सामग्रीमा जानुहोस्

सर्वहारा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
राउमानियाको कम्युनिष्ट क्रान्तिकारी पोस्टर जसमा झण्डामा 'विश्वभरका सर्वहारावर्गलाई एक हौ ' लेखिएको छ

सर्वहारा (प्रोलितारियत / प्रोलिटेरियट​ /proletariat / prolietriot / Proletariat) समाजशास्त्र, राजनीति,अर्थशास्त्र मा समाजको तल्ल्लो श्रेणिको मानिसलाई भनिन्छ , जो अक्सर शारीरिक श्रमबाट जिविका चलाउंँछन्। औद्योगिक समाजमा प्रायः कारखानामा काम गर्ने मजदुरहरूलाई प्रोलिटेरियट​' भनिन्थ्यो तर कहिलेकाँही किसानहरू र अन्य कडा परिश्रम गर्ने व्यक्तिहरू पनि यसमा सामेल थिए।

'प्रोलिटेरियट' मूल रूपमा ल्याटिन शब्द हो र यसको प्रयोग प्राचीन रोम मा शुरू भयो। परम्परागत रूपमा, यो शब्द आफ्न्नो बच्चाहरू बाहेक कुनै पूँजी नभएकाहरूका लागि प्रयोग गरिन्थ्यो। ल्याटिन भाषामा ' प्रोलेस ' को अर्थ 'बच्चा' हो। []

कम्युनिष्ट विचारमा

[सम्पादन गर्नुहोस्]

कम्युनिष्ट (मार्क्सवादी) विचारधारामा समाज मा दुई मुख्य वर्गहरू छन् - बुर्जुवाझी (बुर्जुवा वर्ग , पूँजीवादी) र प्रोलिटेरियट मजदुर वर्ग)। मार्क्सवादी दृष्टिकोणमा पूँजीपति वर्गका मानिसहरु सँधै पैसा सङ्कलन गर्न र आफ्नो सम्पत्ति सुरक्षित राख्नमा लागेका हुन्छन र उनीहरूको मुख्य उद्देश्य मुख्य उद्देश्य समाजमा आफ्नो उच्च स्थान र आर्थिक नियन्त्रण कायम गर्नु हो। बुर्जुवाहरूले प्रशस्त उब्जनीको जमिन, कारखानाहरू र आर्थिक गतिविधिका अन्य साधनहरू कब्जा जमाएर बसेका छन्। प्रोलिटेरियटहरू जीवनी चलाउन आफ्नो आय आर्जनका अन्य कुनै साधन नभएको कारण कारखानामा काम गर्न बाध्य छन्। यस तरिकाले, पूँजीपति वर्गले प्रोलिटेरियटको श्रमबाट लाभ उठाउँदछन् र , र प्रोलिटेरियटहरूले कठिनाइ र गरीबीमा बस्नु पर्छ। अन्य विचारधाराले यस मार्क्सवादी दृष्टिकोणमा गल्ती निकाल्छन् । [] []

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]
  1. Western Man and the Modern World: Origins of Western civilization, Leonard Frank James, Pergamon, 1973, ... This class of people who had nothing to give the state except their children were called the 'proletariat', after the Roman word 'proles', meaning offspring ...
  2. Essentials of Sociology, David B. Brinkerhoff, Lynn K. White, Suzanne T. Ortega, pp. 145, Cengage Learning, 2007, ISBN 978-0-495-09636-8, ... The bourgeoisie is the class that owns the tools and materials for their work—the means of production. The proletariat is the class that does not own the means of production ...
  3. Analyzing Politics: An Introduction to Political Science, Ellen Grigsby, pp. 114, Cengage Learning, 2011, ISBN 978-1-111-34277-7, ... The bourgeoisie is the class that lives primarily by purchasing the labor power of others and using this labor to operate the factories and businesses owned by the bourgeoisie. Thus, generally, the proletariat consists of people who work for wages ...