लिसा गेरार्दनी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
लिसाा देल जियोकोन्दो
लिसाको अनुहार विस्तारित रूपमा देखाइएको एक चित्र
मोनालिसा (सन् १५०३–१५०६)
लियोनार्दो दा भिन्चीद्वारा बनाइएको लिसाको चित्र हाल फ्रान्सको लुभ्र सङ्ग्राहलयमा रहेको छ।
जन्मलिसा दे आन्तनमरिया गेरार्दिन
१५ जुन १४७९
भिया मोज्जो, फ्लोरेन्स
मृत्यु१५ जुलाई १५४२ (५३ वर्ष)
सेन्ट ओर्सोलार कन्भेन्ट, दुकातो दि फिरेन्से, इटाली
चिनारीको कारणमोनालिसा
जीवनसाथी
फ्रान्सेस्को देल जियोकोन्दो
(
वि १४९५)
सन्तान

लिसा देल जियोकोन्दो (इटालेली उच्चारण: [ˈliːza del dʒoˈkondo]; वंशनाम: गेरार्दनी [ɡerarˈdiːni]; १५ जुन १४७९ – १५ जुलाई १५४२) एक इटालेली कुलीन महिला तथा फ्लोरेन्स र टस्कनीको गेरार्दनी परिवारकी सदस्य थिइन्। उनको विश्वप्रसिद्ध चित्रका कारण उनको नाम मोना लिसा राखिएको थियो। उनको चित्र उनको श्रीमानको आदेशमा इटालेेेली पुनर्जागरणको समयमा लियोनार्दो दा भिन्चीद्वारा चित्रित गरिएको थियो।

लिसाको जीवनको बारेमा थोरै कुराहरू मात्र पत्ता लागेको छ। उनको जन्म फ्लोरेन्समा भएको थियो। किशोरावस्थामा, उनको विवाह फ्रान्सेस्को लेल जियोकोन्दोसँग भएको थियो, जसले कपडा र रेशम व्यापार गर्नुका साथसाथै जुत्ता बनाउने काम गर्दथे। पछि उनका श्रीमन स्थानीय अधिकारी बनेका थिए। लिसा पाँच सन्तानकी आमा थिइन्। उनको पारिवारिक जीवन एक सुखी-सरल मध्यम वर्गीय जीवन भएको विश्वास गरिन्छ। लिसा आफ्नो श्रीमान भन्दा लामो समयसम्म बाँचेकी थिइन्।

लिसाको मृत्युको शताब्दियौँपछि पनि उनको चित्रको रूपमा चित्रित मोनालिसा अझै पनि संसारको सबैभन्दा प्रसिद्ध चित्र हो।[१] सन् २००५ मा लिसा देल जियोकोन्दोलाई आधिकारिक रूपमा मोना लिसाको पात्रको रूपमा पहिचान गरिएको थियो।[२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Riding, Alan (६ अप्रिल २००५), "In Louvre, New Room With View of 'Mona Lisa'", The New York Times, अन्तिम पहुँच ७ अक्टोबर २००७ 
  2. "Mona Lisa – Heidelberg discovery confirms identity)", हाइडलबर्ग विश्वविद्यालयको पुस्तकालय, मूलबाट ८ मे २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ जनवरी २००८