विकिपिडिया:प्रमुख लेख/आवेदनहरू/युफोरिया (अमेरिकी टिभी शृङ्खला)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

युफोरिया (अमेरिकी टिभी शृङ्खला)[सम्पादन गर्नुहोस्]

युफोरिया (सन् २०१९, लोगो)

युफोरिया (अङ्ग्रेजी: Euphoria) साम लेभिनसनद्वारा सिर्जना गरिएको एक अमेरिकी किशोर नाटक टेलिभिजन शृङ्खला हो, जुन समान नामको इजरायली लघु-शृङ्खलामा आधारित छ। युफोरियाले सेक्स, लागु पदार्थ, मित्रता, प्रेम, पहिचान र आघातको अनुभव मार्फत उच्च विद्यालयका विद्यार्थीहरूको समूहलाई पछ्याउँदछ। यो शृङ्खलामा प्रमुख भूमिकामा जेन्डेयाले अभिनय गरेकी छिन्। सन् २०१८ जुन १६ मा यस टेलिभिजन शृङ्खलाको पहिलो संस्करण एचबिओमा प्रदर्शन भएको थियो। सन् २०१९ जुलाईमा यस टेलिभिजन शृङ्खलाको दोस्रो संस्करणको लागि नविकरण गरिएको थियो।

'युफोरिया'ले आलोचकहरूबाट सकारात्मक समीक्षा प्राप्त गरेको थियो, जसमा यस टेलिभिजन शृङ्खलाको छायाङ्कन, कथा, पृष्ठभूमि सम्पादन, प्रदर्शन, विशेष रूपमा जेन्डेया र हन्टर सेफरको अभिनयको प्रशंसा गर्नुका साथै आलोचकहरूले यस शृङ्खलाको परिपक्व विषयहरूमा दृष्टिकोण पुर्‍याएका थिए। यद्यपि केही आलोचकहरूले यस शृङ्खलामा नग्नता र यौन सामग्रीको प्रयोग भएको ठानेका थिए जसले गर्दा यो टेलिभिजन शृङ्खला विवादमा आएको थियो। यस शृङ्खलाले सर्वश्रेष्ठ अन्तर्राष्ट्रिय कार्यक्रमको लागि ब्रिटिस एकेडेमी टेलिभिजन पुरस्कार, र नाटकमा उत्कृष्ट उपलब्धिको लागि टिसिए पुरस्कारको लागि नामाङ्कन प्राप्त गरेको थियो। जेन्डेयाले उनको प्रदर्शनको लागि, नाटक शृङ्खलामा सर्वश्रेष्ठ अभिनेत्रीको लागि प्राइमटाइम एमी पुरस्कार र स्याटेलाइट पुरस्कार जितेकी थिइन्। (पूरा  पढ्नुहोस्...)

  • अक्षर गणना: क्यारेक्टर: १२६४, अक्षर: ६७२, स्पेस: १६८
  • मुख्य सम्पादक: Saroj Uprety
  • आवेदनका कारणहरू: अमेरिकी टिभी शृङ्खला
२ अक्टोबर २०२० ११:५७ नेपाली समय पूर्व नसकिने
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
  • उपरोक्त लेख प्रमुख लेखका मापदण्ड अनुसार रहेकोले प्रमुख लेख छनाैटको लागि मतदानको लागि सिफारिस गर्दछु।
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर --Saroj Uprety (कुरा गर्ने) ११:००, २६ सेप्टेम्बर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]