विक्की क्रिस्टिना बार्सिलोना
विक्की क्रिस्टिना बार्सिलोना Vicky Cristina Barcelona | |
---|---|
![]() रङ्गमञ्च प्रदर्शित पोस्टर | |
निर्देशक | वुडी एलेन |
लेखक | वुडी एलेन |
निर्माता |
|
मुख्य कलाकार | |
छायाङ्कन | जेभियर आइगिरेससरबे |
सम्पादन | अलिसा लेपसेल्टर |
वितरक कम्पनीहरू | |
वितरक |
|
प्रदर्शन मिति |
|
अवधि | ९७ मिनेट |
राष्ट्र |
|
भाषाहरू |
|
बजेट | $१५ मिलियन[१] |
बक्स अफिस | $९६.४ मिलियन[२] |
विक्की क्रिस्टिना बार्सिलोना सन् २००८ को प्रेमप्रसङ्गयुक्त हास्य-नाटक चलचित्र हो जुन वुडी एलेनद्वारा लेखन र निर्देशन गरिएको थियो। यसमा जेभियर बार्देम, पेनेलोपे क्रुज, स्कार्लेट जोहानसन र रेबेका हल मुख्य भूमिकामा छन्। चलचित्र स्पेनको बार्सिलोना, एबिलेस र ओबिएदोमा छायाङ्कन गरिएको थियो। यो एलेनको लगातार चौथो चलचित्र हो जुन संयुक्त राज्य अमेरिका बाहिर छायाङ्कन गरिएको थियो।
यस चलचित्रको प्रिमियर सन् २००८ कान चलचित्र महोत्सवमा भएको थियो। त्यसपछि यसले विश्वव्यापी रूपमा सामान्य रिलिज प्राप्त गरेको थियो जुन अगस्त १५, २००८ मा संयुक्त राज्य अमेरिकामा सुरु भएको थियो र जापानमा यसको जुन २००९ रिलिज सम्म विभिन्न देशहरूमा जारी रहेको थियो। चलचित्रले आलोचकहरूबाट प्रशंसा प्राप्त गरेको थियो, र चार गोल्डन ग्लोब पुरस्कारको लागि नामाङ्कन गरिएको थियो। क्रुजले सहायक भूमिकामा सर्वश्रेष्ठ अभिनेत्रीको लागि दुबै ओस्कर र बाफ्टा पुरस्कार जितेकी थिइन्।
कलाकार[सम्पादन गर्नुहोस्]
- जेभियर बार्देम हुआन एन्टोनियो गोन्जालोको रूपमा
- पेनेलोपे क्रुज मारिया एलेनाको रूपमा
- स्कार्लेट जोहानसन क्रिस्टिनाको रूपमा
- रेबेका हल विक्कीको रूपमा
- पेट्रिसिया क्लार्कसन जुडी नेसको रूपमा
- केभिन डन मार्क नेसको रूपमा
- क्रिस मेसिना डगको रूपमा
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ "Allen film funding angers Spanish", BBC News Online, २००७-०७-३०।
- ↑ "Vicky Cristina Barcelona", Box Office Mojo, २००९-०२-१९, अन्तिम पहुँच २०११-०२-०६।