रूपसा उपजिल्ला

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
रूपसा
রূপসা
—  उपजिल्ला  —
रूपसा बङ्गलादेश-এ অবস্থিত
रूपसा
रूपसा
बङ्गलादेशको नक्शामा रूपसा जिल्लाको अवस्थिति
देश Flag of Bangladesh.svg बङ्गलादेश
विभाग खुलना विभाग
जिल्ला खुलना जिल्ला
क्षेत्रफल
 - जम्मा १२०.१५ किमी (४६.४ वर्ग मी)
जनसङ्ख्या (१९९१)
 - जम्मा १५०,१८५
 जनघनत्व १,२५०/किमी (३,२३७.४/वर्ग मी)
समय क्षेत्र बङ्गलादेशी मानक समय (युटिसी+६)
वेबसाइट रूपसा उपजिल्लाको आधिकारिक नक्शा

रूपसा (बङ्गाली: রূপসা) बङ्गलादेशको खुलना जिल्लाको एक उपजिल्ला हो। यो उपजिल्ला खुलना विभाग अन्तर्गत पर्दछ। [१]

भूगोल[सम्पादन गर्ने]

रूपसा उपजिल्ला बङ्गलादेशको दक्षिण पूर्व भागमा पर्छ भने यो उपजिल्ला २२°४३' देखि २२°५२' उत्तर अक्षांश र ८९°३३' देखि ८९°४१' पूर्वी देशान्तरणमा अवस्थित छ। तेरखादा उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये १२०.१५ वर्ग किलोमिटर अोगटेको छ। यस उपजिल्लालाई तेरखादा उपजिल्लाले उत्तर, फकिरहाटबटियाघाटा उपजिल्लाले दक्षिण, सोल्लाहाट उपजिल्लाले पूर्व र कोतोयालीखालिशपुर उपजिल्लाले पश्चिमबाट घेरेको छ। रूपसा,भैरव, नबगङ्गा, बासेखाली आदि यस उपजिल्लाको प्रमुख नदी तथा नहरहरू हुन्।

इतिहास[सम्पादन गर्ने]

बङ्गलादेश मुक्ति अभियान सन् १९७१ अप्रिल ४ का दिनबाट देश व्यापी रुपमा शुरू भएको थियो भने यस युद्धका बेला यस क्षेत्रमा बसोबास गर्ने उर्दु मात्रृभाषा भएका मानिसहरूले (राजाकार) र पाकिस्तानी सेनाले यहाँ रहेका बङ्गाली मातृभाषा भएका स्थानीय मानिसहरूको सामूहिक हत्या, घरटहरामा आगजनी, महिला माथी दुर्ववहार, सामूहिक बलात्कार गरि आतङ्क मच्चाएका थिए। १० नोभेम्बर १९७१ का दिन भारतीय हवाईले गलती पूर्वक बङ्गलादेशी लडाकुहरूको पद्मा र पलाश नामक दुई जहाजलाई अाक्रमण गरेका थिए।

जनशाङ्खिकि[सम्पादन गर्ने]

जिल्ला विभाग प्रतिवेदनका अनुसार यस जिल्लाको कुल जनसङ्ख्या १६७६०४ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या ८६१७६ छ भने महिलाको जनसङ्ख्या ८१४२८ रहेको छ। धर्मका अाधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या १४११९८ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या २५९४७, बौद्ध धर्मवलम्बीको जनसङ्ख्या ४०६, इसाई धर्मवलम्बीको जनसङ्ख्या ४३ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या १० रहेको छ।[२] यस उपजिल्लामा १७५ मस्जिद, ५६ मन्दिर र २ गिर्जाघरहरू रहेको छ। रूपसा जामे मस्जिद, आइजजाँति जामे मस्जिद, सेनेरपुकुर जामे मस्जिद आदि यस उपजिल्लाका केही लोकप्रिय धार्मिक स्थलहरू हुन्। यस उपजिल्लाका १२.५२% जनसङ्ख्याले शुद्ध पिउने पानीका लागि पानी तान्ने मोटर र धारोको प्रयोग गर्दै आएका छन् भने ०.७६% ले पोखरी, १.१७% ले टुटी र २.०५% ले अन्य माध्यमबाट पानीको प्रयोग गर्दै आएका छन्। यस उपजिल्लाको कुल घरहरू मध्ये ४.१२% घरहरूमा अझै पनि सुविधा सम्पन्न अर्थात पक्की सौचालय सुविधा रहेको छैन। यस उपजिल्लामा २ उपजिल्ला स्वस्थ्य संस्था, १ उपजिल्ला परिवार नियोजन केन्द्र, ५ सङ्घ स्वस्थ्य तथा परिवार नियोजन केन्द्र तथा २० स्थानीय स्वस्थ्य संस्थाहरू रहेका छन्। सन् १९८८ र १९९८ मा आएको बाढी यस उपजिल्लाका थुप्रै मानिसहरूक‍ मृत्यु भएको थियो भने यस प्राकृतिक प्रकोपले घर, भवन तथा बाली नालीमा पनि ठूलो मात्रामा क्षति पुर्‍याएको थियो।


