वाटिन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
वाटिन दूरसञ्चार लिमिटेड
व्यवसाय प्रकार
सार्वजनिक
उद्योगदूरसञ्चार
स्थापित२००५
स्थापनाकर्ताधाबि समूह
केन्द्रीय कार्यालय
लाहोर
,
पाकिस्तान
सेवा क्षेत्र
देशब्यापी (पाकिस्तान)
मुख्य व्यक्ति
रिजवान तिवाना
(प्रमुख कार्यकारी अधिकृत)
महोमद अकिब जुल्फिकर
(प्रमुख बित्तिय अधिकारी)
ताहिर हमेद
(प्रमुख वाणिज्य अधिकारी)
उत्पादनहरूल्याण्डलाइन
ब्रोडब्याण्ड सेवा
फाइबर-अप्टिक सञ्चार
सूचना प्रविधि सेवा
कर्मचारी सङ्ख्या
७,५०० भन्दा बढि
वेबसाइटwww.wateen.com

वाटिन दूरसञ्चार एक सञ्चार सेवा प्रदाता हो जुन लाहोर, पाकिस्तान मा अवस्थित छ, र वारिद टेलिकमको एक भातृ परियोजना हो । कम्पनी सन् २००५ मा स्थापना गरिएको थियो र सन् २००७ मा यसले देशमा सबैभन्दा ठूलो फाइबर अप्टिक सञ्जाल सञ्चालन गरेको थियोे । यसबाहेक, यो देशमा वाइम्याक्स नेटवर्कलाई व्यापारिक रूपमा सञ्चालन गर्ने पहिलो कम्पनी थियोे । यो सार्वजनिक कम्पनीको रूपमा स्थापना भएको थियोे ।

अवलोकन[सम्पादन गर्नुहोस्]

वाटिन दूरसञ्चारले इन्टरनेट, आवाज, मल्टिमिडिया, र इन्टरप्राइज समाधान जस्ता सेवा प्रदान गर्दछ । वाटिनले अफगानिस्तान, इरान र भारत सँग क्षेत्रीय रूपमा जडान गर्न सम्भावना बोकेतापनि हाल यसले कराची देखि तोरख्खमसम्म फाइबर अप्टिक केबल नेटवर्क स्थापना गरेको छ । वाटिनले हाल २०० भन्दा बढी प्रमुख संस्थाहरू तथा २५०,००० वाइम्याक्स प्रयोगकर्ताहरू र उद्यम समाधानको लागि सेवा प्रदान गर्दछ । यसको केबल सञ्जाल लाहोर र मुल्तान शहरहरूमा १२५,००० भन्दा बढी घरहरूमा पुगेको छ ।

इतिहास[सम्पादन गर्नुहोस्]

वाटिन टेलिकम अबू धाबी समुहद्वरा गठन गरिएको थियोे जुन मध्य पूर्व मा अग्रणी व्यापार निगमहरु मध्ये एक र पाकिस्तान मा सबै भन्दा ठूलो विदेशी लगानीकर्ता हो । वाटिन, वाइम्याक्स, ब्रोडब्याण्ड इन्टरनेट सेवाहरू सञ्चालन गर्ने संसारको वा पाकिस्तानको पहिलो कम्पनी थियोे । यसले सन् २००७ मा २४ प्रमुख शहरहरूमा सेवा सुरू गरेको थियोे ।

२०११ मा पुन:सुरु[सम्पादन गर्नुहोस्]

सन् २०११ मा नयाँ पहिचानको साथ वाटिनले आफ्नो सेवा पुन सञ्चालन गरेको थियोे ।[१]

हालका सेवाहरू[सम्पादन गर्नुहोस्]

वाटिनले हाल २०० भन्दा बढी प्रमुख संस्था तथा २५०,००० वाइम्याक्स प्रयोगकर्ताहरू र उद्यम समाधानको लागि सेवा प्रदान गर्दछ । यसको केबल सञ्जाल लाहोर र मुल्तान शहरहरूमा १२५,००० भन्दा बढी घरहरूमा पुगेको छ ।

सञ्चालन[सम्पादन गर्नुहोस्]

ब्रोडब्याण्ड इन्टरनेट[सम्पादन गर्नुहोस्]

वाटिनले आफ्नो वाइम्याक्स नेटवर्क बन्द गरेको छ र यसले मात्र कराची, लाहोर र मुल्तानका क्षेत्रहरूमा फाइबर ब्रोडब्यान्ड (एचएफसी / जीपीओएन) सेवा प्रदान गर्दछ ।

टेलिफोन सेवा[सम्पादन गर्नुहोस्]

वाटिन टेलिकमले पाकिस्तान र अन्तर्राष्ट्रिय स्तरमा दूरसञ्चार सेवा प्रदान गर्दछ ।[२] यसका सेवाहरू पाकिस्तानबाट संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, चिन, भारत, संयुक्त अरब इमिरेट्स, साउदी अरब र अफगानिस्तान लगायतका देशहरूमा यसको सञ्जाल फैलिएको छ ।

मल्टिमिडिया[सम्पादन गर्नुहोस्]

वाटिन दूरसञ्चारले मल्टीमीडिया र अन्तरक्रियात्मक टेलिभिजन सेवाहरू लाहोर र मुल्तान शहरहरूमा मनोरञ्जन युक्त भिडियो च्यानलहरू प्रदान गर्दछ, जुन चाँडैनै कराचीमा पनि विस्तार गरिनेछ ।[स्रोत नखुलेको]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

आधिकारिक वेबसाइट