राजारहाट उपजिल्ला
राजारहाट उपजिल्ला
রাজারহাট | |
---|---|
उपजिल्ला | |
निर्देशाङ्क: २५°४८′उ॰ ८९°३३′पू॰ / २५.८००°N ८९.५५०°Eनिर्देशाङ्कहरू: २५°४८′उ॰ ८९°३३′पू॰ / २५.८००°N ८९.५५०°E | |
देश | बङ्गलादेश |
विभाग | रङ्पुर विभाग |
जिल्ला | कुडिग्राम जिल्ला |
सरकार | |
• उपजिल्ला परिषद्का अध्यक्ष | अबुल हासिम |
• संयुक्त राष्ट्र सङ्घ | राफिकुल इस्लाम |
क्षेत्रफल | |
• जम्मा | १६६.२३ किमी२ (६४.१८ वर्ग माइल) |
जनसङ्ख्या (सन् २०११) | |
• जम्मा | १६९,५७९ |
• घनत्व | १०००/किमी२ (२६००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+६ (बङ्गलादेशी मानक समय) |
हुलाक अङ्क | ५६१० |
वेबसाइट | রাজারহাট উপজেলা |
राजारहाट (बङ्गाली: রাজারহাট) बङ्गलादेशको कुडिग्राम जिल्लाको एक उपजिल्ला हो। यो उपजिल्ला रङ्पुर विभाग अन्तर्गत पर्दछ। यो उपजिल्ला बङ्गलादेशको राजधानी ढाकाबाट उत्तर दिशामा अवस्थित छ। यस उपजिल्लाका मुख्यतया एक ग्रामीण क्षेत्र छ र यहाँका अधिकांश मानिसहरूको ग्रामीण क्षेत्रमा बसोबास गर्छन्।[१]
भूगोल
[सम्पादन गर्नुहोस्]राजारहाट बङ्गलादेशको उत्तरी भागमा पर्छ भने यो उपजिल्ला २५°३८' देखि २५°५३' उत्तर अक्षांश र ८९°२७' देखि ८९°३८' पूर्वी देशान्तरणमा अवस्थित छ। राजारहाट उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये १६६.२३ वर्ग किलोमिटर ओगटेको छ। यस उपजिल्लालाई फुलबाडी र लालमुनिरहाट सदर उपजिल्लाले उत्तर, उलिपुर र पिरगाछा उपजिल्लाले दक्षिण,कुडिग्राम सदर उपजिल्लाले पूर्व, लालमुनिरहाट र काउनिया उपजिल्लाले पश्चिमबाट घेरेको छ। टिस्टा, धरला आदि यस उपजिल्लाका प्रमुख नदिहरू हुन्।
जनशाङ्खिकि
[सम्पादन गर्नुहोस्]उपजिल्ला प्रतिवेदनका अनुसार यस उपजिल्लाको कुल जनसङ्ख्या १७९५७९ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या ८५५९० छ भने महिलाको जनसङ्ख्या ८३९८९ रहेको छ। धर्मका आधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या १३६०४० छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या ३३४४५, बौद्ध धर्मवलम्बीको जनसङ्ख्या २१ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या ७३ रहेको छ। यस उपजिल्लामा ३३७ मस्जिद र ३६ हिन्दु मन्दिरहरू रहेका छन्। राजारहाट जामे मस्जिद, खानपाडा जामे मस्जिद, चान्दामारी मस्जिद, मिकुरताडी शाही मस्जिद, कोटेश्वरमा रहेको शिव मन्दिर, वर्ग आकारको शिव मन्दिर आदि यस उपजिल्लाका लोकप्रिय तथा उत्कृष्ट धार्मिक स्थलहरू हुन्। यस उपजिल्लाका ९५.६३% जनसङ्ख्याले शुद्ध पिउने पानीका लागि पानी तान्ने मोटर र धारोको प्रयोग गर्दै आएका छन् भने ०२२% ले पोखरी, ०.२९% ले टुटी र ३.८७% ले अन्य माध्यमबाट पानीको प्रयोग गर्दै आएका छन्। यस उपजिल्लाका धाराका पानीहरूमा आर्सनिकको कमी रहेको पाइएको थियो। यस उपजिल्लाको कुल घरहरू मध्ये ३९.९५% घरहरूमा अझै पनि सुविधा सम्पन्न अर्थात पक्की सौचालय सुविधा रहेको छैन। यस उपजिल्लामा १ उपजिल्ला स्वस्थ्य केन्द्र, ७ शिशु हेरचाह तथा प्रशुति गृह केन्द्र १ आँखा अस्पताल र ९ निजी स्वस्थ्य केन्द्रहरू रहेका छन्। सन् १९५७ र सन् १९९३ मा आएको बाढीले यस उपजिल्लाका थुप्रै घर र भवनहरूमा ठूलो मात्रमा क्षति पुर्याएको थियो भने हजारौं मानिसहरू विस्थापित भएका थिए। [२]
अर्थतन्त्र
