रशीद जहाँ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रशीद जहाँ
जन्म(१९०५-०८-०५)अगस्ट ५, १९०५
अलीगढ,उत्तर प्रदेश,भारत
मृत्युजुलाई २९, १९५२(1952-07-29) (उमेर ४६)
मस्को, रूस
जीवनसाथीमहमूद अलजाफरा
पुरस्कारभारत रत्न

रशीद जहाँ ((१९०५-०८-०५)अगस्ट ५, १९०५ –जुलाई २९, १९५२(1952-07-29) (उमेर ४६), उर्दू:ڈاکٹر رشید جہاں), भारतको उर्दूकी एक प्रगतिशील लेखिका, कथाकारउपन्यासकार थिइन्, जनले महिलाहरू द्वारा लिखित उर्दू साहित्यको एक नयाँ युगको सुरुवात गरिन्। उनी पेशेमा एक चिकित्सक थिइन्।

प्रारंभिक जीवन[सम्पादन गर्नुहोस्]

उनको जन्म ५ अगष्ट १९०५ मा उत्तर प्रदेशको अलीगढ शहरमा भएको थियो। उनकी आमाको नाम वहीद शाहजहां बेगम र पिताको नाम शेख अबदुल्लाह थियो। उनको पिता अलीगढको चर्चित शिक्षाविद र लेखक तथा अलीगढ महिला कलेजको संस्थापकहरू मध्ये एक थिए, जसले साहित्य एवं शिक्षाको क्षेत्रमा सन १९६४मा भारत सरकार द्वारा, पद्म भूषणले सम्मानित गरिएको थियो। राशिदको प्रारंभिक शिक्षा अलीगढमा भयो। तत्पश्चात उनी लखनऊको ईजा बेला थोबरोन कलेज प्रबेश गरे पछि दिल्लीको लर्ड हार्डिंग मेडिकल कलेजबाट सन् १९३४मा डाक्टर बनिन्।

साहित्यिक जीवन[सम्पादन गर्नुहोस्]

रशीद पहिलो पटक चर्चामा तब आइन जब उनको कहानी तथा नाटक को सङ्ग्रह ‘अंगारे’ सन् १९३२ मा प्रकाशित भयो, उनका कहानीहरु र नाटकहरु ले तत्कालीन समाजमा प्रचलित मुस्लिम कट्टरपन्थी तथा यौन नैतिकता लाइ ठुलो चुनौती हुन् गयो । चाडै नै यो ब्रिटिश शासन द्वारा प्रतिबंधित हुनगयो । रशीद जहाँ भारतीय कम्युनिस्ट पार्टी तथा प्रगतिशील लेखक सङ्घ की सक्रिय कार्यकर्ता थिइन् ।[१]

प्रमुख कृतिहरु[सम्पादन गर्नुहोस्]

  • अंगारे
  • औरत और दूसरे अफसाने व ड्रामे
  • शोअला-ए-जव्वाला
  • वो और दूसरे अफसाने व ड्रामे

मृत्यू[सम्पादन गर्नुहोस्]

रशीद को मृत्यू २९ जुलाई १९५२ मा, मस्को, रूस मा भयो।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ "रशीद जहाँ का परिचय", हिन्दी समय। 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]