कुडिग्राम सदर उपजिल्ला

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
कुडिग्राम सदर
কুড়িগ্রাম সদর
—  उपजिल्ला  —
कुडिग्राम सदर बङ्गलादेश-এ অবস্থিত
कुडिग्राम सदर
कुडिग्राम सदर
बाङ्लादेशको नक्सामा यस उपजिल्लाको अवस्थिति
देश बंगलादेश बाङ्लादेश
विभाग रङ्पुर विभाग
जिल्ला कुडिग्राम जिल्ला
क्षेत्रफल
 - जम्मा २७६.४५ किमी (१०६.७ वर्ग मी)
जनसङ्ख्या (सन् २०११)
 - जम्मा ३१२,४०८[१]
समय क्षेत्र बङ्गलादेशी मानक समय (युटिसी+६)
वेबसाइट kurigramsadar.kurigram.gov.bd

कुडिग्राम सदर (बाङ्ला: কুড়িগ্রাম সদর) बङ्गलादेशको कुडिग्राम जिल्लाको एक उपजिल्ला हो। यो उपजिल्ला रङ्पुर विभाग अन्तर्गत पर्दछ।[२]

भूगोल[सम्पादन गर्ने]

कुडिग्राम सदर बङ्गलादेशको उत्तरी भागमा पर्छ भने यो उपजिल्ला २५°४५' देखि २५°५५' उत्तर अक्षांश र ८९°३४' देखि ८९°५०' पूर्वी देशान्तरणमा अवस्थित छ। कुडिग्राम उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये २७६.४५ वर्ग किलोमिटर अोगटेको छ। यस उपजिल्लालाई फुलबाडीनागेश्वरी उपजिल्लाले उत्तर, नागेश्वरी उपजिल्लाले दक्षिण, भारतको आसाम राज्यले पूर्व र राजारहाट उपजिल्लाले पश्चिमबाट घेरेको छ। ब्रह्मपुत्र, धरला आदि यस उपजिल्लाका प्रमुख नदिहरू हुन्।[३]

इतिहास[सम्पादन गर्ने]

यस उपजिल्लालाई तेभागा आन्दोलन, नील प्रतिरोध आन्दोलन र फकिर-सन्यासी आन्दोलन र बङ्गलादेश मुक्ति युद्ध जस्ता आन्दोलनहरूले यस उपजिल्लामा पनि प्रभाव पारेको थियो। कुडिग्राम सहर धरला नदीको कटावबाट धेरै पटक प्रभावित भएको थियो।

जनशाङ्खिकि[सम्पादन गर्ने]

उपजिल्ला प्रतिवेदनका अनुसार यस उपजिल्लाको कुल जनसङ्ख्या २५९१५७ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या १३१८०४ छ भने महिलाको जनसङ्ख्या १२७३५३ रहेको छ। धर्मका अाधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या २३९६१९ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या १९२५४, बौद्ध धर्मवलम्बीको जनसङ्ख्या १८, इसाई धर्मवलम्बीको जनसङ्ख्या ५२ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या ३१४ रहेको छ। यस उपजिल्लाका ९१.०९% जनसङ्ख्याले शुद्ध पिउने पानीका लागि पानी तान्ने मोटर र धारोको प्रयोग गर्दै आएका छन् भने ०.१३% ले पोखरी, ३.०९% ले टुटी र ५.६९% ले अन्य माध्यमबाट पानीको प्रयोग गर्दै आएका छन्। यस उपजिल्लाका धाराका पानीहरूमा आर्सनिकको कमी रहेको पाइएको थियो। यस उपजिल्लाको कुल घरहरू मध्ये ४६.६०% घरहरूमा अझै पनि सुविधा सम्पन्न अर्थात पक्की सौचालय सुविधा रहेको छैन। यस उपजिल्लामा १ उपजिल्ला स्वस्थ्य केन्द्र, १ शिशु हेरचाश केन्द्र १ आँखा अस्पताल रहेका छन्।[४]

अर्थतन्त्र[सम्पादन गर्ने]

