लुभ्र
| यो लेख हिन्दीबाट नेपालीमा अनुवाद गरिएको हो, यसमा कतिपय त्रुटिहरु छन् जसलाई तपाईं सुधार गर्न सक्नु हुन्छ। |
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
लुभ्र पेरिसमा रहेको एक सङ्ग्रहालय हो, जसमा रहेका कला सङ्ग्रहका कारण प्रत्येक वर्ष दशौँ लाख आगन्तुकहरू यहाँ आउछन्।
लुभ्रमा रहेको सबैभन्दा प्रशिद्ध चित्र लेओनार्दो दा भिञ्चीको मोना लिजा हो, तर त्यहाँ रेन्वार, रामब्राण्ट, रुबेन्स र टिशन का विश्वबिख्यात चित्रहरू पनि छन्।
लुभ्रभित्र धेरै प्रतिमाहरू पनि छन्, जसमध्येका सबैभन्दा प्रशिद्ध मिलोसको शुक्र र सामोथ्रेसको पङ्खे जित हुन्।
लुभ्रको इतिहास
[सम्पादन गर्नुहोस्]सङ्ग्राहलय भएको ठाँउमा लुभ्र किल्ला भनिने एक किल्ला थियो। यसको निर्माण फ्रान्सका फिलिप द्वितियले गरेका हुन्। पेरिसलाई भाइकिङहरूबाट रक्षा गर्न त्यस दुर्गलाई किल्लाको रूपमा प्रयोग गरिन्थ्यो।
फ्रान्सका राजा शार्ल पाँचौंले त्यस किल्लालाई दरवारमा परिणत गरे। तथापि, फ्रान्सका अर्का राजा, फ्राँस्वा प्रथमले त्यसलाई ढालेर एक नयाँ दरवार निर्माण गराए।
फ्रान्सका राजा आँरी चौथाले लुभ्रमा ग्राँद गालरी (विशाल बरन्डा) थपे। त्यो बरन्डा ४०० मिटर भन्दा लामो र ३० मिटर चौडा छ। त्यसको निर्माण सेन नदी सँगै गरिएको छ। त्यो संसारकै सबैभन्दा लामो भवन थियो।
बाह्य लिङ्क
[सम्पादन गर्नुहोस्]- तस्विर र भिडियोहरू
- La Cour du Louvre अभिलेखिकरण २०११-११-१७ वेब्याक मेसिन अबास्तबिक अविच्छिन्न दृश्य (QTVR सानो)
- लुभ्रको नि:शुल्क तस्विरहरू अभिलेखिकरण २००८-०६-२३ वेब्याक मेसिन