विकिपिडिया:प्रमुख लेख/आवेदनहरू/पानासोनिक

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

पानासोनिक[सम्पादन गर्ने]

Panasonic logo

पानासोनिक निगम पहिले मात्सुसिता इलेक्ट्रिक इन्डस्ट्रियल कर्पोरेसन लिमिटेडको नामले चिनिने जापानको ओसाकामा मुख्यालय रहेको जापानी बहुराष्ट्रिय इलेक्ट्रनिक्स कम्पनी हो।

पानासोनिक इलेक्ट्रनिक्स उत्पादनहरूको लागि लोकप्रीय रहेको छ। यस कम्पनीको स्थापना सन् १९१८ मा चिमको सकेट निर्माण गर्नका लागि गरिएको थियो तर हाल आएर यो कम्पनी सोनी, हिताची, तोसिबाक्यानन इङ्कसँगै जापानको चौथौ ठूलो इलेक्ट्रोनिक्स उत्पादन गर्ने कम्पनी बन्न पुगेको छ। इलेक्ट्रोनिक्स उत्पादनबाहेक यस कम्पनीले गैर-इलेक्ट्रोनिक्स उत्पादनहरू र गृह नविकरणीय सेवाहरू प्रदान गर्ने गर्छ। सन् २०१२ को बजार सर्वेक्षण अनुसार पानासोनिक संसारकै चौथौ सबैभन्दा ठूलो टेलिभिजन निर्माता कम्पनी हो। पानासोनिक प्राथमिक रूपमा टोक्यो स्टक एक्सचेन्जमा एक सूचीबद्ध भएको थियो जो निककेइ २२५ र टोपिक्स सूचकाङ्कको एक भाग हो। यो कम्पनी नागोया स्टक एक्सचेन्जमा पनि सूचीबद्ध भएको थियो। (पूरा लेख...)

  • अक्षर गणना: क्यारेक्टर: ८२७, अक्षर: ४१९.५, स्पेस: ११५
  • मुख्य सम्पादक: पर्वत सुबेदी
  • आवेदनकाे कारणहरू: मापदण्ड पुरा
२०१८ डिसेम्बर ३०, ०६:५१:२२ (युटिसी(UTC)) भन्दा पूर्व नसकिने
पुन: नामाङ्कित— २६ जनवरी २०१९ ०८:२९ युटिसी भन्दा पूर्व नसकिने
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
  • उपरोक्त लेख प्रमुख लेखका मापदण्ड अनुसार रहेकोले प्रमुख लेख छनाैटको लागी मतदानको लागी सिफारिस गर्दछु । प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर --बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०८:२९, १६ जनवरी २०१९ (युटिसी(UTC))

Symbol support vote.svg समर्थन[सम्पादन गर्ने]

Symbol oppose vote.svg असमर्थन[सम्पादन गर्ने]

  • यो लेखमा सन्दर्भ सामग्रीहरूको शिर्षक अनुवाद गरिएको छ, त्यसलाई अनुवादित नराखेर {{cite web}} र {{cite news}}मा |title= प्रयोग गरेर असली शिर्षक र | trans-title= प्रयोग गरेर अनुवादित शिर्षक राख्नुपर्ने आवश्यकता छ।--BRP ever १०:३६, १६ जनवरी २०१९ (युटिसी(UTC))
  • Symbol oppose vote.svg असमर्थन - लेखमा श्रेणीकरणको अभाव तथा आवेदनको कारणले चित्त बुझेन । — तुल्सी भगत (योगदान | वार्ता) ११:५०, १६ जनवरी २०१९ (युटिसी(UTC))
  • लेखमा अत्यधिक व्याकरणिय गल्तिहरू रहेकोले Symbol oppose vote.svg असमर्थन -Nirjal stha (कुरा गर्ने) १६:३६, १६ फेब्रुअरी २०१९ (युटिसी(UTC))

टिप्पणी[सम्पादन गर्ने]

  • प्रमुख लेखको लागि न्यूनतम मापदण्ड पुरा गरेको हुनाले मे महिनाको लागि पुन: नामाङ्कित--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १०:२२, १६ जनवरी २०१९ (युटिसी(UTC))
  • इन्फोबक्सका ढाँचाहरू हेर्नुहोस्, धेरै ढाँचाहरू नै बनेका छैनन्, पृष्ठमा अपडेटको आवस्यकता छ पृष्ठ अंग्रजी विकिपीडियाबाट अनुवाद गरिएको छ तर कतै एट्रिब्युसन दिइएको छैन। कृपया यो पद्नुहोस। यो विकिपीडिया जस्तो वेबसाइटको लागि अनिवार्य कुरा हो।--BRP ever ०४:५७, १० फेब्रुअरी २०१९ (युटिसी(UTC))