रुबिना क्षेत्री
| व्यक्तिगत जानकारी | |||||||||||||||||||||||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
| नाम | रुबिना क्षेत्री बेलबासी[१] | ||||||||||||||||||||||||||
| जन्म | २०५० मङ्सिर ११ (उमेर ३२) नेपाल | ||||||||||||||||||||||||||
| ब्याटिङ | दायाँ हाते | ||||||||||||||||||||||||||
| बलिङ | दायाँ हाते मध्यम गति | ||||||||||||||||||||||||||
| भूमिका | बलर | ||||||||||||||||||||||||||
| अन्तर्राष्ट्रिय जानकारी | |||||||||||||||||||||||||||
| राष्ट्रिय टोली | |||||||||||||||||||||||||||
| टिट्वान्टी पहिलो खेल (क्याप १) | १२ जनवरी २०१९ (वि.सं. २०७५) v चीन | ||||||||||||||||||||||||||
| अन्तिम टिट्वान्टी अन्तर्राष्ट्रिय | २२ मे २०२६ (वि.सं. २०८३) v मलेसिया | ||||||||||||||||||||||||||
| खेल जीवन तथ्याङ्क | |||||||||||||||||||||||||||
| |||||||||||||||||||||||||||
स्रोत: क्रिकइन्फो, ८ अक्टोबर २०२४ (वि.सं. २४ असोज २०८१) | |||||||||||||||||||||||||||
रुबिना क्षेत्री (जन्म: ११ मङ्सिर २०५०) नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीबाट दायाँ हाते मध्यम गतिको बलरका रूपमा खेल्ने नेपाली क्रिकेट खेलाडी हुन्। उनी नेरी थापाको ठाउँमा सन् २०१२ (वि.सं. २०६९) मा टोलीको कप्तान नियुक्त भएकी पूर्व कप्तान हुन्। सन् २००९ (वि.सं. २०६६) मा उनी अन्तर्राष्ट्रिय खेलमा नेपालका लागि ह्याट्रिक लिने पहिलो क्रिकेट खेलाडी बनेकी थिइन् र सन् २०१९ (वि.सं. २०७५) मा उनले महिला ट्वान्टी२० अन्तर्राष्ट्रिय (टि२०आई) मा नेपालको पहिलो ह्याट्रिक लिएकी थिइन्।
प्रारम्भिक जीवन र शिक्षा
[सम्पादन]क्षेत्री पूर्वी नेपालको झापा जिल्लाको मेचीनगर नगरपालिकामा पर्ने काँकडभिट्टाकी बासिन्दा हुन्।[२] उनलाई उनकी आमाले एक्लै हुर्काएकी हुन्,[३] र उनले झापाको नर्थ पोइन्ट स्कुलमा अध्ययन गरेकी थिइन्।[२] सानै उमेरदेखि उनी खेलकुदप्रति आकर्षित थिइन्। सुरुमा उनले टेबल टेनिस र भलिबल खेल्ने गरेकी थियन्।[४]
क्षेत्री १२ वर्षकी छँदा उनले पहिलोपटक क्रिकेट खेलेकी थिइन्।[४] उनको घर नजिकै एउटा मैदान थियो जहाँ उनका दाजु पवन क्षेत्री, उनका काका/मामाका छोरा र गाउँका अन्य केटाहरू क्रिकेट खेल्ने गर्दथे।[२][५] उनी आफ्नो घरको कौसी नजिकै बसेर उनीहरूलाई हेर्ने गर्थिन्। एक दिन उनी आफ्ना दाजुसँगै मैदानमा गइन् र खेलमा सामेल भइन्।[४][५]
