सामग्रीमा जानुहोस्

लु शुन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
लु शुन
जन्म(१८८१-०९-२५)२५ सेप्टेम्बर १८८१
Shaoxing, Zhejiang, China
मृत्यु१९ अक्टोबर १९३६(1936-10-19) (उमेर ५५)
सांघाई, चीन
साहित्यिक नामलु शुन
पेशालेखक, समालोचक, निवन्धकार
अवधि१८८१–१९३६

हस्ताक्षर

झाऊ शुरेन (Zhou Shuren, साहित्यिक नाम: लू शुन, २५ सेप्टेम्बर १८८१ - १९ अक्टोबर १९३६) प्रसिद्ध चिनियाँ लेखक तथा साहित्यकार हुन्। यिनी लघुकथा लेखक, सम्पादक, अनुवादक, आलोचक, निबन्धकार र कवि पनि थिए। शुन चिनियाँ साँस्कृतिक क्रान्तिका अगुवामध्ये एक थिए ।[१]

चीनको प्रगतिशील साहित्यमा कलम चलाएका यिनको लेखन विश्व प्रसिद्ध मानिन्छ । यिनका कृतिहरू विश्वका धेरै भाषामा अनुवाद भएका छन्। नेपालीमा समेत अनुवाद भएका शुनका कृतिहरू नेपालमा लोकप्रिय मानिन्छन्।

यिनले सन् १९२१ डिसेम्बरमा लेखेको व्य‌ग्य नाटक 'आह क्यूको साँचो कथा' को नेपालीमा अनुदित नाटक 'टलकजंग भर्सेस टुल्के' निकै लोकप्रिय बनेको थियो। जसको चलचित्र पनि बनिसकेको छ। [२]

नेपालमा शुनको लोकप्रियताकै कारण देवकोटा–लु सुन प्रज्ञाप्रतिष्ठान स्थापना भएको छ। यसले लु शुनको जीवन र लेखनसम्बन्धी छलफल, प्रवचन प्रदर्शनी लगायतका कार्यक्रम गर्ने गर्दछ । सन् १९१७ देखि लेखन सुरू गरेका शुनले १६ वटा निबन्ध सङ्ग्रह लेखेका थिए। [३]

उनले लेखेका २१ वटा पाण्डुलिपी चीनका विभिन्न सङ्ग्रहालयमा सुरक्षित राखिएका छन्।

बाह्य सूत्र

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "चिनियाँ साहित्यकारको काठमाडौंमा सम्झना", सौर्य अनलाइन, २०७० मंसिर १९, अन्तिम पहुँच २ अगस्त २०१८ [स्थायी मृत कडी]
  2. पन्त, रघ्, "हेर्नैपर्ने एउटा फिल्म", हिमाल खबर, अन्तिम पहुँच २ अगस्त २०१८ 
  3. "चिनियाँ साहित्यकारको काठमाडौंमा सम्झना", सौर्य अनलाइन, २०७० मंसिर १९, अन्तिम पहुँच २ अगस्त २०१८ [स्थायी मृत कडी]