यस उपजिल्लाको अर्थतन्त्र मुख्यतया कृषिमा आधारित छ। यस उपजिल्लाका अधिकांश मानिसहरू किसान हुन्। यस उपजिल्लामा धान, गहुँ, मकै, खुर्सानी, तोरी, प्याज, बाँस तथा अन्य अन्न बालीहरू उत्पादन गरिन्छ। यस उपजिल्लामा मुख्यतया आँप, केरा, लिची, खरबुजा, कटहर आदि उत्पादन हुँदै आएको छ। यस उपजिल्लामा चिनी उत्पादन केन्द्र, बिस्कुट उद्योग, गहुँ कुटानी केन्द्र, बरफ कारखाना तथा चिस्यान केन्द्र, वेल्डिङ उद्योग, चिनी उद्योग तथा अन्य उद्योग कलकारखानाहरू पनि सञ्चालनमा रहेका छन्। यस उपजिल्लाले मुख्यतया धान, जुट, आलु लगायत मौसमी तरकारी र अन्य फलफूलहरू निर्यात गर्दै आएको छ। यस उपजिल्लामा लोपोन्मुख रहेका तिल र आलसको तेल पनि निम्न मात्रमा उत्पादन गरिन्छ। यस उपजिल्लामा ३२ हाटबजार तथा मेलाहरू सञ्चालन रहेका छन्। यस उपजिल्लामा लोपोन्मुख ठेला, गोरू गाडा र रथहरू सामान अोसारपसार तथा यातायातका साधन बन्द‌ै आएका छन्। यस उपजिल्लामा ९ माछापालन केन्द्र, ३० दुग्ध सङ्कलन केन्द्र तथा २ चल्ला उत्पादन केन्द्रहरू रहेका छन्।

यस उपजिल्लाको मुख्य अाय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा उपजिल्लाकै ५३.३२% मानिसहरू संलग्न छन्। यस उपजिल्लाका मानिसहरू अन्य जस्तै मजदुरीमा १०.१२%, उद्योग तथा व्यापार ०.५७%, वाणिज्यमा १३.०१%, सञ्चार तथा यातायातमा ३.१५%, निर्माण क्षेत्रमा १.१७%, सुविधामा ८.९७%, धार्मिक सेवामा ०.२१%, वैदेशिक रोजगारी तथा भाडामा ०.२४% र अन्यमा ९.२४% रहेका छन्।

प्रशासन[सम्पादन गर्ने]

प्रशासकीय कुडिग्राम सदर हाल उपजिल्लाको स्थापना सन् १८७४ मा भएको थियो। हाल यस उपजिल्लामा १ नगरपालिका, ९ सङ्घ परिषद्/वडा, १६९ मौजा/महल्ला र २५६ गाउँहरू रहेका छन्। कृष्णपुर मौजा यस उपजिल्लाको सबैभन्दा ठूलो मौजा हो।

शिक्षा[सम्पादन गर्ने]

यस उपजिल्लाको कुल साक्षरता दर ३८.३८% रहेको छ जसमध्ये पुरुषको साक्षरता ४४.०३% छ भने महिलाको साक्षरता दर ३२.२9% रहेको छ। यस उपजिल्लाका केही उत्कृष्ट शिक्षण संस्थाहरू यस प्रकार छन्; कुडिग्राम सरकारी क्याम्पस (सन् १९६१), कुडिग्राम सरकारी महिला क्याम्पस (सन् १९७३), कुडिग्राम व्यवसायीक विद्यालय तथा क्याम्पस (सन् १९६५), कुडिग्राम सरकार उच्च विद्यालय (सन् १८९५), कुडिग्राम रिभर भ्यु उच्च विल्यालय (सन् १९१५), कुडिग्राम कन्या उच्च विद्यालय (सन् १९२८), खालीगञ्ज उच्च विद्यालय (सन् १९६१), खालीगञ्ज सरकारी प्राथमिक विद्यालय (सन् १८८५), कुडिग्राम आलिया मदरसा (सन् १९६७) आदि।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. "कुडिग्राम जिल्ला बाङ्लादेशको तथ्याङ्क", सिटि पपुलेसन डटडिई 
  2. कमल हुसेन (सन् २०१२), "কুড়িগ্রাম সদর", in सिराजुल इसलाम र आहमेद ए जमाल, बाङ्लापिडिया: बाङ्लादेशको राष्ट्रिय विश्वकोश (दोस्रो संस्करण), बाङ्लादेशको एसियाली समाज। 
  3. জেলা উন্নয়ন পরিক্রমা। ২০০১-২০০৫, গণযোগাযোগ অধিদপ্তর, তথ্য মন্ত্রণালয়, ডিসেম্বর ২০০৫
  4. "बाङ्लादेशको राष्ट्रिय जनगणना", मूलबाट २००५-०३-२७-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर १०, २००६ 

बाह्य सूत्रहरू[सम्पादन गर्ने]