अर्थतन्त्र[सम्पादन गर्ने]

यस उपजिल्लाको अर्थतन्त्र मुख्यतया कृषिमा आधारित छ। यस उपजिल्लाका अधिकांश मानिसहरू किसान हुन्। यस उपजिल्लामा मुख्यतया धान, गहुँ, नरिवल, जुट, अदुवा लगायत अन्य अन्न बालीहरू उत्पादन गरिन्छ। यस उपजिल्लामा मुख्यतया, अाँप, कटहर, केरा, खरबुजा, मेवा, भुइँकटर, बदाम, लिची, कागती आदि उत्पादन हुँदै आएको छ। यस उपजिल्लामा धान कुटानी केन्द्र, गहुँ पिसानी केन्द्र, काष्ठ सामग्री उत्पादन केन्द्र, बरफ उद्योग, बिस्कुट उद्योग, कपास तथा कपडा उद्योग तथा प्लाष्टिक सामग्री उत्पादन कारखाना रहेका छन्। यस उपजिल्लाले मुख्यतया झिङे माछा, धान, बदाम लगायत मौसमी तरकारी र अन्य फलफूलहरू निर्यात गर्दै आएको छ। यस उपजिल्लामा लोपोन्मुख रहेको उखु र खैनी पनि निम्न मात्रमा उत्पादन गरिन्छ। यस उपजिल्लामा १९ हाटबजार तथा मेलाहरू सञ्चालन रहेका छन्। यस उपजिल्लामा लोपोन्मुख ठेला, गोरू गाडा र रथहरू सामान अोसारपसार तथा यातायातका साधन बन्द‌ै आएका छन्। यस उपजिल्लामा १२१ माछापालन केन्द्र, ६५ कुखुरापालन केन्द्र तथा ४० दुग्ध सङ्कलन केन्द्रहरू रहेको छ।

यस जिल्लाको मुख्य अाय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै २४.९९% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै मजदुरीमा १६.५७%, वाणिज्यमा २१.१४%, सञ्चार र यातायातमा ५.९७%, उद्योगमा १.८६% निर्माण क्षेत्रमा २.२६%, सुविधामा १३.८७%, धार्मिक सेवामा ०.२१%, वैदेशिक रोजगारी तथा भाडामा ०.४८% र अन्यमा १३.७५% रहेका छन्।[३]

प्रशासन[सम्पादन गर्ने]

प्रशासकीय रूपसा उपजिल्ला सन् १९८३ मा स्थापना भएको थियो।[४] हाल यस उपजिल्लामा ५ सङ्घ परिषद्, ६४ मौजा/महल्ला र ७५ गाउँहरू रहेका छन्। यस उपजिल्लाका सङ्घ परिषद्हरू प्रकार छन्; आइचगाती सङ्घ परिषद्, श्रीफलतला सङ्घ परिषद्, नैहाटि सङ्घ परिषद्, टिएसरि सङ्घ परिषद् र घाटभोग सङ्घ परिषद्।[५][६]

शिक्षा[सम्पादन गर्ने]

यस जिल्लाको कुल साक्षरता दर ५४.६८% रहेको छ जसमध्ये पुरुषको साक्षरता ५८.२३% छ भने महिलाको साक्षरता दर ५०.९३% रहेको छ। यस उपजिल्लामा ७ क्याम्पस, ५ माध्यमिक विद्यालय, ६५ प्राथमिक विद्यालय, ११ मदरसा र ६ अनाथ आश्रमहरू रहेका छन्। यस उपजिल्लाका केही उत्कृष्ट शिक्षण संस्थाहरू यस प्रकार छन्; बङ्गबन्धु क्याम्पस (सन् १९७२), रूपसा क्याम्पस (सन् १९८६), अजगडा माध्यमिक विद्यालय (सन् १८९८), नैहाटि माध्यमिक विद्यालय (सन् १९२०), बेफुलिया माध्यमिक विद्यालय (सन् १९४७), रूपसा कन्या उच्च विद्यालय, काजदिया मदरसा, बागसारा अाल अाकसा दाखिल मदरसा, नन्दनपुर दाखिल मदरसा आदि।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. Ashraful Islam Goldar (२०१२), "Rupsa Upazila", in Sirajul Islam and Ahmed A. Jamal, Banglapedia: National Encyclopedia of Bangladesh (Second संस्करण), Asiatic Society of Bangladesh 
  2. "Population Census Wing, BBS.", मूलबाट २००५-०३-२७-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर १०, २००६ 
  3. "রূপসা উপজেলা", বাংলাপিডিয়া 
  4. "खुलना जिल्लाका उपजिल्लाहरू", द बाङ्लादेश, अन्तिम पहुँच ३० सेप्टेम्बर २०१८ 
  5. "खुलना जिल्लाका उपजिल्लाहरूको सूची", काबिरहाट डटकम, अन्तिम पहुँच ८ जनवरी २०१५ 
  6. "खुलना जिल्लाका उपजिल्लाहरूको जानकारी", डब्ल्युपी ग्रुप बिडी, अन्तिम पहुँच १ अगष्ट २०१७