राम कुमार राई

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

एकिकृत नेकपा माओवादीको तर्फबाट खोटाङको रतन्छा -७ सुन्तलेमा २०२५ सालमा जन्मेका रामकुमार राई प्रत्यक्ष निर्वाचन प्रणालि अन्तरगत खोटाङ १ बाट विजयी संविधान सभा सदस्य हुनुहुन्छ। जनताले पार्टी प्रति गरेको विश्वास र जनयुद्धले खोजेको परिवर्तन प्रति जनताले देखाएको आस्था नै आफ्नो विजयको कारण रहेको राईको धारणा छ।

प्रमाणपत्र तहसम्मको अध्ययन गरेका राई २०४१ सालमा माले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियूबाट राजनीति सुरू गर्नुभएको थियो। २०४५ सालमा तत्कालिन पञ्चायती व्यवस्थाको विरोध गर्दा उहाँ केही समय हिरासतमा समेत पर्नुभएको थियो। माओवादीले शसस्त्र विद्रोह सुरू गरेको दुई वर्षपछि २०५४ सालमा भूमिगत भएर राई माओवादी जनयुद्धमा होमिएका थिए। २०५८ सालमा किराँत राष्टिय मोर्चाको केन्द्रीय उपाध्यक्षसमेत भएका राई २०५९ सालमा लिम्बुवान र खम्बुवान एकिरणपछि बनेको किरात वकर्स पार्टीको केन्द्रीय सदस्य बन्नु भएको थियो।

२०५९ साल चैतमा सो पार्टी माओवादीस"ग एकीकरण भएपछि राई माओवादीको जनकपुर सगमाथाको इन्चार्ज हुनुभयो। २०६० सालमा फेरी खोटाङ जिल्ला इन्चार्ज मात्र भएका राई २०६१ साल देखि देखि मेची कोशी राज्य समितिका सदस्य तथा संखुवासभाका इन्चार्ज हुनुभयो। २०६२ सालमा विद्रोही सेनाको कमा४८ड सम्हाल्दा उहाँ बिग्रेड कमिसार हुनुहुन्थ्यो। संविधान सभामा पिछडिएका जाति र शोषित वर्गको हितमा आवाज उठाउने बताउने राई जल र जंगल र थलमा स्थानीय आदिवासीको अधिकार सुरक्षित रहनुपर्ने धारणा व्यक्त गर्नुहुन्छ। [१]

सन्दर्भ[सम्पादन गर्ने]