राता रक्त कोष
Red blood cell | |
---|---|
विबरण | |
कार्य | Oxygen transport |
पहिचान | |
संक्षिप्त | RBC |
चिकित्सा विषय शीर्षकहरू | D004912 |
शब्दावली हिस्टोलोजिक | ढाँचा:Str mid.html H2.00.04.1.01001 |
एनाटोमीको आधारभूत मोडेल | 62845 |
माइक्रोएनाटोमीको शारीरिक शब्दावलीहरू |
राता रक्त कोष (Red Blood Cells), रगतको सबभन्दा प्रमुख कोशिका हो। राता रक्त कोषहरूलाई इरिथ्रोसाइट्स पनि भनिन्छ । एक घन मिलिलिटर रगतमा ४५ लाखदेखि ५० लाखसम्म राता रक्त कणिकाहरू हुन्छन् । यिनको आयु ९० देखि १२० दिनसम्म हुन्छ । यिनीहरू बोन म्यारोमा बन्छन् । यी कोषहरू प्रत्येक सेकन्डमा २० लाख जति बन्छन् भने त्यत्तिकै सङ्ख्यामा नासिन्छन् । राता रक्त कोष बन्ने र नासिने प्रक्रिया बाचुन्जेल चलिरहन्छ । पुराना रक्त कोषहरू कलेजो र फियोमा नष्ट हुन्छन् । यसमा भएको फलाम तत्त्व पुनः प्रयोगमा आइरहन्छ ।
आकार
[सम्पादन गर्नुहोस्]यी कोषहरूको आकार बाइकन्केभ गोलाकार हुन्छन् । यी रक्तकोषहरूमा न्युक्लियस हुंदैन ।
मुख्य कार्य
[सम्पादन गर्नुहोस्]राता रक्तकोषको मुख्य कार्य शरीरमा अक्सिजन र कार्बन डाइअक्साइडको परिवहन गर्नु हो । राता रक्त कोषमा एक प्रकारको पिग्मेन्ट हुन्छ, जसलाई हेमोग्लोबिन भनिन्छ । यसले गर्दा रगत रातो हुन्छ । हेमोग्लोबिनमा फलाम तत्त्व हुन्छ, जसले गर्दा प्रशस्त मात्रामा अक्सिजन आपूर्ति हुन्छ । अक्सिजनयुक्त हेमोग्लोबिनलाई अक्सिहेमोग्लोबिन भनिन्छ ।
रगतमा राता रक्त कणिकाको सङ्ख्या कमी भएमा रक्त अल्पता रोग लाग्छ । यसले गर्दा शरीरमा अक्सिजनको मात्रा कम हुन्छ ।