लोथर माथेउस

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
लोथर माथेउस
लोथर माथेउस सन् २०१९ मा
व्यक्तिगत जानकारी
जन्म मिति (1961-03-21) २१ मार्च १९६१ (उमेर ६३)
जन्म स्थान एरलान, पश्चिम जर्मनी
उचाइ १.७४ मिटर
खेल्ने स्थान(हरू) मध्यपङ्क्ति
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
सन् १९७९-१९८४ Borussia Mönchengladbach १६२ (३६)
सन् १९८४-१९८८ बायर्न म्युनिख ११३ (५७)
सन् १९८८-१९९२ इन्टर मिलान ११५ (४०)
सन् १९९२-२००० बायर्न म्युनिख १८९ (२८)
सन् २००० मेट्रोस्टार्स १६ (०)
जम्मा ५९६ (१६१)
सन् १९८०-२००० जर्मनी १५० (२)
प्रबन्धक करियर
सन् २००१-२००२ Rapid Wien
सन् २००२-२००३ Partizan
सन् २००३-२००६ हङ्गेरी
सन् २००६ Atlético Paranaense
सन् २००६-२००७ Red Bull Salzburg (assistant)
सन् २००८-२००९ Maccabi Netanya
सन् २०१०-२०११ बुल्गेरिया
*क्लब घरेलु लिग उपस्थिति र गोल

लोथर हरबर्ट माथेउस (जर्मनेली उच्चारण: [ˈloːtaʁ maˈtɛːʊs], सुन्ने;[१] जन्म २१ मार्च १९६१) जर्मन फुटबल प्रबन्धक र पूर्व खेलाडी हुन्। कप्तानको तवरमा पश्चिम जर्मनीलाई सन् १९९० फिफा विश्वकपको गरिमामय उपाधि जिताएका माथेउसले सोही वर्ष युरोपेली वर्ष खेलाडीको उपाधि जितेका थिए। सन् १९९१ मा उनले फिफा वर्ष खेलाडीको उपाधि जिते जुन पुरस्कार हालसम्म पनि कुनै अन्य जर्मन खेलाडीले जित्न सकेको छैन। उनले कुल पाँचवटा फिफा विश्वकप खेलेका थिए जसमा सन् १९८२, १९८६, १९९०, १९९४ र १९९८ को विश्वकप सामेल छ भने उनले विश्वकपमा कुल २५ खेलमा उपस्थिति जनाएका छन् जुन विश्वका अन्य खेलाडीभन्दा बढी हो। उनले सन् १९८०, १९८४, १९८८, २००० को युएफए युरोपेली च्याम्पियनसिपमा सहभागिता जनाएका थिए। सन् १९९९ मा ३८ वर्षको उमेरमा उनलाई पुन: जर्मन वर्ष खेलाडीको पुरस्कारबाट सम्मानित गरिएको थियो। उनी जर्मनी राष्ट्रिय फुटबल टोलीको लागि १५० उपस्थिति सहित सबैभन्दा बढी क्याप जित्ने जर्मन खेलाडी हुन्। पेलेको १२५ जीवित उत्कृष्ट फुटबल खेलाडीहरूको सूचीमा माथेउस पनि परेका थिए। डिएगो म्याराडोनाले समेत उनको बारेमा आफ्नो आत्मकथामा लेखेका छन्। माथेउस विशेष गरेर आफ्नो सटिक पास, सही ट्याकल र जोडदार प्रहारका लागि चिनिन्छन्। बक्स टु बक्स मिडफिल्डमा जम्ने माथेउसले करियरको अन्त्यतिर स्वीपरको रूपमा पनि खेल्न थालेका थिए।

जीवनी[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Krech, Eva-Maria; Stock, Eberhard; Hirschfeld, Ursula; Anders, Lutz Christian (२००९), Deutsches Aussprachewörterbuch [German Pronunciation Dictionary] (जर्मनेलीमा), Berlin: Walter de Gruyter, पृ: 709, 731, आइएसबिएन 978-3-11-018202-6 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]