रोबर्टो कार्लोस

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रोबर्टो कार्लोस
रोबर्टो कार्लोस २००७मा
व्यक्तिगत जानकारी
पुरा नाम रोबर्टो कार्लोस डा सिल्भा रोचा
जन्म मिति (1973-04-10) १० अप्रिल १९७३ (उमेर ५०)
जन्म स्थान गार्क, साओ पाउलो, [[ब्राजिल]]
उचाइ १.६८ मी (५ फिट ६ इन्च)
खेल्ने स्थान(हरू) देब्रे-पछाडी
क्लब जानकारी
वर्तमान टोली
Akhisar Belediyespor
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
१९९१–१९९३ União São João
१९९३–१९९५ Palmeiras ४४ (३)
१९९५–१९९६ इन्टर मिलान ३० (५)
१९९६–२००७ रियल म्याड्रिड ३७० (४७)
२००७–२००९ फेनर्बाचे एस.के. ६५ (६)
२०१०–२०११ Corinthians ३५ (१)
२०११–२०१२ Anzhi Makhachkala २९ (४)
जम्मा ५७३ (65)
अन्तर्राष्ट्रिय करियर
१९९२–२००६[१] ब्राजिल १२५ (११)
प्रबन्धक करियर
२०११ Anzhi Makhachkala (Assistant)
२०१३–२०१४ Sivasspor
२०१५– Akhisar Belediyespor
*क्लब घरेलु लिग उपस्थिति र गोल

रोबर्टो कार्लोस डा सिल्भा रोचा(जन्म सन् १९७३ अप्रिल १०), सामान्य रूपमा रोबर्टो कार्लोस पूर्व ब्राजीलियन फुटबलर हुन् । उनले आफ्नो करियर ब्राजिलमा अग्रपङ्क्तीको खेलाडीका रूपमा सुरू गरेपनि आफ्नो करियरको लामो समय बायाँ डिफेन्डरको रूपमा बिताए । उनलाई फुटबलको इतिहाँसमा सबभन्दा आक्रामक लेफ्ट ब्याकका रूपमा लिइन्छ । उनले "द बुलेट मेन"को उपनाम पाएका थिए जसको कारण उनको घुमाउरो फ्रि किक थियो । उनले १६९ किमी/घण्टाको गतिमा फ्रि किक हानेका छन् ।[२] उनी आफ्नो आन्तरिक बल/स्टेमिना, दौडने वेग, तकनीकि कौशल, क्रस निकाल्ने क्षमता, लामो थ्रो इन र २४ इन्च मोटो तिघ्राका कारण प्रसिद्ध छन् । सन् १९९७ मा उनी फिफा वर्ष खेलाडी हुन चुकेका थिए र दोस्रो स्थानमा रहे । ब्राजिल लाई २००२ को विश्वकप जिताउन र १९९८ को विश्वकपको फाइनलसम्म पुर्याउन उनले ठूलो भुमिका निभाएका थिए।

क्लब ईतिहास[सम्पादन गर्नुहोस्]

सन् १९९१ मा ब्राजीलको युनिव साव जाव क्लबबाट व्यवसाहिक फटबलको रूपमा सुरुवात गरेका थिए , १९९२ मा उनी खेले एट्लिटिको मिनीरो क्लब गएर खेले ।

सन् १९९३ मा उनी ब्राजीलकै पाल्मारीस क्लबबाट खेल्न सुरु गरे र सन् १९९५ (२ वर्ष) सोही क्लबमा रहे, पाल्मारीस क्लबबाट ४४ खेलमा ३ गोल पनि गरे ।

सन् १९९५ मा इटालियन क्लब इन्टर मिलान गए र मात्र १ सिजन खेले र पहिले खेलमै लोभलाग्दो ३० याड दुरीको फ्री किक गोल गरे । इन्टर मिलानमा ३० खेलमा ५ गोल गरे ।

सन् १९९६ मा उनी स्पेनीस क्लब रियल म्याड्रिड गए, र त्यहाँ ३ नं. लगाएर बायाँ पछाडी (लेफ्ट ब्याक) स्थानबाट ११ सिजन १९९६/९७ देखी २००६/०७ सम्म ५८४ खेलमा ७१ गोल गरे ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]