लुङको देवाली

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


लुङको देवालीको एक दृश्य

लुङको देवाली नेपालको प्युठान जिल्लाको लुङ गाउँ विकास समितिमा लाग्ने प्रसिद्ध जात्रा हो। प्युठान जिल्लामा पर्ने लुङ गाविसमा बसोबास गर्ने खत्री, बाहुन, कामी, दमाई, रोका, मगर, थापा, बस्नेत, खनालबाहेक कोही थिएनन्। खास भन्ने हो भने खत्रीहरूको बाहुल्यता थियो। देवाली गर्दाका वर्षआफ्ना घरहरू धेरैजसोले रातो माटो र केही घरहरू सेतो माटो (कमेरो)ले पोतेर सिंगार्थे। खत्री पूजारीले सुराही समातेर घर-घरमा गएर बोका मनाउँथे। उनलाई घोमे पुजारा भन्थे। बोका बोकी टाउका अर्को दिन या दोस्रो दिन त्यसलाई मुड ढाढ्ने भन्थे। एउटा बोका चढाउनेले टाउको पाउँदैनथ्यो।

परापुर्व कालमा धनञ्जय गोत्रका एकजना ब्राम्हण त्यस गाउँमा आई बसोबास गरेछन्। ती ब्राम्हणका दुई श्रीमती थिए। एक थिइन्- बाहुनी, एक थिइन्- क्षेत्रिनी। ती दुबैबाट सन्तान पैदा भए। बाहुनीबाट जन्मेकालाई उपाध्याय र क्षेत्रिनीबाट जन्मेकालाई क्षेत्री नामाकरण गरिदिएका हुन् र खत्री क्षेत्रीलाई खत्री पुजारा र उपाध्यायलाई बाहुन पुजारा भनेका हुन्। लुङको देवाली ब्राम्हणबाट सञ्चालन नगरी संयुक्तरूपमा खत्री र बाहुनले पूजा गर्ने गर्दछन्।

केसीको उत्पति[सम्पादन गर्ने]

श्रीबहादुर खत्री हुन् खत्री क्षेत्रीको जलाती, धनवीर खत्री क्षेत्रीका पलाती, फर्सराम खत्री क्षेत्रीका नाति सिर्द्धार्थमान खत्री क्षेत्रीका छोरा दानबहादुर खत्री क्षेत्रीले एसएलसी परीक्षा दिदा दानबहादुर केसी लेखेकाले सबै खत्रीहरूले केसी लेख्न थाले। अब त्यहाँ खत्री क्षेत्रीहरूले केसी लेख्दै आएका छन्।

रिजालको उत्पति[सम्पादन गर्ने]

किशन उपाध्यायका जलाती, वालिम उपाध्यायका खलाती र एकमान्त उपाध्यायका नाति शशीधर पण्डित(जैशी) उपाध्यायका छोरा २०१४ सालमा भुवनेश्वर उपाध्यायले भुवनेश्वर रिजाल लेखेका छन्। काँशीराम उपाध्यायका जलाती, भागीरथ उपाध्यायका पलाती, कुलानन्द उपाध्यायका नाति, ऋषिराज उपाध्यायका छोरा २०२८ सालमा रिजालपछि पैदा भएको देखिन्छ।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]