विकिपिडिया:प्रमुख लेख/आवेदनहरू/हेन्ते दे सोना

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

हेन्ते दे सोना[सम्पादन गर्नुहोस्]

हेन्ते दे सोना (स्पेनी: Gente de Zona) आलेक्सान्देर देलगादो र र्रान्दी माल्कोमद्वारा सन् २००० मा स्थापित एक क्युबाली साङ्गीतिक समूह हो। सन् २०१४ मा स्पेनी गायक एनर्रिके इग्लेसियाससँगको सहकार्य पश्चात् सार्वजनिक गरिएको बाइलान्दो नामक गीत पश्चात् यस साङ्गीतिक समूहले अन्तर्राष्ट्रिय सफलता प्राप्त गर्न सफल भएको थियो। यस गीतले तीनपटक ल्याटिन ग्रामी पुरस्कार जित्दै अन्तर्राष्ट्रिय रूपबाट सबै ध्यानाकर्षण गर्न सफल भएको थियो। सन् २०१५ मा यस साङ्गीतिक समूहले मार्क आन्थोनीसँग सहकार्य गरि "ला गोसादिरा" र त्यसपछि "त्राइदोरा" नामक गीत सार्वजनिक गरेका थिए जुन त्यससमय निकै चर्चित बनेको थियो।

सन् २०१५ मा यस साङ्गीतिक समूहले एनर्रिके इग्लेसियास र दिसेमेर बुयेनोका साथ उत्कृष्ट शब्द विधामा युवा सङ्गीत पुरस्कार जित्न सफल भएको थियो भने सन् २०१६ मा "आल्गो कोन्तिगो" नामक गीतका लागि उत्कृष्ट सङ्गीत विधामा युवा पुरस्कार जित्न सफल भएको थियो। यस बाहेक यस साङ्गीतिक समूहले आमास लातिनो पुरस्कार, उत्कृष्ट साङ्गीतिक सङ्गालो विधामा बिजुलाइसेत ए आदामास र उत्कृष्ट संयुक्त साङ्गीतिक सङ्गालो विधामा ग्रामी लातिनोस पुरस्कार जित्न सफल भएको थियो। (पूरा  पढ्नुहोस्...)

  • अक्षर गणना: क्यारेक्टर: १०६४, अक्षर: ५५३, स्पेस: १५७
  • मुख्य सम्पादक: हिमाल सुबेदी
  • आवेदनका कारणहरू:
९ अगस्त २०२० १५:०८ नेपाली समय पूर्व नसकिने
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर --