रानुदेवी अधिकारी
![]() | एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
नेपाली रेडियो प्रजातान्त्रिक रेडियो (रेडियो नेपाल हुनुभन्दा पहिले भोजपुरमा स्थापना गरिएको पछि बिराटनगरमा सारिएको)की प्रथम गायिका रानुदेवीको जन्म सन् १९३६ नोभेम्बर २७ का दिन वीरगञ्जमा भएको हो। उनका पिता ईश्वरीप्रसाद उपाध्याय र माता इन्दिरा उपाध्याय (पौडेल) हुन्। उनको बाल्यकाल बनारसमा बित्यो। उनको विवाह २००६ सालमा बिराटनगरका तीर्थप्रसाद अधिकारीसँग भएको हो।
जीवनी
[सम्पादन गर्नुहोस्]सानैदेखि शास्त्रीय गायनमा समर्पित रानुदेवीले सर्वप्रथम विक्रम सम्बत् २००६ सालमा ६ वटा गीत रेकर्डिङ गरेकी थिइन। २००७ सालअघि क्रान्तिका बेला तारिणीप्रसाद कोइरालाको अगुवाइमा प्रजातन्त्र रेडियो स्थापना भएको थियो। विराटनगरको जुट मिल्समा २००४ सालमा स्थापना गरिएको उक्त रेडियोमा गाउन रानुदेवीलाई २००६ सालमा तारिणीप्रसादले नै प्रोत्साहन गरेका हुन्। उहाँले रेडियो नेपालको स्थापना कालदेखि नै आफ्नो सुरिलो स्वर गीत गाउनुभयो। 'चरी भुर्र उडी घरमा मेरो जा...' भन्ने गीत रानुदेवी गाएकि हुन्।
इतिहास विषयमा एम.ए. सम्मको अध्ययन गरेकी रानुदेवी हाल बिराटनगरमा बस्छिन्। उनका छोरा अविन र छोरीहरू अर्चना तथा अल्पना छन्। विक्रम सम्बत् २०६३ सालमा उनका बारेमा '५६ वर्षपछि.....' नामक सांगीतिक वृत्तचित्र बनाइयो। उक्त वृत्तचित्र पत्रकार तथा गीतकार शंकर खरेल र गायक तथा संगीतकार सुमित खड्काले बनाएका हुन्। वृत्तचित्रमा उनको नयाँ एलबमबारे उल्लेख छ।
निधन
[सम्पादन गर्नुहोस्]प्रजातन्त्र सेनानी समेत रहेकी गायिका रानुदेवीको सन् ०१ मे २०२० का दिन ८३ वर्षको उमेरमा निधन भएको हो।[१]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]