हँसिया हथौडा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सोभियत संघको राज्य झण्डाबाट एक रातो हँसिया हथौडा डिजाइन (1955-1991)
स्टेट हिस्टोरिकल सङ्ग्रहालयमा प्रदर्शन गरिएको हथौडा र हँसिया।

हँसिया-हथौडा ( युनिकोड : "☭") [क] प्रतीक हो जसको अर्थ सर्वहारा एकता - किसान र मजदुर-वर्ग बीचको एकतालाई जनाउँछ। यसलाई पहिलो पटक रुसी क्रान्तिको दौरान स्वीकार गरिएको थियो, हथौडाले कामदारहरूको र हँसियाले किसानहरूको प्रतिनिधित्व गर्छ। [१]

पहिलो विश्वयुद्ध (जुन रसिया १९१७ मा युद्धबाट फिर्ता भएको थियो) र रूसी गृहयुद्ध पछि हँसिया-हथौडा सोवियत सङ्घ भित्रको श्रम र अन्तर्राष्ट्रिय सर्वहारा एकताको प्रतीकको रूपमा धेरै प्रयोग भयो। यसलाई विश्वभरिका धेरै कम्युनिष्ट आन्दोलनहरूले,केहि स्थानीय भिन्नताका साथ लिएका थिए। आज, सोभियत संघको विघटन पछि पनि हँसिया-हथौडा रूस र अन्य पूर्व सङ्घीय गणतन्त्रहरूमा सामान्य रहेको छ तर केही अन्य पूर्व कम्युनिष्ट मुलुकहरूमा र साम्यवादलाई कानूनले प्रतिबन्धित गरेको देशहरूमा, यसको प्रदर्शन निषेध गरिएको छ। भियतनामचीन जस्ता समाजवादी देशहरूमा पनि हँसिया-हथौडा सामान्य छ।

इतिहास[सम्पादन गर्नुहोस्]

चिली पेसोले १८९५ र १९४० को बीचमा हँसिया-हथौडा प्रतीक प्रयोग गर्‍यो

मजदुर प्रतीकवाद[सम्पादन गर्नुहोस्]

कृषि तथा मजदुरको साधन र र उपकरणहरू लामो समयदेखि सर्वहारा संघर्षको लागि प्रतीकको रूपमा प्रयोग गरिएको छ।

हँसिया र हथौडाको संयोजनले किसान र निर्माण श्रमिकहरूको संयोजनको प्रतीक हो। सोभियत सङ्घले यसको राजनीतिक इन्स्ट्रुमेलाइजेसन गर्नु भन्दा पहिले यसको प्रयोगको एउटा उदाहरण १८९५ देखि चिलीको मुद्रामा प्रसारण भएको पाइन्छ। [२]

स्थापना[सम्पादन गर्नुहोस्]

१९१७ मा, भ्लादिमीर लेनिन र एनाटोली लुनाचार्स्कीले सोभियत प्रतीकको निर्माण गर्न प्रतिस्पर्धा आयोजना गरे। विजेता डिजाईन हँसिया-हथौडा सूर्यको किरणमा ग्लोबको शीर्ष भागमा हथौडा र हँसिया जसको चारैतिर अन्नको मालाले घेरिएको थियो र पाँच-पोइन्ट तारा मुनि छ भाषाहरूमा ( रूसी, यूक्रेनी, बेलारूसी, जर्जियन, अर्मेनियाई र अजरबैजानी ) , " विश्वका सर्वहारावर्गहरू, एक हौँ " भन्ने शिलालेख भएको डिजाइन बिजेता भयो। यसले मूल रूपमा तरवार थियो, तर लेनिनले हिंसात्मक अर्थ मन नपराउनाले कडा आपत्ति जनाए । [३] विजेता डिजाइनर येगेगेनी इवानोविच कमजोलकिन (१८८५-१९५७) थिए।

अर्थ[सम्पादन गर्नुहोस्]

हालको प्रयोग[सम्पादन गर्नुहोस्]

उत्तर-सोभियत राज्यहरू[सम्पादन गर्नुहोस्]