क्षेत्री र उनका दाजुले विद्यालयमा पनि क्रिकेट खेल्थे र उनले त्यहाँ भलिबल पनि खेल्ने गर्थिन्।[२] उनलाई आफ्नो पढाइ र अन्य जिम्मेवारीहरूसँगै क्रिकेट गतिविधिलाई व्यवस्थापन गर्न कठिनाइ भएको थियो। यद्यपि, उनको परिवारले उनलाई प्रेरित गर्दै उनका निर्णयहरूको सम्मान गरेको थियो। उनी भारतका राहुल द्रविड र अस्ट्रेलियाका ब्रेट ली जस्ता आफ्ना आदर्श खेलाडीहरूबाट पनि प्रेरित भएकी थिइन्।[५]
अन्तर्राष्ट्रिय खेल जीवन
[सम्पादन]काठमाडौँमा भएको छनोट प्रतियोगिता खेलेपछि १५ वर्षको उमेरमा क्षेत्री राष्ट्रिय टोलीमा छनोट भएकी थिइन्। उक्त प्रतियोगितामा सहभागी नेपालगन्जको टोलीमा आठ जना खेलाडी पहिले नै राष्ट्रिय टोलीमा परिसकेका थिए र त्यो सबैभन्दा बलियो टोली थियो। सोही टोलीविरुद्ध क्षेत्रीले ४ ओभरमा मात्र ९ रन दिएर ६ विकेट लिएकी थिइन्, जसले गर्दा उनी राष्ट्रिय टोलीमा छनोट हुन सफल भएकी थिइन्।[५]
सन् २००९ जुलाई ४ (वि.सं. २०६६ असार २०) मा मलेसियाको पाण्डमारानस्थित सेलाङ्गोर टर्फ क्लबमा २००९ एसिसी महिला ट्वान्टी२० च्याम्पियनसिप अन्तर्गत सिङ्गापुरविरुद्ध अन्तर्राष्ट्रिय खेलमा पर्दापण गर्दा क्षेत्रीले खेलको अन्तिम ओभरमा बलिङ गर्दै इतिहास रचेकी थिइन्। पहिले ब्याटिङ गरेको नेपालले ७९/९ रन बनाएको थियो। क्षेत्रीले ओभर सुरु गर्दा सिङ्गापुरलाई जितका लागि ५ विकेट बाँकी छँदै मात्र दुई रन चाहिएको थियो। क्षेत्रीले पहिलो बल डट बल फ्याँक्दै, त्यसपछि ह्याट्रिक लिन सफल भएकी थिइन्। सोही खेलमा उनदे त्यसपछि एक वाइड र थप दुई विकेट लिएकी थिइन्। उनले ३-०-१२-५ को उत्कृष्ट बलिङ तथ्याङ्क सहित खेलको उत्कृष्ट खेलाडी घोषित भएकी थिइन्। दुवै टोलीको ७९ रन भएपछि खेल बाउल-आउटमा पुगेको थियो, जसलाई नेपालले जितेको थियो।[२][६]
नेपालका लागि जुनसुकै प्रकारको अन्तर्राष्ट्रिय क्रिकेटमा यो पहिलो ह्याट्रिक थियो।[२][६]
क्षेत्री सन् २०१२ (वि.सं. २०६९) मा नेरी थापाको ठाउँमा राष्ट्रिय टोलीको कप्तान नियुक्त भएकी थिइन्। उनले पहिलोपटक २०१२ महिला ट्वान्टी२० एसिया कपमा नेपालको कप्तानी गरेकी थिइन्।[७]
सन् २०१९ जनवरी १२ (वि.सं. २०७५ पुस २८) मा क्षेत्रीले २०१९ थाइल्यान्ड महिला टि२० स्म्यास प्रतियोगितामा चीनविरुद्ध नेपालको पहिलो महिला ट्वान्टी२० अन्तर्राष्ट्रिय (महिला टि२०आई) खेलमा कप्तानी गर्दै पर्दापण गरेकी थिइन्। नेपालले सो खेल १० विकेटले जितेको थियो।[८] क्षेत्रीले थाइल्यान्डको बैङ्ककमा भएको २०१९ आइसिसी महिला छनोट एसियामा पनि नेपालको प्रतिनिधित्व गरेकी थिइन्। यो प्रतियोगिता २०१९ आइसिसी महिला विश्व ट्वान्टी२० छनोट र २०२० महिला क्रिकेट विश्वकप छनोटका लागि एसिया क्षेत्रीय छनोट प्रतियोगिता थियो, जसबाट शीर्ष टोली दुवै छनोट प्रतियोगितामा पुग्ने प्रावधान थियो।[९] सन् २०१९ फेब्रुअरी २७ (वि.सं. २०७५ फागुन १५) मा एसिया छनोटको अन्तिम चरणको खेलमा क्षेत्रीले कुवेतविरुद्ध ह्याट्रिक लिँदै 'प्लेयर अफ द म्याच' बनेकी थिइन्;[१०][११][१२] यो महिला टि२०आई मा नेपालको पहिलो ह्याट्रिक थियो।[१३] नेपाल थाइल्यान्डपछि दोस्रो स्थानमा रहँदै प्रतियोगिता समाप्त गरेको थियो।[१४]
