रूपरेखा (पत्रिका)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रूपरेखा
श्रेणीसाहित्य पत्रिका
आवृतिमासिक/अर्ध-मासिक
संस्थापकश्रीरामदेव भट्टराई
स्थापना बर्षवि.सं २००९
देशनेपाल
प्रधान कार्यालयकाठमाडौँ
भाषानेपाली

रूपरेखा एक नेपाली साहित्यिक पत्रिका थियो।[१] यो मासिक रूपमा प्रकाशित हुन्थ्यो। यो पत्रिका नेपालको सबैभन्दा लामो समयसम्म चलेको साहित्यिक पत्रिकाहरूमध्ये एक थियो। यो बन्द हुनुभन्दा पहिले लगभग दुई दशकसम्म प्रकाशनमा थियो। धेरै प्रख्यात नेपाली लेखकहरूले यस पत्रिकामा आफ्नो काम प्रकाशित गरेर आफ्नो लेखन जीवन सुरु गरेका थिए।[२] यस पत्रिकामा भूपी शेरचन, शङ्कर लामिछाने, बैरागी काइँला लगायत अन्य थुप्रै नेपाली लेखकका कृतिहरू प्रकाशित भएका थिए।[३] यो पत्रिकाको प्रकाशक राष्ट्रिय पुस्तकालय हो। यो पत्रिकाको सम्पादन कार्य वासुदेव रिसालद्वारा हुने गरेको थियो। यसको पहिलो प्रति २००९ मा प्रकाशित भएको थियो। [४]

इतिहास[सम्पादन गर्नुहोस्]

यसको स्थापना श्री रामदेव भट्टराई र उनको समूहले वि.सं २००९ मा अर्ध-मासिक पत्रिकाको रूपमा गरेको थियो।[५] उत्तम कुँवर र बालमुकुन्द पाण्डेको सम्पादनमा यो पत्रिका फस्टाएको थियो। यस पत्रिकाले हिमानी, रचना, भानु, फूलपाती, मुकुट आदि साहित्यिक पत्रिकाहरूलाई पनि प्रेरित गरेको थियो। यो पत्रिका काठमाडौँको ढोका टोलस्थित रुपयन प्रेसबाट छापिएको थियो।[६]

पत्रिकाको २०० औँ अङ्कमा राजा वीरेन्द्रसँग नेपाली साहित्य र भाषाका बारेमा अन्तर्वार्ता लिइएको थियो, जसले पत्रिकाको लोकप्रियता बढाएको थियो।[७]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "A writer's legacy", kathmandupost.com (Englishमा), अन्तिम पहुँच १६ डिसेम्बर २०२१ 
  2. "नेपाली साहित्यका जब्बर काँध", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच १६ डिसेम्बर २०२१ 
  3. "गुमनाम पत्रिका", नेपाल म्याग (नेपालीमा), अन्तिम पहुँच १६ डिसेम्बर २०२१ 
  4. मदन पुरस्कार पुस्तकालय
  5. @therecord, "A history of magazines in Nepal - The Record", www.recordnepal.com (Englishमा), अन्तिम पहुँच १६ डिसेम्बर २०२१ 
  6. "Aksharang | Literary magazine | Sahityakala Patrika in Nepal", aksharang.com, अन्तिम पहुँच १६ डिसेम्बर २०२१ 
  7. "उत्तम कुँवरले सिर्जेको रुपरेखा युग", साहित्यपोस्ट (नेपालीमा), २४ मे २०२०, अन्तिम पहुँच १६ डिसेम्बर २०२१