[सम्पादन गर्नुहोस्]यस उपजिल्लाको अर्थतन्त्र मुख्यतया कृषिमा आधारित छ। यस उपजिल्लाका अधिकांश मानिसहरू किसान हुन्। यस उपजिल्लामा धान, गहुँ, मकै, खुर्सानी, पानको पात तथा अन्य अन्न बालीहरू उत्पादन गरिन्छ। यस उपजिल्लामा मुख्यतया आँप, केरा, लिची, खरबुजा, कटहर, स्याउ आदि उत्पादन हुँदै आएको छ। यस उपजिल्लामा चिनी उत्पादन केन्द्र, बिस्कुट उद्योग, गहुँ कुटानी केन्द्र, बरफ कारखाना तथा चिस्यान केन्द्र, वेल्डिङ उद्योग, चिनी उद्योग तथा अन्य उद्योग कलकारखानाहरू पनि सञ्चालनमा रहेका छन्। यस उपजिल्लाले मुख्यतया धान, जुट, चामल, बाँस, प्याज, लसुन, कुखुरा लगायत मौसमी तरकारी र अन्य फलफूलहरू निर्यात गर्दै आएको छ। यस उपजिल्लामा लोपोन्मुख रहेका तिल र आलसको तेल पनि निम्न मात्रमा उत्पादन गरिन्छ। यस उपजिल्लामा १९ हाटबजार तथा मेलाहरू सञ्चालन रहेका छन्। यस उपजिल्लामा लोपोन्मुख ठेला, गोरू गाडा र रथहरू सामान ओसारपसार तथा यातायातका साधन बन्दै आएका छन्। यस उपजिल्लामा २१ माछापालन केन्द्र, ४३ दुग्ध सङ्कलन केन्द्र तथा २७ कुखुरापालन केन्द्रहरू रहेका छन्।
यस उपजिल्लाको मुख्य आय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा उपजिल्लाकै ७०.३२% मानिसहरू संलग्न छन्। यस उपजिल्लाका मानिसहरू अन्य जस्तै मजदुरीमा४.९१%, उद्योग तथा व्यापार ०.७४%, वाणिज्यमा १०.७५%, सञ्चार तथा यातायातमा १.९०%, निर्माण क्षेत्रमा ०.४५%, सुविधामा ५.२०%, धार्मिक सेवामा ०.१५%, वैदेशिक रोजगारी तथा भाडामा ०.१६% र अन्यमा ५.४२% रहेका छन्।
प्रशासन
[सम्पादन गर्नुहोस्]प्रशासकीय राजारहाट थानको स्थापना सन् १९८१ मा भएको थियो भने सन् १९८३ सेप्टेम्बर १४ का दिन यसलाई उपजिल्लामा परिणत गरिएको ७। हाल यस उपजिल्लामा १ नगरपालिका, ११० सङ्घ परिषद्/वडा, ७१ मौजा/महल्ला र १८० गाउँहरू रहेका छन्। यस उपजिल्ला अन्तर्गतका सङ्घ परिषद्हरू यस प्रकार छन्; राजारहाट सङ्घ परिषद्, चाकिरपाशार सङ्घ परिषद्, नाजिमखान सङ्घ परिषद्, विद्यानन्द सङ्घ परिषद्, ओमारमानिद सङ्घ परिषद्, चिनाई सङ्घ परिषद् र घारियालडाङ्गा सङ्घ परिषद्।[३]
शिक्षा
[सम्पादन गर्नुहोस्]यस उपजिल्लाको कुल साक्षरता दर ४०.६६% रहेको छ जसमध्ये पुरुषको साक्षरता ४६.६२% छ भने महिलाको साक्षरता दर ३४.६५% रहेको छ। यस उपजिल्लामा ८ क्याम्पस, ४१ माध्यमिक विद्यालय, १२१ प्राथमिक विद्यालय र २९ मदरसाहरू रहेका छन्। यस उपजिल्लाका केही उत्कृष्ट शिक्षण संस्थाहरू यस प्रकार छन्; मिर इस्लामिया हुसैन डिग्री क्याम्पस (सन् १९७३), राजारहाट मोहिला डिग्री क्याम्पस (सन् १९९५), नाजिमखान उच्च विद्यालय (सन् १९३०), पाङ्गारानी बहुभाषिक उच्च विद्यालय (सन् १९३९), राजारहाट पाइलट उच्च विद्यालय (सन् १९४९), रातिराम पाइलट उच्च विद्यालय (सन् १९४०), राजारहाट नमुना सरकारी प्राथमिक विद्यालय (सन् १८९७), राजारहाट फजिल मदरसा (सन् १९६३), आदि। [४]
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ জেলা উন্নয়ন পরিক্রমা। ২০০১-২০০৫, গণযোগাযোগ অধিদপ্তর, তথ্য মন্ত্রণালয়, ডিসেম্বর ২০০৫
- ↑ "রাজারহাট উপজেলার পটভূমি।", ১৬ জানুয়ারি ২০১৪, मूलबाट ৭ ফেব্রুয়ারি ২০১৫-मा सङ्ग्रहित।
- ↑ "বাংলাদেশ জাতীয় তথ্য বাতায়ন", জুন ২০১৪, मूलबाट ২১ ডিসেম্বর ২০১৪-मा सङ्ग्रहित।
- ↑ "রাজারহাট উপজেলার ভাষা ও সংষ্কৃতি", বাংলাদেশ জাতীয় তথ্য বাতায়ন, জুন ২০১৪ সরকার, मूलबाट १ जनवरी २०१७-मा सङ्ग्रहित।