रूसको झण्डा
स्वरूप
| Триколор | |
| प्रयोग | नागरिक र राज्य झन्डा, नागरिक र राज्य सामुद्रिक झन्डा |
|---|---|
| अनुपात | 2:3 |
| लागू | |
| बनोट | तेर्सो तीन रंगे; सेतो, निलो र रातो |
| बनोटकर्ता | पिटर महान |
रूसको राष्ट्रिय झन्डा एक तिरंगा झन्डा हो जसमा तीन समान चौडाइको तेर्सो पट्टि छ। सबै भन्दा माथि सेतो, बीचमा निलो र सबैभन्दा तल रातो पट्टी रहेको छ।
झन्डाको को पहिलो प्रयोग रूसी व्यापारिक जहाजहरूक लागि गरिएको थियो र १६९६ मा रूसी जारशाहीको झन्डाको आधिकारिक बन्यो।
बोल्सेभिक क्रान्ति पश्चात् रूसी सोभियत गणराज्यको निर्माण भएपछि, रूसी तीनरङ्गे झन्डा प्रयोग अन्त्य गरियो। यसको प्रयोग रूसी गृहयुद्ध को दौरान श्वेत आन्दोलन र रूसी राज्यहरूले गरे। सोभियत सङ्घ को निर्माण भएपछि यसले सुनौलो हसियाँ हथौडा भएको रातो झन्डा प्रयोगमा ल्यायो।
इतिहास
[सम्पादन गर्नुहोस्]पिटर महानले बनाएको झन्डाको स्केच, १६९९ १८९६ भन्दा अघि र पछिको
रूसको राष्ट्रिय झन्डाMagazine cover of
white émigré, 1932बोरिस येल्तसिन १९९१ को कु प्रयासको दौरान झन्डा फहराउदै,
प्रतीक
[सम्पादन गर्नुहोस्]रूसी झन्डा को रङको अर्थ सम्बन्धी विभिन्न व्याख्या छन्। सेतो रङले कुलीनता र स्पष्टताको प्रतीक, निलो रङले निष्ठा, ईमानदारी, निर्दोषता र नैतिकताको लागि, र रातो रङले साहस, उदारता र प्रेम प्रतिनिधित्व गर्छ।[१]
झलक
[सम्पादन गर्नुहोस्]- रूसी महासङ्घको राष्ट्रपतिको आधिकारिक मानक
- पुटिनको पछाडी रहेको रूसी तिरंगा
- इडनबर्ग को रूसी कन्सुलेटमा रहेको रूसी झन्डा
- रूसी राजदुतको कारमा रहेको रूसी झन्डा
- अप्रिल २, १९९६ मा हस्ताक्षर गरिएको रुस र बेलारुसको सन्धिको सम्झनामा जारी गरिएको हुलाक टिकट
- २०१९ को विजय दिवसको परेडको क्रममा रूसी झन्डा र विजय झन्डा