रेफरेन्स डट कम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रेफरेन्स डट कम
साइटको प्रकार
उपलब्ध भाषा
  • अङ्ग्रेजी
  • स्पेनी
मालिकआइएसी
युआरएलरेफरेन्स.कम
अलेक्सा क्रमह्रास १,६३२ (१५ अगस्ट २०१६ (2016-08-15) अनुसार)[१]
चालु भएको मितिफेब्रुअरी 1997; २७ वर्ष अघि (१९९७-०२)

रेफरेन्स डट कम (अङ्ग्रेजी: Reference.com) एक अनलाइन विश्वकोश हो जसले जानकारी प्रश्नोत्तरको ढाँचामा प्रदर्शन गर्छ । लेखहरूलाई श्रेणीबद्ध रूपमा सङ्गठन गरिन्छ ।

आइएसीले रेफरेन्स डट कमको अधिग्रहण गर्नु अघि उक्त साइटमा सन्दर्भ सामग्री र उद्धरणको खुलासा गरिन्थ्यो ।

इतिहास[सम्पादन गर्नुहोस्]

इन रेफरेन्सले फेब्रुअरी १९९७ मा रेफरेन्स डट कमको स्थापना गरेको थियो ।[२] पछि लेक्सिको पब्लिशिङ ग्रूपले साइटको अधिग्रहण गर्यो । सन् २००५ मा रेफरेन्स डट कमले विकिपिडियाका लेखहरूको सङ्ग्रह गर्ने घोषणा गर्यो ।[३] सन् २००७ मा यस साइटलाई इन्टरनेटको दुई सयौँ उत्कृष्ट वेबसाइटको दर्जा दिइयो ।[४] गुगलले कुनै पनि शब्द खोज्दा डिक्शनरी डट कमको परिभाषालाई मान्यता दिएको भएर यसको प्रसिद्धि बढेको थियो । सन् २००९ मा गुगलले आफ्नै अनलाइन शब्दकोश निकाल्नु भन्दा केही समय पहिले डिक्शनरी डट कमको सट्टा आन्सर्स डट कमको परिभाषालाई मान्यता दिन थालेपछि गुगल र डिक्शनरी डट कम बिचको सम्बन्धमा दरार उत्पन्न भएको थियो । कुनैकुनै शब्दहरूको परिभाषा देखाउन गुगलले डिक्शनरी डट कमको नै प्रयोग गर्छ । ३ जुलाई २००८ मा आइएसीले लेक्सिको पब्लिशिङ ग्रूपका साथ थेसौरस डट कम, रेफरेन्स डट कम र डिक्शनरी डट कमको अधिग्रहण गरेको थियो ।[५][६]

स्रोत[सम्पादन गर्नुहोस्]

रेफरेन्स डट कमले बाह्य स्रोतहरूबाट आफ्नो जानकारी हासिल गर्छ ।[७] यी स्रोतअन्तर्गत अनलाइन शब्दकोश, विश्वकोश, विकिपिडिया लेख र अन्य मेलिङ्ग सूची पर्दछन् ।[८][९]

प्रयोगकर्ता ट्र्याकिङ[सम्पादन गर्नुहोस्]

सन् २०१० मा द वाल स्ट्रीट जर्नलले प्रयोगकर्ता ट्र्याकिङ गर्ने साइटहरूको सूची बनाउँदा रेफरेन्स डट कमले एक चोटीमा नै २३४ ट्र्याकिङ कुकी जडान गरेको खुलासा गर्दै प्रथम स्थान प्राप्त गर्यो ।[१०]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "रेफरेन्स डट कम साइटको जानकारी ।", अलेक्सा इन्टरनेट, अन्तिम पहुँच १५ अगस्ट २०१६  वेब्याक मेसिन अभिलेखिकरण २०२१-०४-१० मिति
  2. "इन्टरनेट फोरम साइटको रूपमा रेफरेन्स डट कम ।", बिजनेस वायर, १० जुलाई २०१९।  = Archive.today अभिलेखिकरण २०१३-०१-२५ मिति
  3. "रेफरेन्स डट कमद्वारा विकिपिडिया लेखहरूको सङ्ग्रह ।", लेक्सिको पब्लिशिङ ग्रूप, १५ सेप्टेम्बर २००५, मूलबाट १० जुलाई २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच ३० अक्टोबर २००८  वेब्याक मेसिन अभिलेखिकरण २००९-०२-२५ मिति
  4. "रेफरेन्स डट कमको ट्राफिक जानकारी ।", अलेक्सा। [dead link]
  5. अचार्ड, एरिक (३ जुलाई २००८), "आस्क डट कमले डिक्शनरी डट कमको अधिग्रहण बन्द गर्छ ।" 
  6. "आस्क डट कमले डिक्शनरी डट कमको अधिग्रहण बन्द गर्छ ।", सीनेट, ४ जुलाई २००८। 
  7. "डिक्शनरी डट कमबारे ।", Reference.com, मूलबाट २६ सेप्टेम्बर २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच २४ नोभेम्बर २०१७ 
  8. ट्रेसी स्वेड्लो (१२ फेब्रुअरी १९९७), "यूजनेटका वेब सुविधाहरू ।", पिसी वर्ल्ड, मूलबाट ५ जून २०११-मा सङ्ग्रहित।  वेब्याक मेसिन अभिलेखिकरण २०११-०६-०५ मिति
  9. एन्थोनी रामिरेज (४ जनवरी १९९८), "रिपोर्ट: न्यू योर्क अनलाइन ।", द न्यू योर्क टाइम्स 
  10. "तपाईँहरूलाई ट्र्याक गर्ने वेबसाइटको ट्र्याकिङ ।", फ्रेश एयर, अगस्ट १९, २०१०, अन्तिम पहुँच १४ सेप्टेम्बर २०१० 

बाह्य कडी[सम्पादन गर्नुहोस्]