याहु! नक्सा
साइटको प्रकार | वेब नक्सा |
|---|---|
| उपलब्ध भाषा | बहुभाषिक |
| मालिक | याहु! |
| युआरएल | https://maps.yahoo.com/b/ |
| व्यवसायिक | हो |
| दर्ता | चाहिँदैन |
याहु! नक्सा अमेरिकी अन्तर्राष्ट्रिय इण्टरनेट निगम याहु!द्वारा प्रदान गरिएको नि: शुल्क अनलाइन नक्सा पोर्टल हो।[१] कार्यक्षमतामा स्थानीय मौसम पनि समावेश छ जुन द वेदर च्यानलद्वारा सञ्चालित छ। यसमा यल्पद्वारा सञ्चालित स्थानीय समीक्षा समावेश छ। यो सन् २०१५ मा बन्द भएको थियो।
याहु नक्सा बन्द भएतापनि अझै पहुँच योग्छ छ जसलाई नेदरल्याण्डको नक्सा प्रदाता हियर विगो नक्सा सञ्चालन गर्ने गर्दछ।
नक्साको आँकडा
[सम्पादन गर्नुहोस्]सडक सञ्जाल र अन्य भेक्टर आँकडा याहु!ले पछि प्रयोग गरेको हियर विगो मार्फत आएको थियो जसले सार्वजनिक डाटा स्रोतहरूको समावेश गर्दछ।[२] विस्तृत सडक सञ्जाल आँकडा हाल संयुक्त राज्य अमेरिका, क्यानडा, पोर्तो रिको, भर्जिन टापु र प्राय: युरोपेली देशहरूको लागि उपलब्ध छ। विश्वका बाँकी ठाउँको लागि नक्सामा देशको सिमाना, सहर, र पानी स्रोतहरू समावेश गरिएको छ।
कम गुणस्तर भएका उपग्रहद्वारा खिचिएको तस्वीरहरू विश्वव्यापी रूपमा उपलब्ध छ। त्यस्ता तस्वीरहरू संयुक्त राज्य अमेरिका र विश्वभरिका सीमित सहरहरू मध्ये धेरैको लागि उपलब्ध छ।
याहू! नक्सालाई सन् १९९८ मा सुरूवात गरिएको थियो, त्यस समयमा आँकडा भिसिनिटी निगमले प्रदान गर्ने गर्दथ्यो।[३]
नोभेम्बर २००५ मा याहु!ले नयाँ एडोब फ्ल्यासमा आधारित स्थानीय नक्सा, परीक्षण संस्करणमा जारी गरेको थियो।[४] अप्रिल २००६ मा, हवाई र उपग्रह दृश्य यसमा थपिएको थियो।[५][६]
१६ मे २००७ मा, नक्सामा आधारित कम्पनी कार्टिफ्याक्टद्वारा रचना गरिएको नयाँ नक्सा शैली यसमा जारी गरिएको थियो।
आँकडा र तस्वीरहरू कार्टिफ्याक्टद्वारा आपूर्ति गरिएको थियो जसमा छायाँ सहितका भू-सतह र रङ्ग सहितका प्रमुख वातावरणीय क्षेत्रहरूमा सङ्केत समावेश गरिएको थियो।
मे २००७ अघि भारतको सम्पूर्ण नक्सा आइएन डट म्याप्स डट याहु डटकममा थपिएको जुन याहु नक्साको गैर फ्ल्यास इण्टरफेस हो। विस्तृत भारतीय क्षेत्रहरू यसको आधिकारिक वेबसाइट मार्फत उपलब्ध छैन। साइटले प्रयोगकर्तालाई विश्वको बाँकी ठाउँका लागि नक्सा हेर्न पनि अनुमति दिन्छ।
मे २०१० मा, याहु!ले नोकियासँग एक सम्झौतामा पुगेको थियो जसमा नोकियाको नक्सा सेवाले (हाल हियर विगो) याहुलाई प्रोत्साहन गरेको थियो।[७] यो अक्टोबर २०११ मा लागू भएको थियो।[८]
सन् २०१४ मा, याहु नक्साको लागि मोबाइल साइटको जारी गरिएको थियो।
४ जून २०१४ मा, सोही महिनाको अन्त्यमा, याहु! नक्सा याहु! पाइप्सको साथ बन्द गरिने घोषण गरिएको थियो।[९][१०]
विशेषता
[सम्पादन गर्नुहोस्]मुख्यतया याहु! नक्साले संयुक्त राज्य अमेरिका र क्यानडाको लागि सडक नक्सा र यात्रा दिशाहरू प्रदान गर्दछ। यसमा निम्न उल्लेखनीय सुविधाहरू समावेश छन्:
- ठेगाना पुस्तिका: दर्ता भएका याहु!का प्रयोगकर्ताहरूले सामान्यतया प्रयोग सडक ठेगानाहरूको सूची भण्डारण गर्न सक्दछन्।
हालसालै प्रविष्ट गरिएको ठेगाना एक सूचीबाट छनौट गरी पुनः फिर्ता लिन सकिन्छ।
