लक्ष्मीनाथ शर्मा
![]() | एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
लक्ष्मीनाथ शर्मा (सन् १९४५- )को जन्म इलाम जिल्लामा भएको थियो। विभिन्न नेपाली चलचित्रका निर्देशक शर्मा हाल प्राध्यापन पेशामा छन्।
जीवनी
[सम्पादन गर्नुहोस्]शर्माको जन्म सन् १९४५ सेप्टेम्बर २४ इलाम जिल्लाको बरबोटेमा भएको हो। उनी इतिहासमा एम्.ए. र डिप्लोमा इन् सिनेमा छन्।
कृति
[सम्पादन गर्नुहोस्]उनको पहिलो रचना वि.सं. २०१६मा 'म बाहुनको छोरो हुँ' शीर्षकको व्यंग्यात्मक कविता प्रकाशित भएको थियो। उनका प्रकाशित कृतिहरूः
१) असन्तोष (उपन्यास - वि. सं. २०२६)
२) घाइते गुप्तचर (जासूसी उपन्यास - वि. सं. २०२७)
३) अँध्यारो (उपन्यास - वि.सं. २०३१)
चलचित्र निर्देशन
[सम्पादन गर्नुहोस्]शर्माले बदलिँदो आकाश, छोरी–बुहारी, साथी, मिलन जस्ता दुई दर्जन चलचित्रको निर्देशन गरेका छन्। चलचित्रमा पटकथा, सम्वाद लेखन गरेका छन्।
भ्रमण
[सम्पादन गर्नुहोस्]उनले नेपाल,भारत, भूटान, सिङ्गापुर, मलेशिया, रुस, थाइल्याण्ड आदि मुलुक भ्रमण गरेका छन्।
फिल्मोग्राफी (१३)
अपहरन(एकादेशमा) गीतकार
विद्रोही निर्देशक,कथा, पटकथा,संवाद नोभेम्बर २८, २००२
भाइटीका निर्देशक, पटकथा, संवाद अगस्ट २६, २००२
बर पिपल निर्देशक, पटकथा,संवाद अगस्ट १७, २००२ साथी निर्देशक, पटकथा,संवाद सेप्टेम्बर 11, 1999
जीत निर्देशक, पटकथा, संवाद जून 11, 1999
छोरी बुहारी निर्देशक 16 अप्रिल, 1996
सारंगी निर्देशक, गीतकार अगष्ट 05, 1994
मिलन निर्देशक 12 सेप्टेम्बर, 1993
चेलिबेटी पटकथा, संवाद, अप्रिल ११ १९९०
शान्ति द्विप निर्देशक, पटकथा,संवाद डिसेम्बर ३१, १९८९ बदलिदो आकाश निर्देशक, पटकथा, संवाद नोभेम्बर ८, १९८३
मनको बाँध संवाद फेब्रुअरी १८, १९७४