लंगकावी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
लंगकावी जिल्ला
दारेह लंगकावी
Lua error in मोड्युल:Location_map at line 552: खुलाइएको स्थान नक्सा परिभाषा भेटिएन: "Module:Location map/data/Malaysia" उपलब्ध छैन्.
निर्देशाङ्क: Lua error in package.lua at line 80: module 'Module:ISO 3166/data/MY' not found.
क्षेत्रफल
 • जम्मा४७८.४८ किमी (१८४.७४ वर्ग माइल)
जनसङ्ख्या
 (२०१०)
 • जम्मा८५,५८८
 • घनत्व१८०/किमी (४६०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+८ (मलेसियाको प्रमाणिक समय)
 • ग्रीष्म (डिएसटी)युटिसी+८
Postcode
07xxx
सम्पर्क कोड+6-09
Vehicle registration platesKV
लंगकावी, केदहाको गहना

Langkawi Permata Kedah
لڠكاوي ڤرمات قدح
浮罗交怡宝石之岛
कुहा शहरको एक दृश्य, लंगकावी टापुको व्यापारीक केन्द्र
कुहा शहरको एक दृश्य, लंगकावी टापुको व्यापारीक केन्द्र
आदर्श वाक्य(हरू): 
Bandaraya Pelancongan ("पर्यटनको शहर")
स्थापना१९५७
अनुमतित नगर स्थिति२००१
सरकार
 • राष्ट्रपतिअब्दुल बारि अब्दुल्ला[१]
जनसङ्ख्या
 (२०१० स्थानीय सरकार)
 • जम्मा८५,५८८
वेबसाइटmplbp.gov.my

लंगकाली मलेसियाको उत्तर पश्चिम मुख्य क्षेत्रबाट ३० किलोमिटर टाढा रहेको टापुहरूबाट मिलेर बनेको जिल्ला हो । यो टापुहरू केदाह प्रान्तमा रहेको र थाइल्याण्डको सिमानासँग जोडिएको छ ।

लंगकाली प्रशासनिक जिल्ला समेत हो भने यसको सबै भन्दा ठूलो शहर कुहा हो । लंगकावी ड्युटी फ्रि टापु पनि हो । [२]

उत्पत्ती[सम्पादन गर्ने]

डाटारान हेलांग (इगल स्क्वायर)

लंगकावी नाम १५ औँ शताब्दीमा समेत रहेको मान्यता रहेता पनि १६ औँ शताब्दीमा लंगकावी टापुको विभिन्न नामहरू लंगा, लंगाका, लंसुरा तथा लंगापूराबाट नक्शामा नामाकरण भएको देखिन्छ । [३]

भूगोल[सम्पादन गर्ने]

लंगकावीको नक्शा

लंगकावी, ९९ वटा टापुहरूको समुह हो जसलाई मलेसियाको मुख्य भुभागबाट मलाकाको नहरले छुट्याएको छ । यो केदाह प्रान्तको एक जिल्ला हो र पश्चित केदाह भन्दा करिब ५१ किलोमिटरको दुरीमा अवस्थित रहेको छ । यसका टापुहरूको कुल स्थल ४७,८४८ हेक्टर रहेको छ । यसको मुख्य टापुको उत्तर देखि दक्षिणसम्मको दुरी करिब २५ किलोमिटरको रहेको छ ।

मौसम[सम्पादन गर्ने]

लंगकावीमा बार्षिक २४०० एम एम वर्षा हुने गर्दछ । यहाँ डिसेम्बर देखि फेब्रुअरीसम्म सुख्खा मौसम रहने गर्दछ । मार्च देखि नोभेम्बरसम्म लामो वर्षाको मौसम रहने गर्दछ ।

जनसङ्ख्या[सम्पादन गर्ने]

लंगकावीको ९९ टापुहरू मध्ये चार टापुहरू लंगकावी, टुवा, रेवाक तथा दयांग बुन्टुंगमा मानिसको बसोबास रहेको छ । यस क्षेत्रको जनसङ्ख्या करिब ९९,००० रहेको छ । जसमा लंगकावीको ६५ हजार यस मध्ये ९० प्रतिशत मलेय रहेका छन् । अन्य जातिहरू जस्तै चिनिया, भारतीय तथा थाईहरू पनि रहेका छन् । अन्य मुख्य धर्महरूमा हिन्दु, बुद्ध धर्म तथा इसाई धर्म रहेका छन् ।

मलेय जातिहरूले इस्लाम धर्न मान्ने गर्दछन् ।

जातिहरू २०१०[४]
संख्या %
मलेय ७९,१४६ ८३.५१%
अन्य भुमिपुत्र १५३ ०.१६%
चिनिया ४,३२५ ४.५६%
भारतीय १,७४७ १.८४%
अन्य २१७ ०.२३%
गैर मलेसियन ९,१८९ ९.७०%
जम्मा ९४,७७७ १००%

अर्थतन्त्र[सम्पादन गर्ने]

यस क्षेत्रको धान तथा रबरको उत्पादनमा आधारित यस क्षेत्रको अर्थतन्त्र पर्यटनमा आधारित अर्थतन्त्रमा परिणत भएको छ ।

पर्यटन[सम्पादन गर्ने]

लंगकावीका टापुहरू

यस क्षेत्रलाई सन् २००७ जुन १ मा युनेस्कोबाट विश्व जियोउद्यानको दर्जा दिएको थियो ।[५] लंगकावीको जियोउद्यान मा मुख्य तीन संरक्षित क्षेत्रहरू रहेका छन् र यी तीन उद्यानहरू पर्यटनहरू माझ प्रसिद्ध रहेको छ । सन् २०१४ मा युनेस्कोले यस क्षेत्रको जियोउद्यान दर्जामा पहेलो कार्ड जारी गर्दै चेतावनी दिएको थियो । [६]

यस क्षेत्रका टापुमा पर्यटकहरू क्वाला केदाह, क्वाला पेरलिस तथा पेनांगबाट जहाज मार्फत वा क्वाला लामपुरबाट आन्तरिक हवाइ सेवा मार्फत आउन सक्छन् । यहाँ सिंगापुर तथा ग्वानझोउ, चिनबाट अन्तराष्ट्रिय हवाई सेवा समेत रहेको छ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. १.० १.१ primuscoreadmin (१३ नोभेम्बर २०१५), "पृष्ठभुमि" 
  2. "लंगकावीमा शपिङ", एबिसी लंगकावी, मूलबाट १६ जुलाई २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ अगस्ट २००९  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  3. Mohamed Zahir Haji Ismail (२०००), The Legends of Langkawi, Utusan Publications & Distributors। 
  4. "Taburan Penduduk Dan Ciri-Ciri Asas Demografi 2010", तथ्याङ्का बिभाग, मेलेसिया, पृ: ६३, मूलबाट २८ सेप्टेम्बर २०११-मा सङ्ग्रहित। 
  5. "Langkawi given geopark status", The Star Online, ८ जुन २००७, मूलबाट ९ सेप्टेम्बर २००७-मा सङ्ग्रहित, अन्तिम पहुँच २४ डिसेम्बर २००७  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  6. "Langkawi risks losing Geopark status after Unesco 'Yellow Card'", Themalaysianinsider.com, मूलबाट २८ नोभेम्बर २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच १८ डिसेम्बर २०१४  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)