वाइन रोनी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
(वाइने रोनी बाट पठाईएको)
Jump to navigation Jump to search


वाइने रोनी
Wayne Rooney 144855cropped.jpg
व्यक्तिगत विवरण
पुरा नाम वाइने मार्क रोनी
जन्म मिति (१९८५-१०-२४)२४ अक्टोबर १९८५
उचाई १.७६ मी [१]
खेल्ने स्थान अग्रपंक्ति
क्लबको विवरण
हालको क्लब डि.सि युनाईटेड
नम्बर
युवा क्लब
१९९६–२००२ एभर्टन
सिनियर क्लब*
बर्ष क्लबहरू खेल (गोल)
२००२–२००४ एभर्टन ६७ (१५)
२००४–२०१७ म्यानचेस्टर युनाइटेड ३९३ (१८३)
२०१७–२०१८ एभर्टन ३१ (१०)
२०१८- डि.सि युनाइटेड ४४ (२३)
राष्ट्रिय टिम
२००२ England U19 (०)
२००३–२०१९ इङ्ल्यान्ड १२० (५३)
  • बरिष्ठ फुटबल क्लबमा उपस्थिति तथा खेल्दा गरेको गोल (गोललाई घरेलु लिगमा गरेको गनिनेछ) नवीनतम जानकारी २५ फेब्रुअरी २०१४.


† राष्ट्रिय टिममा उपस्थिति तथा खेल्दा गरेको गोल नवीनतम जानकारी 26 March 2011 [२]

वायने रोनी (जन्म २४ अक्टोबर १९८५) डि.सि युनाइटेड बाट अग्रपंक्तिमा खेल्ने फुटबल खेलाडी हुन । ९ बर्षको उमेरमा नै रोनीले एभर्टनको युवा क्लबमा भर्ना लिएका थिए । त्यहिँबाट उनले सन् २००२ मा १६ बर्षको उमेरमा आफ्नो व्यबसायिक फुटबल करियरको सुरुवात गरेका थिए । म्यानचेस्टर युनाइटेड आउनु भन्दा पुर्व रोनीले २ पटक मर्सीसाइड क्लबबाट खेलेका थिए । सन् २००४ को समर ट्रान्सफरमा उनलाई म्यानचेस्टर युनाइटेडले £२५.६ लाखमा किन्यो । त्यहिँ बर्ष उनले क्लब भित्र वाजा उपनाम प्राप्त गरे र हालसम्म उनि युनाइटेडबाटनै खेल्दै आएका छन् । उनि खेल्दा युनाइटेडले हाल सम्म ५ पटक प्रिमियर लिगको उपाधि जितिसकेको छ भने १ पटक युइएफए च्याम्पियन्स लिग जितिसकेको छ ।

प्रारम्भिक जीवन[सम्पादन गर्ने]

वायने रोनी को जन्म क्रक्सटेथ,लिभरपुलमा भएको हो । रोनी जन्मजात आइरिस भएता पनि पछी रोमन क्याथोलिक भएका छन् । उनि बाल्यकालमा एभर्टनका लागि खेल्दै ठुलो भएका छन् भने हाल उनि युनाइटेडका स्टार खेलाडी हुन् । उनि इङ्ग्ल्याण्ड राष्ट्रिय फुटबल टिमका कप्तान रहेका छन।उनले आफ्नो देशका लागि सबैभन्दा धेरै गोल गरेका छन् ।

क्लब पेशा[सम्पादन गर्ने]

एभर्टन[सम्पादन गर्ने]

राष्ट्रिय टिमबाट सन्यास[सम्पादन गर्ने]

ईङल्याण्डको लागि खेल्नु जहिले पनि विशेष भएको बताउदै रोनीले आफु ईङल्याण्डको खेलाडी र कप्तानको रुपमा छनौट हुदा गर्भ लागेको बताएका छन् ।

रोनीले ईङल्याण्डबाट १२० खेल खेल्दै ५३ गोल गरेका छन् । रोनी ईङल्याण्डका लागि पिटर शिल्टनपछि सबै भन्दा धेरै खेल खेल्ने खेलाडी हुन् ।  पिटर १२५ खेल खेलेका छन् भने रोनीले १२० खेल खेलेर सन्यास लिएका छन् । 

सन्दर्भ सूची[सम्पादन गर्ने]

  1. Player Profile - Wayne Rooney FA Premier League; accessed 13 March 2011
  2. "Wayne Rooney Profile", Football Association, अन्तिम पहुँच ११ सेप्टेम्बर २०१०