कम्युनिष्ट पार्टीहरू[सम्पादन गर्नुहोस्]

भिन्नताहरु[सम्पादन गर्नुहोस्]

कला[सम्पादन गर्नुहोस्]

कानूनी स्थिति[सम्पादन गर्नुहोस्]

पूर्वी ब्लकका कयौं देशहरूमा, हँसिया हथौडालाई "सर्वसत्तावादी र अपराधिक विचारधारा"को प्रतीकको रूपमा परिभाषित गर्ने कानुन छ र हँसिया-हथौडा र रातो तारा जस्ता कम्युनिस्ट प्रतिकहरूको सार्वजनिक प्रदर्शनलाई अपराध मानिन्छ। जर्जिया [४], हङ्गेरी[५], लात्भिया[६], लिथुआनिया[७], मोल्दोभा (२०१२ अक्टोबर १-२०१३ जुन ४)[८]युक्रेन [९][१०][११] ले हँसिया-हथौडा सहितका कम्युनिष्ट प्रतीकहरू प्रतिबन्ध गरेका छन्। इस्टोनियाले पनि यस्तै किसिमको कानुन ल्याएको थियो, तर प्रारम्भिक चरणमा नै फेल भयो ।

उपयोग[सम्पादन गर्नुहोस्]

युनिकोड[सम्पादन गर्नुहोस्]

युनिकोडमा, "हँसिया हथौडा" प्रतीक U + 262D (☭) हो। यो विविध प्रतीकहरू (2600-26FF) कोड ब्लकको अंश हो। प्रणालीहरूमा जहाँ कम्पोज कि उपलब्ध छ, यो [Compose]+CCCP रूपमा लेख्न सकिन्छ। यो १९९३ मा युनिकोड १.१ मा थपिएको थियो । [१२]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ[सम्पादन गर्नुहोस्]

  1. "Flag of Union of Soviet Socialist Republics", Encyclopedia Britannica (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१९-११-३० 
  2. "Chilean peso design, 1894", अन्तिम पहुँच ७ मे २०१८ 
  3. "The Hammer and Sickle: The Role of Symbolism and Rituals in the Russian Revolution", अन्तिम पहुँच ३ अगस्ट २०१४ 
  4. Communist symbols to be banned in Georgia, BBC News, ४ मे २०१४, अन्तिम पहुँच १३ मे २०१४ 
  5. "Act C of 2012 on the Criminal Code, Section 335: Use of Symbols of Totalitarianism", Ministry of Interior of Hungary, पृ: ९७, अन्तिम पहुँच २१ फेब्रुअरी २०१७, "Any person who: a) distributes, b) uses before the public at large, or c) publicly exhibits, the swastika, the insignia of the SS, the arrow cross, the sickle and hammer, the five-pointed red star or any symbol depicting the above so as to breach public peace – specifically in a way to offend the dignity of victims of totalitarian regimes and their right to sanctity – is guilty of a misdemeanor punishable by custodial arrest, insofar as they did not result in a more serious criminal offense." 
  6. Latvia Bans Soviet, Nazi Symbols, RIA Novosti, २१ जुन २०१३, अन्तिम पहुँच १४ सेप्टेम्बर २०१४ 
  7. "Lithuanian ban on Soviet symbols", BBC News, १७ जुन २००८। 
  8. "Moldovan Parliament Bans Communist Symbols", Radio Free Europe, १२ जुलाई २०१२। 
  9. "Ukraine Bans Soviet-Era Symbols", The Wall Street Journal 
  10. LAW OF UKRAINE. On the condemnation of the communist and national socialist (Nazi) regimes, and prohibition of propaganda of their symbols 
  11. "Про засудження комуністичного та націонал-соціалістичного ... - від 09.04.2015 № 317-VIII", rada.gov.ua। 
  12. "☭ Hammer and Sickle Emoji", emojipedia.org (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१९-१०-११ 


उद्दरण त्रुटी: <ref> tags exist for a group named "lower-alpha", but no corresponding <references group="lower-alpha"/> tag was found