सामग्रीमा जानुहोस्

रोविन तामाङ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रोविन तामाङ
वास्तविक नामरोविन तामाङ
जन्मसिङ्गापुर,
विधारक सङ्गीत , हार्ड रक
पेशागायक, सङ्गीतकार, अभिनेता
सक्रिय वर्षसन् १९९६-हाल

रोविन तामाङ एक नेपाली गायक, सङ्गीतकार, अभिनेता र रक ब्यान्ड रोबिन र न्यु रिभोल्युसनका संस्थापक हुन्। [१]

व्यक्तिगत जीवन

[सम्पादन]

रोविनको जन्म सिङ्गापुरमा ब्रिटिस सेनाको परिवारमा भएको थियो। उनी आफ्नो परिवारमा रहेका पाँच भाई/बहिनी मध्ये कान्छा थिए। उनको बुबा ब्रिटिस सेनामा कार्यरत रहेका कारण विभिन्न देशहरूमा काम गर्नुपर्ने भएकोले रोविनको वाल्यकाल हङकङ, सिङ्गापुर र ब्रुनाईमा बितेको थियो।[२]

सिङ्गापुरमा प्रारम्भिक विद्यालय शिक्षाको क्रममा उनले जिमी हेन्ड्रिक्स र डिप पर्पलको गीतहरू सुन्थे जुन उनको लागि प्रेरणाको स्रोत बन्न पुगेका थिए। टोरन्टोको हम्बर कलेजमा सन् १९८० तीर कलेजमा अध्य्यन गरिरहेको समयमा उनले आफ्नो दोस्रो ब्यान्ड 'तामाङ' गठन गरेर विभिन्न रङ्गमंचमा प्रदर्शन गरेका थिए।[३]

सन् १९९६ मा, नेपाल फर्केर उनी आफ्नो बुबाको गृहस्थान पोखरा जानुभयो र रक ब्यान्ड 'लुजा'मा सामेल हुनुभयो। उनले लुजासँग विभिन्न स्थानमा प्रदर्शन गरे तर सन् २००५ मा यो समूह बिघटन भएपछि यो यात्राको अन्त भएको थियो। [४] [५]

एल्बमहरू

[सम्पादन]
  • केटा केटी, सन् २००६
  • हाम्रो देश, सन् २०१०
  • नेपाल, सन् १९९८
  • १३०००, सन् २००१

गीतहरू

[सम्पादन]
क्रस गीत सङ्गीत गीत लेखन विधा ब्यान्ड
१ अधुनिकको आगमनमा रोविन तामाङ रक रोबिन र लुजा
२ सबै बारे रोविन तामाङ रक रोबिन र न्यु रिभोल्युसन
३ बिराताको चिनो रोविन तामाङ रोविन तामाङ रक
४ दम मारो दम रोविन तामाङ रक रोबिन र न्यु रिभोल्युसन
५ फ्री वर्ल्ड रोविन तामाङ रक रोबिन र लुजा
६ म सुन्न सक्छु रोविन तामाङ रक रोबिन र लुजा
७ कल्पना रोविन तामाङ रक रोबिन र न्यु रिभोल्युसन
८ केटा केटी रोविन तामाङ रक रोबिन र न्यु रिभोल्युसन
९ माइला भाइ रोविन तामाङ रक रोबिन र लुजा
१० माया देउ धोका न देउ रमन सिंह

रोविन तामाङ

नवीन के भट्टराई पप
११ मेरो माया रोविन तामाङ रक रोबिन र लुजा
१२ पाटन रोविन तामाङ रक रोबिन र न्यु रिभोल्युसन
१३ स्टारी स्टारी नाइट रोविन तामाङ रक रोबिन र लुजा
१४ ठीकै छ रोविन तामाङ रक रोबिन र लुजा

[६]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ "Robin’s Nepal", २५ जनवरी २००२।
  2. ↑ "Nepalese band Robin and the New Revolution set to rock Dubai - The National", मूलबाट २०१७-०२-०६-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-०२।
  3. ↑ https://the-gypsy-life.com/tag/robin-tamang/
  4. ↑ "Legendary singer Robin Tamang – Boss Nepal", मूलबाट २०२०-१०-१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-०२।
  5. ↑ "Biography: Robin Tamang - Nepali Film Reviews", मूलबाट २०१७-०७-२८-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-०२।
  6. ↑ http://www.nepalicollections.com/artist.php?id=152 अभिलेखिकरण २०१३-०८-१५ वेब्याक मेसिन