विकिपिडिया:स्वशिक्षा/विकिपीडिया जोड

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
परिचय   सम्पादन   रूपरंग   विकिपिडिया जोड   सन्दर्भ  स्रोत   वार्तालाप पृष्ठ   ध्यान राख्नुहोस्   पंजीकरण   जाँदा जाँदै
विकिपिडिया जोड (Link)हरू र अन्य विषयहरूमा आरंभिक जानकारी (अंग्रेजीमा वीडियो)

विकिपिडियाका लेखहरूलाई एक-अर्कासित जोडनु अती आवस्यक छ, किनभने यी जोड (Link)हरूद्वारा पाठकहरूले एक लेखबाट अर्को लेखको सम्बंधित जानकारीसम्म सजिलै पुग्न सक्छन्। यस बाट विकिपिडियाको उपयोगिता धेरै गुणा बढेर जान्छ।

जोड (Link) कसरी बनाउने

कुनै एक लेखमा अर्को लेखको लागि जोड (Link) बनाउनको लागि त्यसको यता र उता दोहरो ठुलो कोष्टमा प्रयोग हुने चिन्ह लगाई दिनुहोस्, यस प्रकार:

[[प्रयोगस्थल]]

जो तपाईंको संपादनका पछि पाठकलाई यस्तो देखिनेछ: प्रयोगस्थल

यदि तपाईं जोड (Link) हालेर जोडिएका लेखका नाम केही अर्कै देखियोस् अथवा अन्य शब्दहरू भन्दा जोडिएका शब्दहरू छुट्टै देखिउन् भन्ने चाहनु हुन्छ भने यसका लागि नलीका चिन्ह "|" को प्रयोग गर्न सक्नुहुन्छ । यो अंग्रेजीका कुंजीबोर्ड (कीबोर्ड)मा SHIFT+BACKSLASH (SHIFT+\)बाट सजिलैसित लेखिन्छ, र ध्यान दिनुहोस् यो पूर्णविराम ("।") चिन्ह भन्दा अलग हुन्छ । हेर्नुहोस, नली-चिन्हका प्रयोगबाट यदि हामीले:

[[काठमाडौं|नेपालको राजधानी शहर]] लेख्यौं भने

यो यस्तो देखिनेछ: नेपालको राजधानी शहर

तपाईं कुनै लेखका खण्डका लागि पनि सीधा जोड (Link) हाल्न सक्नुहुन्छ भने त्यसमा

[[नेपाल#इतिहास|नेपालको इतिहास]]बनाउनु पर्छ । यसरी बनाएको जोड (Link) मा यस्तो देखिनेछ: नेपालको इतिहास

यदि तपाईंलाई दर्शाइएको जोड (Link) गाढा या तेर्सो अक्षरहरूमा होस् भन्ने लाग्छ भने दोहरो चकोर ब्रैकेटहरुका यता-उता अपस्ट्रफिको चिन्ह (') दिनुहोस्:

''[[बैशाख]]''

जो हेर्दा यस्तो हुनेछ: बैशाख

जोड (Link) हाल्दा यो सधैं पक्का गर्नुहोस् जोड (Link) सही लेखमा नै परोस्। उदाहरणका लागि दूरदर्शन टि.वि. उपकरणका लेखका लागि जोड (Link) हो । दूरदर्शन (चैनल) भारतीय सरकारी चैनलका लागि लेख हो । प्रायः यस्तो स्थितिलागि "बहुविकल्पी" पन्नाहरू बनाइन्छन् जो स्वयं लेख होइनन् तर एक जस्तो नाम भएका लेखहरूका लागि जोड (Link)हरूको सूची हुन्छ। उदहारणका लागि नील(बहुविकल्पी) एक यस्तो पृष्ठ हो। एउटै नाम भएका धेरै लेखहरू छन् भने नलीका चिन्हको प्रयोग अति महत्वपूर्ण छ, किनभने पाठकहरूका लागि "शेखूपुरको बस्ती उत्तर प्रदेशको हमीरपुर जिल्लामा छ" सजिलो छ भने "शेखूपुरको बस्ती उत्तर प्रदेशको हमीरपुर जिला, उत्तर प्रदेशमा छ" भनेर पढ्नमा अफ्ठ्यारो लाग्दछ तर दुइटै नैं जोड (Link)ले पाठकलाई त्यस एक लेखमा लिन्छ ।

ध्यान दिनुहोला यदी कुनै लेख अहिलेसम्म लेखिएको छैन भने त्यसको जोड (Link)को रंग रातो हुन्छ, जस्तै :

[[मंगल ग्रहमा मानवहरूको पाँचौं बस्ती]]

जो पाठकलाई यस्तो देखिनेछ: मंगल ग्रहमा मानवहरूको पाँचौं बस्ती

जोड (Link) कहिले हाल्ने

लेखहरूका लागि जोड (Link) हाल्नु कुनै पनि पृष्ठहरूका लागी धेरै उपयोगी बन्दछ, तर धेरै जोड (Link) भएमा आँखा अल्मलिएर लेख पढ्न कठिन हुन्छ । धेरै जोड (Link)हरूको स्थितिबाट बच्नका लागि, कुनै लेखका लागि जोड (Link) तब दिनुहोस् जब त्यस नामको वर्णन कुनै पृष्ठहरूमा पहिलो पल्ट दिएको होस्। "विश्व" जस्तै अत्यधिक साधारण शब्दहरूका लागि जोड (Link) नदिनुहोस्।

विकिपिडियामा केहि अन्य राम्रा लेखहरूलाई हेरेर तपाईं सिक्न सक्नुहुन्छ कहिले जोड (Link) हाल्नु पर्छ र कहिले हुँदैन। केहि राम्रा लेख तपाईंले उत्तम लेखको सूचीमा मिल्नेछ्न्।

श्रेणीहरू

तपाईं लेखहरूलाई उचित श्रेणिहरूमा राख्न सक्नुहुन्छ। यदि कुनै सम्बंधित लेखको श्रेणी हेरेर तपाईंलाई कुनै लेखका लागि उचित श्रेणी या श्रेणीहरू छन्, जो लेखका अन्तका [[श्रेणी:]] लेख्नुहोस्, र श्रेणीको नाम द्विबिन्दु (कोलन, ":"को चिन्ह) र ब्रैकेटहरूका बीच राख्नु पर्छ।

यो धेरै जरूरी छ तपाईंले लेखहरूमा सही श्रेणीहरू लगाउनुहोस् ताकि अन्य मानिसहरूले सजिलैसित तपाईंले बनाएका लेख खोज्न सकुन्। यो गर्ने सबभन्दा राम्रो तरीका आफ्नो लेखसित सम्बन्धित अन्य लेखहरूलाई खोजेर तिनका श्रेणिहरूलाई आफ्नो लेखका लागि पनि प्रयोग गर्नुहोस्। यदि तपाईं कुनै फलको बारेमा लेख लेख्नु हुँदैछ भने त्यसै तरहका अन्य फलहरूमा लेख खोज्ने प्रयास गर्नुहोस् जसबाट तपाईंलाई केहि उचित श्रेणीहरू मिल्न सकुन्।

यी शिक्षाहरूलाई प्रयोगस्थलमा प्रयोग गर्नुहोस्