सन् २०२० सेप्टेम्बर (वि.सं. २०७७ असोज) मा नेपाल क्रिकेट सङ्घले महिला खेलाडीहरूका लागि पहिलोपटक केन्द्रीय सम्झौताको घोषणा गरेको थियो। क्षेत्री श्रेणी 'ए' का खेलाडीका रूपमा सम्झौता गरिएका ६ जना महिला खेलाडीहरूमध्ये एक थिइन्।
सन् २०२१ अक्टोबर (वि.सं. २०७८ कात्तिक) मा संयुक्त अरब इमिरेट्समा भएको २०२१ आइसिसी महिला टि२० विश्वकप एसिया छनोट प्रतियोगिताका लागि क्षेत्रीलाई नेपालको टोलीको कप्तान नियुक्त गरिएको थियो।[१५] सो प्रतियोगिताको तयारीका क्रममा उनले कतारमा कतारविरुद्धको तीन खेलको द्विपक्षीय शृङ्खलामा 'प्लेयर अफ द सिरिज' को उपाधि जितेकी थिइन्।[१६]
सन् २०२२ मे (वि.सं. २०७९ वैशाख/जेठ) को सुरुवातमा क्षेत्रीले संयुक्त अरब इमिरेट्सको दुबईमा भएको निजी रूपमा सञ्चालित २०२२ फेयरब्रेक इन्भिटेसनल टि२० मा बार्मी आर्मी टोलीका लागि दुई खेल खेलेकी थिइन्।[१७][१८] सोही महिनाको उत्तरार्धमा उनले नेपालको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा युगान्डा विरुद्धको पाँच खेलको द्विपक्षीय महिला टि२०आई शृङ्खलामा नेपालको कप्तानी गरेकी थिइन्।[१९] युगान्डाले शृङ्खला ३–२ ले जितेको थियो;[१९] तेस्रो खेलमा क्षेत्रीको उत्कृष्ट प्रदर्शन १५ बलमा १८* रन र १/१५ थियो,[२०] जुन खेल युगान्डाले ६ विकेटले जितेको थियो।[२१]
सन्दर्भ सामग्रीहरू
[सम्पादन]- ↑ "Thailand plays host as the road to the Women's T20 and 50-over World Cups begins", International Cricket Council, अन्तिम पहुँच १४ फेब्रुअरी २०१९।
- 1 2 3 4 5 6 Singh, Rishi (५ जुलाई २००९), "Rubina creates cricket history", The Himalayan Times (अङ्ग्रेजीमा), अन्तिम पहुँच २७ अप्रिल २०२२।
- ↑ "Rubina Chhetry: Captain, Nepal Cricket Team", Cow Corner podcast (अङ्ग्रेजीमा), Spotify, २४ जुलाई २०२१, अन्तिम पहुँच २७ अप्रिल २०२२।
- 1 2 3 Yadav, Vishal (८ जनवरी २०१९), "Female Cricket Interviews Rubina Chhetri – Captain of Nepal Women's National Cricket team", Female Cricket, अन्तिम पहुँच २७ अप्रिल २०२२।
- 1 2 3 4 Yadav, Vishal (७ अगस्ट २०१७), "Interview with Rubina Chhetri – Captain of Nepal Women's Cricket Team", Female Cricket, अन्तिम पहुँच २७ अप्रिल २०२२।
