अन्तिम पहुँच १६ जुन २००९ 
  5. "Yann Sommer mit Fünfjahres-Vertrag zurück zum FCB" (जर्मनेलीमा), FC Basel 1893, १४ जुन २०१०, मूलबाट ५ अप्रिल २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच १४ जुन २०१० 
  6. (si)/mro (१५ सेप्टेम्बर २०११), "FC Basel mit Glück zum 2:1-Sieg" (जर्मनेलीमा), tagblatt.ch, अन्तिम पहुँच १५ सेप्टेम्बर २०१० 
  7. "Jetzt hat Basel den Titel auf sicher" (जर्मनेलीमा), football.ch, २९ अप्रिल २०१२, मूलबाट १६ अक्टोबर २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ डिसेम्बर २०१४ 
  8. "Matchtelegram FC Basel 1893 5:3 FC Luzern" (जर्मनेलीमा), football.ch, १६ मे २०१२, मूलबाट ४ डिसेम्बर २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ डिसेम्बर २०१४ 
  9. Schifferle, Michael (१० जुन २०१३), "Season review: Switzerland", UEFA, अन्तिम पहुँच २१ डिसेम्बर २०१४ 
  10. "Telegramm Schweizer Cup" (जर्मनेलीमा), Schweizerischer Fussballverband, २० मे २०१३, अन्तिम पहुँच २१ डिसेम्बर २०१४ 
  11. Haylett, Trevor (३ मे २०१३), "Basel take heart after Chelsea defeat", UEFA, अन्तिम पहुँच २१ डिसेम्बर २०१४ 
  12. Grossenbacher, Sacha (१८ मे २०१४), "Fotos vom Spiel gegen Lausanne sowie den anschliessenden Feierlichkeiten" (जर्मनेलीमा), FC Basel 1893, अन्तिम पहुँच २१ डिसेम्बर २०१४ 
  13. Zindel, Josef (२०१४), Rotblau: Jahrbuch Saison 2014/2015, FC Basel Marketing AG, आइएसबिएन 978-3-7245-2027-6 
  14. "Yann Sommer wechselt auf die neue Saison zu Borussia Mönchengladbach" (जर्मनेलीमा), FC Basel 1893, १० मार्च २०१४, अन्तिम पहुँच २१ डिसेम्बर २०१४ 
  15. Germany, Hannoversche Allgemeine Zeitung, Hannover, Niedersachsen, "Yann Sommer als Nachfolger für ter Stegen in Mönchengladbach gefunden – HAZ – Hannoversche Allgemeine", Hannoversche Allgemeine Zeitung (जर्मनेलीमा), अन्तिम पहुँच १ जुलाई २०१६  वेब्याक मेसिन अभिलेखिकरण १६ अगस्ट २०१६ मिति
  16. "History of the club Borussia Mönchengladbach", scoreshelf.com, अन्तिम पहुँच १ जुलाई २०१६ 
  17. "Geduldig die Spitze erklommen - Borussia Mönchengladbach", www.borussia.de (जर्मनेलीमा), अन्तिम पहुँच १ जुलाई २०१६  वेब्याक मेसिन अभिलेखिकरण १२ जुन २०१८ मिति
  18. "Hrgota beweist seine Abschlussqualitäten: FC 08 Homburg - Bor. Mönchengladbach 1:3 (1:2)", kicker online, अन्तिम पहुँच १ जुलाई २०१६ 
  19. "Borussia M'gladbach vs. Stuttgart - 24 August 2014 - Soccerway", सकरवे, अन्तिम पहुँच १ जुलाई २०१६ 
  20. "Christoph Kramer scores bizarre own goal to help Dortmund win", अन्तिम पहुँच १ जुलाई २०१६ 
  21. Dunbar, Ross, "Stuttgart, Hannover collect huge wins; Gladbach seals Champions League berth", अन्तिम पहुँच १ जुलाई २०१६ 
  22. "News Detailansicht - Borussia Mönchengladbach", www.borussia.de, अन्तिम पहुँच १ जुलाई २०१६  वेब्याक मेसिन अभिलेखिकरण १२ जुन २०१८ मिति
  23. "Borussia Dortmund ease past Borussia Monchengladbach", अन्तिम पहुँच १ जुलाई २०१६ 
  24. "Player to watch: Yann Sommer — Gladbach's penalty specialist struggling for form this season | The National", अन्तिम पहुँच १ जुलाई २०१६ 
  25. uefa.com (२० सेप्टेम्बर २०१५), "UEFA Champions League - News – UEFA.com", अन्तिम पहुँच १ जुलाई २०१६ 
  26. Honigstein, Raphael (२१ सेप्टेम्बर २०१५), "Borussia Mönchengladbach plunged into darkness after Lucien Favre walks out", the Guardian, अन्तिम पहुँच १ जुलाई २०१६ 
  27. Reuters (२० सेप्टेम्बर २०१५), "Borussia Mönchengladbach's Lucien Favre resigns after worst start", the Guardian, अन्तिम पहुँच १ जुलाई २०१६ 
  28. "Gladbach name Schubert permanent head coach - bundesliga.com", bundesliga.com - the official Bundesliga website, अन्तिम पहुँच १ जुलाई २०१६ 
  29. "Gladbach's Yann Sommer open to Premier League amid Man City talk", अन्तिम पहुँच १ जुलाई २०१६ 
  30. UEFA.com, "UEFA EURO 2016 - Switzerland - Squad - UEFA.com", UEFA.com, अन्तिम पहुँच १ जुलाई २०१६ 
  31. ३१.० ३१.१ https://www.washingtonpost.com/amphtml/sports/dcunited/switzerland-opts-for-experience-in-world-cup-squad/2018/06/04/86572ee2-680a-11e8-a335-c4503d041eaf_story.html
  32. "Das 23-Mann-Aufgebot der Schweiz" (जर्मनेलीमा), football.ch, १५ मे २०१४, अन्तिम पहुँच २१ डिसेम्बर २०१४ 
  33. "यान सोमर" 
  34. "यान सोमर", EU-फुटबल डट इन्फो, २४ जुन २०१८। 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]