राष्ट्रिय परिचयपत्र (नेपाल)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
राष्ट्रिय परिचयपत्र
देश नेपाल
मन्त्रालयगृह मन्त्रालय, नेपाल
विमोचन३० सेप्टेम्बर २००१; २२ वर्ष पहिले (२००१-०९-30)
अवस्थासन् २०१८ नोभेम्बरदेखि मुद्रण सुरु[१]
वेबसाइटwww.nidmc.gov.np


राष्ट्रिय परिचयपत्र प्रत्येक व्यक्तिको लागि अद्वितीय पहिचान क्रमाङ्क नेपालको सङ्घीय स्तरको परिचयपत्र हो जुन नेपाली नागरिकहरूले उनीहरूको बायोमेट्रिक र जनसाङ्ख्यिकीय डेटाको आधारमा प्राप्त गर्न सक्छन्।[२] नेपाली नागरिकसँग सम्बन्धित सबै व्यक्तिगत जानकारी राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रद्वारा सङ्कलन गरिएको छ जुन नेपाल सरकारले गृह मन्त्रालयको क्षेत्राधिकार अन्तर्गत सन् २०११ जुलाईमा स्थापना गरेको वैधानिक प्राधिकरण हो।[३][४][५][६]

राष्ट्रिय परिचय पत्र (National ID) Form Online कसरी भर्ने ?

यो कार्डमा एक अद्वितीय क्रमाङ्क, तस्विर, व्यक्तिगत जानकारी र वाहकको दशवटै औँठाका छापहरू समावेश हुनेछ। पूर्ण कार्यान्वयनपछि यो कार्ड हालको 'नेपाली नागरिकता'लाई प्रतिस्थापन गर्नेछ र यसलाई राष्ट्रिय परिचय, व्यक्तिगत परिचय, मतदाता परिचय पत्रको रूपमा र यसको अद्वितीय क्रमाङ्कमार्फत सामाजिक सुरक्षा कार्डको रूपमा प्रयोग गरिनेछ।[७] यो कार्डले राहदानी, सवारी चालक अनुमतिपत्र जस्ता अन्य कागजातहरू प्रतिस्थापन गर्दैन।[८]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "राष्ट्रिय परिचयपत्र वितरण आजदेखि, सबैभन्दा पहिले १०१ वर्षीया भगवतीलाई", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २०२२-०१-०७ 
  2. "राष्ट्रिय परिचय पत्र बन्ने भो, लेखा समितिले दियो स्वीकृति", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २०२२-०१-०७ 
  3. "एनआइडिएमसीको बारेमा", राष्ट्रिय परिचयपत्र (अङ्ग्रेजीमा)। 
  4. "ई-पासपोर्टका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य, कहाँबाट कसरी लिने", बिबिसी नेपाली सेवा (नेपालीमा), अन्तिम पहुँच २०२२-०१-०७ 
  5. "सोमबारदेखि राष्ट्रिय परिचय पत्र वितरण", फरकधार (नेपालीमा), अन्तिम पहुँच २०२२-०१-०७ 
  6. "असी हजार जनताको हातमा राष्ट्रिय परिचयपत्र, गोपनीयताको चिन्ता उस्तै", बिबिसी नेपाली सेवा (नेपालीमा), अन्तिम पहुँच २०२२-०१-०७ 
  7. "के हो राष्ट्रिय परिचय पत्र के छन् यसका विशेषता ?", इन्फोपाना (नेपालीमा), २०१८-११-२२, अन्तिम पहुँच २०२२-०१-०७  वेब्याक मेसिन अभिलेखिकरण २०२२-०१-०७ मिति
  8. "राष्ट्रिय परिचय पत्र वितरण अन्तिम चरणमा", सेतोपाटी (नेपालीमा), अन्तिम पहुँच २०२२-०१-०७ 

3122134700== यो पनि हेर्नुहोस् ==