- प्रत्यक्ष ट्राफिक: यातायात घटना तथा वर्तमान राजमार्गको स्थिति नक्सामा हेर्न सकिन्छ।
- नक्सामा फेला पार्ने: ब्यापारको नाम वा श्रेणीबाट स्थानीय खोज "नक्सामा खोज्नुहोस्" बाकसमा टाइप गर्न सकिन्छ र यसलाई हालको नक्सा दृश्यमा फेला पार्न पनि सकिन्छ। नतिजा प्रयोगकर्ताको दर्जा सम्बन्धित वर्गद्वारा थप परिष्कृत गर्न सकिन्छ।
- यात्रा दिशाहरू: यात्रा दिशाहरू नक्सामा वा प्रिन्ट गर्न सकिने फारममा, वैकल्पिक रूपमा पालै पालो नक्सा, वा साधारण पाठको रूपमा प्रदर्शन गर्न सकिन्छ। यात्रा दिशाको सूत्रहरू ई-मेल मार्फत पठाउन सकिन्छ, र पाठ निर्देशनहरू मोबाइल फोनमा पठाइन्छ।
- तान्न मिल्ने नक्सा: नक्सा दृश्य माउसको साथ तानेर वा एरो कुञ्जीहरूमा छोएर हेरफेर गर्न सकिन्छ।
उपकरणहरू: नक्शामा धेरै उपकरणहरू छन् जसमा नाविक उपकरण, नक्साको प्रकार (नक्शा, उपग्रह र उन्नत) नियन्त्रक र एक विस्तारित स्तर नियन्त्रण समावेश छ।
उपग्रह तस्वीर: जानकारी समाहित (उन्नत) र जानकारी उपलब्ध नभएका उपग्रह चित्रण विश्वव्यापी रूपमा उपलब्ध छन्।
नक्साको अवलोकन: खुम्च्याउन मिल्ने दृश्य नक्साले प्रसङ्ग सहित प्रदान गर्दछ, तान्न मिल्ने खैरो क्षेत्रको साथ मुख्य नक्सामा दृश्य नियन्त्रक पनि रहेको छ।
अन्तर्राष्ट्रिय सेवा क्षेत्र: अमेरिका र क्यानडा बाहिरका क्षेत्रहरूमा याहु! नक्साको परीक्षण संस्करणले सहर, प्रदेश, र देशको नाम चिन्न मद्दत गर्दछ र यसले सानो-नक्सा वा उपग्रह दृश्य प्रदान पनि प्रदान गर्दछ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Price, Emily (नोभेम्बर १३, २०१२), "Nokia Shows Off the Future of Maps With 'HERE'", Mashable, अन्तिम पहुँच जुन ४, २०१५।
- ↑ "Yahoo Maps Additional Terms Of Service", policies.yahoo.com, अन्तिम पहुँच २०१९-०१-०२।
- ↑ "The Ubiquitous Digital Map (Abridged)", Mostly Maps, १९ फेब्रुअरी २०१३। अभिलेखिकरण १४ अक्टोबर २०१९ वेब्याक मेसिन
- ↑ HASH (२००५-११-०३), "Yahoo! Local Maps – Beta – WhiteAfrican", Whiteafrican.com, अन्तिम पहुँच २०१९-०४-०३। अभिलेखिकरण २०१९-०४-३० वेब्याक मेसिन
- ↑ चिटु, एलेक्स (१७ नोभेम्बर २००६), "Yahoo Maps Is Out of Beta"।
- ↑ "Yahoo! Maps Adds Satellite & Aerial Photography", Search Engine Journal, १२ अप्रिल २००६।
- ↑ "The Yahoo-Nokia Deal: Some Details & Perspective", Search Engine Land, २४ मे २०१०।
- ↑ "Powered By Nokia, The New Yahoo Maps Goes Live", Search Engine Land, २८ अक्टोबर २०११।
- ↑ नेभिया, रिचार्ड (जुन ४, २०१५), "Yahoo to shut down its Maps site", सिएनइटी, अन्तिम पहुँच जुन ४, २०१५।
- ↑ "Q2 2015 Progress Report On Our Product Prioritization", याहु!, अन्तिम पहुँच २०१९-०१-०२।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]- याहु! नक्सा अभिलेखिकरण २००९-०३-१३ वेब्याक मेसिन
- याहु! लोकल
- याहु! लोकल तथा नक्सा ब्लग
- याहु! नक्सा एपिआई दस्तावेज
- याहु! नक्सा एपिआई समूह अभिलेखिकरण २०१३-०१-०५ = Archive.today
- याहु! नक्सा एपिआई तस्वीर सङ्ग्रह
- याहु! नक्सा एपिआई तस्वीर सङ्ग्रह अभिलेखिकरण २००७-१०-१२ वेब्याक मेसिन