- 1 2 Singh, Rishi (५ जुलाई २००९), "Rubina bowls Nepal to thrilling win", The Himalayan Times (अङ्ग्रेजीमा), अन्तिम पहुँच २७ अप्रिल २०२२।
- ↑ "Rubina Chhetri", cricnepal.com, अन्तिम पहुँच १९ मार्च २०१७।
- ↑ "China vs. Nepal", ESPN Cricinfo, अन्तिम पहुँच २४ फेब्रुअरी २०१९।
- ↑ "ICC Women’s T20 World Cup Qualifier – Asia 2019 set to begin in Bangkok", International Cricket Council, अन्तिम पहुँच २४ फेब्रुअरी २०१९।
- ↑ "Full Scorecard of Kuwait Women vs Nepal Women 20th Match 2018/19 - Score Report", ESPNcricinfo, अन्तिम पहुँच २१ जुन २०२२।
- ↑ "Nepal win over Kuwait with captain's hat trick in Women's T20 Qualifier", Online Khabar (अङ्ग्रेजीमा), २७ फेब्रुअरी २०१९, अन्तिम पहुँच २१ जुन २०२२।
- ↑ "Nepal beats Kuwait but fails to reach qualifiers of ICC Women World Cup Cricket", myRepública (अङ्ग्रेजीमा), २७ फेब्रुअरी २०१९, अन्तिम पहुँच २१ जुन २०२२। अभिलेखिकरण ७ जुन २०२३ वेब्याक मेसिन
- ↑ "Hat-trick heroes: First to take a T20I hat-trick from each team", Women's CricZone, अन्तिम पहुँच ११ जुन २०२०। अभिलेखिकरण २८ जनवरी २०२३ वेब्याक मेसिन
- ↑ "Skipper Chhetri makes Nepal's exit memorable", The Kathmandu Post (अङ्ग्रेजीमा), २८ फेब्रुअरी २०१९, अन्तिम पहुँच २८ अप्रिल २०२२।
- ↑ "Nepal squad announced for Women's T20 World Cup Asia qualifiers in UAE", Czarsportz, अन्तिम पहुँच २७ अक्टोबर २०२१।
- ↑ Women's CricZone Staff (१८ नोभेम्बर २०२१), "Nepal whitewash Qatar 3-0 with huge win in final T20I", Women's CricZone (अङ्ग्रेजीमा), अन्तिम पहुँच २८ अप्रिल २०२२। अभिलेखिकरण २६ अप्रिल २०२५ वेब्याक मेसिन
- ↑ Radley, Paul (३ मे २०२२), "FairBreak Invitational 'about bringing different people from women's cricket together'", The National (Abu Dhabi) (अङ्ग्रेजीमा), अन्तिम पहुँच ३० मे २०२२।
- ↑ "Rubina Chhetry profile and biography, stats, records, averages, photos and videos", ESPNcricinfo, अन्तिम पहुँच ३० मे २०२२।
- 1 2 Dahal, Namita (२३ मे २०२२), "Nepal women's cricket team's loss of Uganda series: Captain Rubina Chhetry points out 5 reasons - OnlineKhabar English News", Online Khabar, अन्तिम पहुँच ३० मे २०२२।
- ↑ "All-round records | Women's Twenty20 Internationals | Cricinfo Statsguru", ESPNcricinfo, अन्तिम पहुँच ३० मे २०२२।
- ↑ "Full Scorecard of Nepal Women vs Uganda Women 3rd T20I 2022 - Score Report", ESPNcricinfo, अन्तिम पहुँच ३० मे २०२२।