वार्तालाप:प्रेमेजुङ

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

यो पृष्ठ प्रेमेजुङ लेखको सुधार बारे कुरा गर्नाको लागी वार्ता पृष्ठ हो। यदि तपाँई आफ्नो संदेशमा छिट्टै सबैको ध्यानाकार्षण चाहनु हुन्छ भने यहाँ सदेश लेखी सके पछी चौतारीमा पनि सूचना छोड्नुहोला।

लेखन संबंधी नीतिहरू

नेपाली विकीपिडियामा राम्रा लेखहरू शीर्षक अन्तर्गत यो पृष्ठ प्रेमेजुङ्ग लाई प्रस्ताव गरेको छु। कृपया तल आफ्नो राय दिनुहोला।

धेरै राम्रो लेख[सम्पादन गर्नुहोस्]

विकिपीडियामा लेख होस् त यस्तो होस् धेरै राम्रो लेख छ। यो लेखमा योगदान दिने प्रयोगकर्ताल प्रति म नतमस्तक छु। साथै मलाई यो लेख पढेर एक पहाडी झलक याद आयो जहाँ म जन्मेँ, हुर्केँ, आज यहाँ सम्म पुगेँ मलाई प्रेमेजुङ्ग लेखले आफ्ने गाउँ गोर्खि गाउँको सम्झना आयो म यो लेख प्रती धेरै भावुक भएँ।

--आर॰पी॰जोशी  कुरा गर्नुहोस्  ०८:०९, २५ जुन २०१० (UTC)

लेख राम्रो छ तर यसमा धेरै जसो लिँकहरू खाली अथवा सानो सम्पादन मात्र भएका छन् यसकारण उक्त कार्यहरू पुरा नभए सम्म लेखलाई मुख्य पृष्ठमा राख्न राख्नु भन्दा बरु इलाम जिल्लालाई केही दिनको लागी मुख्य पृष्ठमा राखे राम्रो होला अर्को कुरा कुनै पनि लेखलाई निर्वाचित लेख बनाउन कम्तिमा पनि प्रस्ताव छोडेर तिन जना सक्रिय प्रयोगकर्ताहरूले सहमती दिनु पर्ने हुन्छ। पहिले लेखलाई छानिएको लेखको कसौटीमा राख्नुहोस् पछि त्यहाँ समर्थन अथवा असर्मथन हेर्नुहोस्।

--आर॰पी॰जोशी  कुरा गर्नुहोस्  ०६:४१, २८ जुन २०१० (UTC)

धन्यवाद राम जी, मैंले तपाँइले भनेजस्तै गरें। -गणेश पौडेल ०६:४१, ३० जुन २०१० (UTC)

यो लेख किरा श्रेणीमा परेको छ त्यो कसरी भएको होला

--आर॰पी॰ जोशी कुरा गर्नुहोस् योगदान ०९:३९, ६ अगस्त २०१० (UTC)

हिन्दीबाट होइन[सम्पादन गर्नुहोस्]

यो लेखमा कसैले हिन्दीबाट अनुवादित भन्ने टेम्प्लेट राख्नुभएको रहेछ। यो लेख हिन्दी बाट अनुवादित नभै नेपालीमा नै लेखिएको मौलिक लेख हो। --Ganesh Paudel (वार्ता) ०७:०८, ३० अगस्त २०११ (UTC)