विकिपिडिया:प्रमुख लेख/आवेदनहरू/मुमिनत्रोलन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मुमिनत्रोलन[सम्पादन गर्नुहोस्]

सन् १९५६ मा, तोभे यानसन मुमिन पात्रहरूको साथ

मुमिनत्रोलन (स्वीडेनी: Mumintrollen), मुमिन परिवारलाई आधार बनाएर लेखिएको उपन्यास वा पुस्तकको एक सङ्ग्रह हो। यस उपन्यासलाई सन् १९४५ देखि सन् १९७० सम्म फिनल्यान्डमा पुस्तक प्रकाशक सिल्द्स्द्वारा प्रकाशन गरिएको थियो। यसकी लेखिका फिनल्यान्डकी स्वीडेनी भाषी लेखिका तोभे योनयन हुन्। यसलाई सन् २०१५ देखि, फोलगेत नामक पुस्तक प्रकाशनद्वारा प्रकाशित छ। पुस्तकका केन्द्रिय पात्रहरू भनेका मुमिन परिवारका सदस्यहरू हुन्। परिवार सेतो र डल्लो परिकथाका पात्रहरू हुन् भने यिनीहरू लामो थुतुनो भएका जलगैँडा समान पात्रहरू हुन्। परिवारको घर मुमिन उपत्यकामा रहेको छ। यस उपन्यासलाई ४० भन्दा बढी भाषाहरूमा अनुवाद गरिएको छ।

यस उपन्यास सङ्ग्रहमा ९ वटा पुस्तकहरू सार्वजनिक गरिएको थियो। उक्त ९ पुस्तकको बाहेक, तोभे योनयनले उनको दाजु लार्स योनसनका साथ सचित्र पुस्तक र विभिन्न हास्याप्रधान कथाहरूका साथसाथै पात्रहरूद्वारा अभिप्रेरित गीतहरू पनि लेखेकी छिन्। मुमिनत्रोनल पछि गएर एक दूरदर्शन शृङ्खला वा प्रख्यात कार्टुन बन्न पुगेको थियो भने यसमै आधारित रहेर चलचित्र समेत बनेको छ। यसको फिनल्यान्डको नानतालीमा आफ्नै छुट्टै मुमिन संसार (स्वीडेनी: Muminvärlden) नामक एक उद्यान समेत रहेको छ। तेम्पेरे सहरमाको मुमिनदलन सङ्ग्रहालयमा तोभे योनसनद्वारा निर्मित यिनै पात्रहरूसँग सम्बन्धित विभिन्न आकृतिहरू राखिएको छ। (पूरा  पढ्नुहोस्...)

  • अक्षर गणना: क्यारेक्टर: १२५४, अक्षर: ६९२.५, स्पेस: १७३
  • मुख्य सम्पादक: पर्वत सुबेदी
  • आवेदनकाे कारणहरू:
२०२० जुलाई २१, ०९:०२:२९ भन्दा पूर्व नसकिने
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने

उपरोक्त लेख प्रमुख लेखका मापदण्ड अनुसार रहेकोले प्रमुख लेख छनाैटको लागी मतदानको लागि सिफारिस गर्दछु।

प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर - Saroj Uprety (कुरा गर्ने) १७:१८, २१ जुलाई २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
प्रमुख लेखको लागि आवश्यक मापदण्डहरू पुरा गरेको हुनाले साउन दोस्रो हप्ताको लागि प्रमुख लेखको रूपमा स्विकृत गरिएको छ।- Saroj Uprety (कुरा गर्ने) १०:४२, २८ जुलाई २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]